मनोज पराजुली। चैत्र ६, काठमाडौं । रङ्गहरूको पर्व होली। होलीको दिन मानिसहरूले विभिन्न प्रकारका रङ्गहरूले रंगाएर एक अर्कालाई रङ्गिन बनाउने दिन।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज पराजुली। चैत्र ६, काठमाडौं । रङ्गहरूको पर्व होली। होलीको दिन मानिसहरूले विभिन्न प्रकारका रङ्गहरूले रंगाएर एक अर्कालाई रङ्गिन बनाउने दिन।&nbs"/>
१७ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होली नखेले बिहे रोकिन्छ र ?

६ चैत्र २०७५, बुधबार १५:१६

मनोज पराजुली। चैत्र ६, काठमाडौं । रङ्गहरूको पर्व होली। होलीको दिन मानिसहरूले विभिन्न प्रकारका रङ्गहरूले रंगाएर एक अर्कालाई रङ्गिन बनाउने दिन। 

होली हिन्दूहरूको एउटा महत्वपूर्ण पर्व पनि।

यस वर्ष पनि होलीको अघिल्लो दिन नै सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रममा निमन्त्रणा आइसकेको थियो। नआओस पनि कसरी, पेशागत होस् या अन्य रुपमा विभिन्न संस्थामा आवद्ध भएपछि। 

त्यति मात्र कहाँ हो र, साथीभाई अनि अग्रजका शुभकामना संदेश सहितका होली खेल्न अनिवार्य आउनुपर्ने निमन्त्रणाले होली खेल्ने पर्ने दबाव आइसकेको थियो। तर यो वर्ष होलीको दिन, होली खेल्ने अवस्था रहेन र इच्छा भएर पनि पुरा गरिएन। सायद मौसम परिवर्तनको असर स्वास्थ्यमा नदेखिएको भए म पनि होली खेल्नमा नै व्यस्त हुन्थ्यें होला तर त्यसो भएन। 

मैले होली नखेलेपनि अरुले होली खेलेको छरछिमेकमा होस् या सामाजिक संजालमा प्रष्टै देखेको छु। 

विहान नै घरको छतमा बसेर छिमेकमा होली खेल्न तयार भएका स-साना भाई बहिनीहरुको होलीको रौनकलाई नजिकबाट नियाली रहंदा पल्लो घरका छिमेको ५ वर्षका भाइले प्लास्टिकको लोलाले हान्न भ्याईहाले तर मलाइ लोलाले लाग्न सकेन। स-साना केटाकेटीको ग्रुपमा सहभागी नभएर एक्लै ४ तले घरको छतमा बसेका भाइले मलाइ नै लोला हान्नुको कारण पनि उसले मन मिल्ने साथी नपाएर रहेछ। लोला हानेपछि भन्दै थिए अहिले स्कुलका साथीहरु आउंदै छन् अनि होली खेल्ने हो, अहिले तपाइलाई लोला हानेर तयारी गरेको।  

चैत्रको महिना, गर्मी लागिसक्नु पर्ने भएपनि यो वर्ष चिसो नै छ, चिसोमा मौसममा पारिलो घाम। होली नखेलेपनि होलीको रौनक त घरबाट भए पनि त नियाल्ने पर्यो ..

छिमेकी होली खेलेका हेर्दै सामाजिक संजालमा उपस्थिति ..

सबैका आ-आफ्नै तरिका, मन मिल्ने साथीहरुको जनघट, अफिसियल समुह होस् या स्व स्फुर्त भेला …

स-साना केटाकेटीदेखि वृद्ध वृद्धा सम्म सबै होलीको रौनकतामा आनन्द लिईरहेका। त्यसमा पनि युवा-युवतीहरू त गीत गाउँदै-नाच्दै होलीलाई मनाइरहेका। भनिन्छ, होलीको दिन मानिसहरु एक आपसमा रहेका कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक-अर्कासित मिल्ने गर्दछन्। 

छिमेकमा होस् या सामाजिक संजालमा सबैले होली खेलेको प्रस्टै देखेको छु। आखिर होलीको माहोल सामाजिक संजालमा कस्तो छ त ? अनि होली खेल्न नपाएका होस् या चाहना नभएकाहरुको मनस्थिति के छ त ? 

मलाइ बुझ्न मन लाग्यो र लेखिदिए, आज होली नखेले के हुन्छ ? सामाजिक संजाल नै त हो, आफुंलाई लागेका कुरा कमेन्ट गरिहाल्ने।

पछिलो समय सामाजिक संजालमा परिस्थिति अनुरुप आँफुलाई उभ्याउन नसके त्यो समाजबाट पछाडी परेको त होइन भन्ने महसुस हुन्छनै जो सुकैलाई पनि। त्यस्तैमा एक मित्रले लेखिदिए, होली नखेले समाजले स्वीकार्दैन रे ..

यत्तिकैमा अर्का मित्रले लेखिदिए, कारवाही हुन्छ । नहोस नि किन ? संस्थागत रुपमा सबै जना होली खेल्नको लागि बोलाइएकोमा उपस्थिति नभएपछी ..

होली नखेल्ने साथीहरु पनि भेटिए जसले आँफुलाई केहि नभएको बताउंदै गर्दा अर्का एक मित्र होली नखेल्नेको एउटा छुट्टै नयाँ पार्टी गठन गरूँ भन्दै उक्साउँदै पो थिए …के थाहा, पार्टी गठन गर्न कति सहज छ भनेर ….. 

आधा जिन्दगी खेर गए जस्तो हुन्छ साथी भन्दै थिए, सायद अनुभव पो थियो कि ? सोध्न मन लाग्यो, भोलि भेट भएमा पक्कै सोध्नेछु ..

रङहरुको पर्व भएपछि अवश्य रङ त किन्नु नै पर्ने थियो। अनि त्यो रङलाई सफा गर्न पानी त चाहियो नै, राजधानीमा पानीको समस्या जो कोहीलाई थाहै छ त्यसैले त होला साथीहरुले रङ्ग किन्ने पैसा, नुहाउने पानीको वचत हुन्छ भनेका …

त्यति मात्र कहाँ हो र, समयको बचतका साथै रङ्गहरूमा प्रयोग भएका केमिकलको असरबाट पनि जोगिन्छ नि साथीहरु सुझाव पो दिंदै थिए ..

यत्तिकैमा एक मित्रले भनिदिए, बिहे रोकिन्छ, सायद बिहे नगरेको केटो थाहा पाएर होला यसो भनेका, तर के थाहा बिहे गर्नलाई पनि त तयार हुनुपर्छ भनेर … अनि बाँकि कुरा पनि ..

यी र यस्तै प्रसंगहरुका विच यस वर्षको होलीलाई राजधानी शहरले बिदाइ गरेको छ। बाँकि नै छ, तराइका जिल्लाहरुमा भोलिको होली, राम्रोसंग मनाउनुहोस्।

अवश्य अर्को वर्ष होलीमा म पनि रमाइलो गरूँला।  







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वागत नेपाल रिहा भाटभटेनी लुटपाटका १२ अभियुक्त–ब्ल्याक लेबल र यार्सागुम्बा ह्विस्कीदेखि लिपिस्टिक गाजल बरामद रविन्द्र मिश्र र धवलशम्शेरसहित ११ जनालाई राजद्रोहसमेतको मुद्दा लगाइँदै वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छः गभर्नर अधिकारी कतारले दियो १८ नेपालीलाई आममाफी अझै फेला परेन तीनकुनेमा खोसिएको बन्दुक, खोस्ने व्यक्तिको हिरासत अवधि थपियो  वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढ्यो, ९५०० तिर्नुपर्ने  दाङको बंगलाचुलीमा ९ वर्षीया बालिका बलात्कृत, वडाध्यक्षले गराए मिलापत्र तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई एक लाख सहयोग दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी महानगरको जरिवाना तिर्न राजावादीले चलाएको अभियानबाट चार लाख ५० हजार संकलन दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी रवीन्द्र र धवललाई भेट्न प्रहरी परिसर टेकुमा राप्रपा अध्यक्ष लिङ्देन जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार रास्वपा सभापतिमा फर्किँदै रवि  दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको भन्दै लोहनीद्वारा बालेनको आलोचना अब राजावादी प्रदर्शनको नेतृत्व जगमान गुरुङले गर्ने दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु (भिडिओ) रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी