जेठको महिना,तराईमा बसेको म हिमाल तिर सारै चिसो हुन्छ रे भन्ने मात्र सुनेको थिए ।केहि सहकर्मी मित्रहरु सँगको सल्लाह पछी हामी ६ जना मुस्ताङको मुक्तिनाथ भ्रमण जाने योजना बनायौं । केहि दिन मात्र पहिले भारतीय प्रधाानन्त्रि नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेका थिए । हामी जाने पक्का भएपछी जेठको ६ गते कपिलवस्तुको चन्द्रौटावाट मुस्ताङको लागी वाटो सोजायौँ । पत्रकार मात्र जाने भन्ने निर्णय भएकोले वाहिरी मान्छे कोहि थिएन । ५ दिने भ्रमणको लागी चन्द्रौटावाट जेठ ६ गते सबेरै ५ वजे हिड्याँै । वुटवल, पाल्पा स्याङ्जा हुदै कास्की प्रस्थान गर्यौ । हाम्रो पहिलो दिनको बसाई म्याग्दीको बेनीमा भयो । सुन्दर बजार साँझको समयमा झलमल्ल परेको थियो बेनी बजार , करिव साँझको ७ वजे एक होटलमा बस्न गयौँ । वौद्ध धर्मालम्वीहरुले प्रथना गरेका थिए । हामी त्यहि हेर्न र रमझममा ब्यस्त भयाँै । कसैलाई नचिनेको न त जानेको पनि तर हामी एक आपसमा गफ गरेर समय विताइरहेका थियाँै । त्यो रात त्यहि बेनीमा वित्यो । यात्राको दोस्रो दिन हामी मुस्ताङ तर्फ सबेरै हिड्यौं ।
विहानको चिसो समयमा हामी रमाइलो गर्दै हिड्यौँ । कच्चि वाटो पारी हेर्दा हिमालका चुचराहरु देखीने, साथिहरुले त्यहि हो हामी पुग्ने भन्दा पनि रमाइलो अनुभव भएको थियो । कालीगण्डकीको तिरै तिर हामी माथि तिर लाग्याँै । रमाइलो मौसम जाडो हुन्छ रे भनेर जकेट लगेका थियौँ । कालीगण्डकीको तिरै तिर जादा चिसोले हान्दो रहेछ त्यसैले जकेट लगाएका थियौँ ।
मुस्ताङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा रहेको र करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका हो भन्ने सुनेको थिए ।
हामी जादै गर्दा वाटोमा भेटने स्थानियहरुलाई हामीले यस ठाउँको वारेमा जिज्ञासा राख्ने गरेका थियौँ । हामीले कालीगण्डकी भनेर चिन्ने नदिलाई स्थानियहरुले थाक खोला भन्ने गर्दा रहेछन । नदीको छेउछाउमा मात्र घरहरु देखीने गर्दथे तर टाढा टाढा भने घरहरु थिएनन् ।
उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको रहेको महशुस गरेको थिए । जोमसोम पुग्न करिव २ किलोमिटर रहदै गर्दा हाम्रो गाडी थाक खोलामा फस्यो । अव अलपत्र परिन्छ की भन्ने डर थियो मेरो मनमा, हामी मुस्ताङको सदरमुकाम जोमसोममा पुग्यौँ । भोटे, गुरुङ, ठकुरी, थकाली जातीहरूको वाहुल्यता रहेको यस क्षेत्रमा भने धेरैले वौद्ध धर्म मान्ने गर्दा रहेछन । हामी सदरमुकाम जोमसोममा ओर्लीएर घुम्न थाल्यौँ । सवै आ–आफ्नो पहिरनमा देखिन्थे । नजिकै रहेको एयरपोर्ट स्थलमा पुग्यौँ । सायद ठुला ठुला मान्छेहरु जहाजवाट चढ्ने ओलिर्ने ठाउ यहिनै हो । जोमसोम पुग्दा सम्मको कष्ट सायद उनिहरुले भोग्नु पर्दैन होला । जिल्लाको नाम कसरी रहयो होला भन्ने कुरा पनि हामि त्यहि जोमसोममा वसेर जिज्ञासा राख्यौँ । मुस्ता¨ नाम एक औषधि वाट हुन आएको वुढापाकाहरुले भनेको स्थानियहरुको भनाई थियो तर यो सत्य भन्ने चाहि पुष्टी गर्न सकेनन ।
हामी त्यसपछी कागवेनीमा पुग्यौँ । त्यहा केहि मन्दिरहरु रहेछन मन्दिरको दर्शन गरेपछी केहि तस्विरहरु कैद गरेर हाम्रो यात्रा माथि मुक्तिनाथ तर्फ लाग्यो । माथि वाट करिव ७ किलोमिटर पक्की सडक रहेछ । कागवेनीवाट माथि जादा डाडाँकाडाँ न देखीन्थे । न कुनै विरुवा न त घर नै । हामी माथि जादै गर्दा हावाको वेग भने अतिनै थियो । गाडीलाई अनियन्त्रीत बनाउने खालको, झ्याल खोल्न पनि नसकिने जस्तो , मुक्तिनाथ मन्दिर भन्दा कहि तलसम्म मात्र गाडी जादो रहेछ । हामी गाडीवाट ओर्लियौँ । चिसो हावा सरर चलेको थियो दिउसोको समय भएकोले घाम पनि लागेको थियो तर चिसोले गर्दा तातो भने थिएन ।
मन्दिर पुग्न उकालो वाटो भएकोले पर्यटकहरु घोडावाट गइरहेका थिए । म पनि अहिलेसम्म घोडा नचढेको, रहर थियो । साथिहरुको सल्लाह पछि हामी घोडा चड्यौ । घोडाको मालिकले घोडा डोहोर्याए म घोडामा चढेको थिए । केहि मिटर पर पुगेपछी घोडाको मालिकलाई धेरै कुरा सोधे दिन भर घोडा हिडाल्ने साझ परिवारसँग गएर खाना खाने बस्ने गरेको सुन्दा कतिको खुसिको जिन्दगी भने मनमा सोचिरहे । म चढेको घोडाको मालिक सग २ वटा घोडा रहेछन पालै पालो गरेर हिडाल्दा रहेछन । यतिकैमा हामी मुक्तिनाथ मन्दिर पुग्यौ । धेरै वृद्धवृद्धाहरु दर्शन गरिरहेका थिए । थोरै मात्र हिडन खाजेको सारै सास वढयो । अक्सिजनको कमी भएर होला कतिपय वृद्धहरुलाई स्टेचरमा वोकेर हिडिरहेका थिए ।
मन्दिरको अगाडि २ वटा पोखरी रहेछन । १०८ वटा धारा रहेको ठाउमा पुगेर हामी नुहाउन थाल्यौ । पानी अति नै चिसो थियो । १०८ वटा धाराको पानी जसरी भएपनि शरिरमा पुग्नुपर्ने धार्मीक विश्वास रहेकोले हामीले पानीको धारमा नुहाएपछी पोखरीमा नुहाउन थाल्यौँ । पोखरीमा पैसाका सिक्काहरु हुदाँ रहेछन ति सिक्का हातमा ल्याउन सकियो भने पाप कट्छ भन्ने विश्वास रहेछ । तिन पटक सम्म पानीमा डुबेर सिक्का हातमा लियौँ । त्यसपछी हामी मन्दिर तर्फ दर्शनको लागी गयौँ । मन्दिरको दर्शन पछि नजिकै गौतम वुद्धको ठुलो मुर्ति रहेछ । त्यस ठाउमा पुगेर फोटा खिच्दै हिमालका चुचुराहरु हेर्दै बसेका थियौँ । दिनभर हिउ पग्लीदो रहेछ । मेरो मन भने त्यो हिउ छुन थियो तर यस भ्रमणमा त्यो सफल हुन सकेन । हिउवाट पग्लेको पानी छुदा चिसो अनुभव अझ त्यो हिउनै छुन पाए कस्तो हुदो रहेछ भन्ने कुराको महशुस गर्न मेरो मन थियो । यतिकैमा ति हिमालका चुचरा हेर्दै हामी फकिर्ने तयारी गरर्यौ ।हाम्रो टिमा रहेका अराज,दिपक,कृष्ण,अर्जुन,कृष्ण र म सवै रमाइलो गर्दै मुक्तिनाथको दर्शन सकायौँ ।यसपछी पोखरा,तनहुँको बन्दीपुर होमस्टे,जवलपरासीको अमलटारी होमस्टे,सिजी मन्दिर लगाएतको ठाउमा भ्रमण गर्दै ५ दिने भ्रमण सम्पन्न गर्यौं ।
माधव बेल्वासे
कपिलवस्तु