अहिलेको सन्दर्भमा शुश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अहिलेको सन्दर्भमा शुश"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सक्नुहुन्छ भने सुध्रिएर पशुपति शर्मालाई गलत सावित गर्नुस्’

५ फाल्गुन २०७५, आईतवार १३:००

आभास पौडेल | "साच्चै हामीलाई देशको मायाँ छ भने हामी सबैभन्दा पहिला एक सच्चा नेपाली वन्न सिकौं अनि मात्र बल्ल कुनै राजनितिक दलको कार्यकर्ता बनौं । कुनै पनि कुरा नेपाली भएर र दु:ख पाएको जनताको नजरले हेरौं अनि मात्र यहाँको बेथिति र वास्तविक चित्र देख्न सकिन्छ ।

अहिलेको सन्दर्भमा शुशासन, विकास, शान्ति र समृद्धिलाई मुल नारा वनाएर गठन भएको सरकार एउटा लोकप्रिय गायकले विकृतिको भण्डाफोर गर्दै सरकारको उदेश्यलाई सहयोग पुग्नेगरी गित सार्वजनिक गर्दा तर्सिनुपर्ने कुनै कारण छैन । त्यसैले हटाउनेनै हो भने नेपालमा चरम चुलीमा पुगेको भ्रष्टाचार हटाउन सक्नुपर्छ । बलात्कार गर्दा शोषण गर्दा, घुस खाँदा, हत्या हुँदा, अपहरण गर्दा त्यस माथी एक्सन लिनुको सट्टा हाम्रो देश र जनताको यथार्थ चित्र उतार्ने गितलाई प्रतिवन्ध लगाउनुको कारण के हो ? एउटा गीतले बालुवाटारनै तर्सनुपर्ने किन ? 

पार्टीको झण्डा देखायो कार्यकर्तालाई कुकुर भन्यो यमराजको शासन भन्यो भनेर उफ्रनेहरु पार्टीभक्त कार्यकर्ता मात्र हुन् भन्ने प्रमाणित हुन्छ । देश बन्न नसक्नुको कारण पनि यहि हो भन्दा फरक नपर्ला । महान बरिष्ठज्युहरुलाई पशुपति शर्माको गीतले यथार्थ कुराको चित्रण गर्दा यतिसम्म टाउको दुख्यो भने एउटा दिन दुखि नागरिकलाई कस्तो अनुभव भयो होला । निर्मला बलात्कार पछीको हत्या काण्ड, वाइड बडि घोटाला काण्ड, सुन तस्करी काण्ड लागायत अनेकौं काण्डमा मौन बसिदिदा एउटा कलाकारले गीत गाए त्यसैको समर्थनमा गीत भाइरल भईरहेको छ । 

यहाँ त बहुमतको सरकार छ, जे छ आफ्नो अनुकुल हुन पर्छ भन्ने भईसकेको छ । उदाहरण -चारैतिरबाट दबाव आएपछी अनन्त: पशुपति शर्माले गित हटाए, यो बाट के प्रष्ट हुन्छ भने नेपालमा नेपालीले स्वतन्त्र तरिकाले आफ्नो कुरा राख्ने अधिकार छैन । 

पशुपतिको गीत गलत रहेको, शब्द चयनमा ध्यान दिनपर्ने भन्दै गर्दा देशको यथार्थ जे छ, त्यसैलाई प्रस्तुत गरेको पाउँदा निकै मनासिव लाग्यो । उनको गितको भाव बुझेर जुनसुकै नेपाली मनले पशुपति शर्मालाई धन्यवाद दिनुपर्छ । 

गितको अर्थ बुझेर पशुपतिलाई दबाब दिएका कार्यकर्ताहरुले अब आफ्नो गलत बाटोमा रहेका नेताहरुलाई सहि बाटोमा ल्याउने कि नल्याउने ? सक्नुहुन्छ भने कार्यकर्ता तथा नेताज्यूहरु सुध्रिएर पशुपति शर्मालाई गलत सावित गर्नुस् अन्यथा गीतको भावले टपक्कै तपाइँ नेता र कार्यकर्तालाई टिपेर पस्किएको छ । देशमा लोकतन्त्रको स्थानमा लुटतन्त्र हावी भएको सन्दर्भमा यो गीतलाई जनवादी गीत भन्न सकिन्छ । यो गीतले प्रस्तुत गरेको भाव सिधा र स्पष्ट छ, जो नेपालको वर्तमान परिस्थितिसँग मेल खान्छ । यसैबाट पाठ सिकेर सुध्रिनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो