२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के यो संभव होला दुरलुङ्ग देखि बागलुङसम्म ?

७ चैत्र २०७५, बिहीबार १५:२०

सचिन्द्र श्रेष्ठ | धौलागिरीको प्रबेस द्वार पर्बत कुस्मा अहिले लामो र अग्लो पुलै पुलको सहर भनेर परिचित छ, साथ साथै धार्मीक तथा पर्यटकिय स्थानले नया नया संभावना,अवसर र गन्तब्य पाईरहेको अवगत नै छ।आतंरिक तथा बाह्य पर्यटकको अहिले निकैनै बाक्लो उपस्थिति देख्न सकिन्छ।

अहिले बिश्व पर्यटकीय नगरीमा नया सोच, जागर ,उद्देश्य र आर्थिक लाभ गर्न अरु भन्दा फरक खालका साहसिक खेलहरुको ब्यापक प्रतिस्पर्धा देख्न पाइन्छ।जसले गर्दा आतंरिक तथा बाह्य पर्यटकको घुईचो लाग्ने गर्दछ र राष्ट्रले मनघ्य आम्दानीका बाटाहरू पाउने गरेको छ।

यही फरक साहसिक खेलका बारेमा भनी रहदा पंक्तिकारले यूएईको रसेलखेमामा अवस्थित बिश्वकै लामो जिप लाइनलाई नजिक बाट करीब १३ महीना पहिले देखेको थियो।जहाँ स्वदेस र बिदेस बाट अत्यन्त पर्यटकहरु त्यस खेल को मज्जा लिन आएका थिए।जसलाई हेरी रहदा कता कता आफ्नै ठाउँमा पनि यस्तो एडभेंचर खेल बनाउन सके कति पर्यटक नेपालमा भित्राउन सकिने थियो भनेर सोची रहन्थ्यो।

रसेलखेमामा रहेको त्यों जिप लाइन गिनिज वर्ल्ड रेकर्डमा समेत बिश्वकै लामो जिप लाइन भनेर चिनिन्छ। समुन्द्री सतह देखि १६८० मि. अग्लो र २.८ कि. मि(१.७४ माईल)लामो छ।


करीब २ बर्ष पहिले पोखरामा जीप फ्लायर भनेर अर्को साहसिक खेल गरी रहेको बेला केहि समय पहिले काभ्रे धुलिखेल नपा-८ थाकले डाडा देखि पाचखाल नपा- ५ खावा सम्म ११०० मि. लामो र १३०० मी.अग्लो जिप लाइन शुरू भई सकेको छ।

पर्बतलाई संघीय सरकारको पर्यटन मंत्रालय अन्तर्गत कुस्मा न पा ३ को दुर्लुङमा रहेको क्यानयोंङ र दक्षिण भेगको महाशिलालाई नया तथा बिकास गरिनु पर्ने पर्यटकीय स्थलको रुपमा अघि सारेको थियो।सोहि अनुरूप पंक्तिकारले पनि दुर्लुङ देखि बागलुङ नपा-१२ अमलाचौर बलेवामा रहेको भैरबस्थान सम्म जो समुन्द्री सतह देखि २२०८ मि. अग्लो जिप लाइन गराउन सके त्यहाँको आतंरिक तथा बाह्य पर्यटक आउन मद्दत पुग्ने र नया गन्तब्य पनि बन्न सक्ने थियो। 

अहिले बागलुङ बलेवामा केबल कार सञ्चालन तथा बंजी जम्प ,साईक्लिंङ समेत बन्ने तयारी अन्तिम चरणमा छ । यसले गर्दा बागलुङ बलेवाको भैरबस्थानमा थप तीर्थालु दर्शन गर्न जाने क्रम बढ्दो छ ।

यसले गर्दा बागलुङ तथा पर्बतमा समेत पर्यटक भित्रिने सम्भावना बढी देखिने र यसलाई प्रदेश राज्य ,गैह्र सरकारी संघ संस्था तथा पर्यटन ब्यबसायी लागी परेर अगाडि बढ़न सके धौलागिरीले अझ नया नया गन्तब्य पाउने थियो र राज्य, समाज ब्यक्तिलाई रोजगारका सिर्जना हुने  आर्थिक उन्नतिमा सहयोग पुग्ने निश्चित छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो