वैसाख २६ गते  जनयुद्दका मुख्य नेतृत्त्व तथा जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर  र अहिले  (जनयुद्दका कट्टर विरोधी केपी ओल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैसाख २६ गते  जनयुद्दका मुख्य नेतृत्त्व तथा जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर  र अहिले  (जनयुद्दका कट्टर विरोधी केपी ओल"/>
२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरी प्रचण्ड जी ! वधाई दिन सकिएन…

२०७६, २८ बैशाख शनिबार ०७:१८

डायमण्ड म्याग्देली |

वैसाख २६ गते  जनयुद्दका मुख्य नेतृत्त्व तथा जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर  र अहिले  (जनयुद्दका कट्टर विरोधी केपी ओली नेतृत्त्वमा रहेको नेकपा एमालेसंग मिसिएर वनेको) डवल नेकपाका दोश्रो अध्यक्ष तपाई( प्रचण्ड )को दाम्पत्त्य जिवन ५० वर्ष प्रवेश गरेको अवसरमा खुमल्टार दरवारमा एक  समारोहको आयोजना गरी वैवाहिक जिवनको ५० औं सुनौलो वर्षगाठ भव्य रुपले मनाएको कुरा थाहा पाए | यहि  अवसरमा आफ्नो जिवनसाथी(सिता दाहाल )को सिउंदोमा सिन्दुर भर्दै एक-अर्कालाई माला पहिर्याउदै परम्परागत ढंगले पुन: विवाह गरेको कुरा पनि विभिन्न अनलाईन, सञ्चार माध्यमहरुमा छाईरहेको छ | सामाजिक सञ्जालहरुमा पनि नव दुलाहा/दुलहिको विभिन्न पोजको फोटोहित तपाईका आफन्तजन, समर्थक तथा शुभ चिन्तकहरुवाट  वधाई तथा शुभ-कामनाको ओईरो लागिरहेको देखिन्छ| सामाजिक सञ्जालमार्फत तपाईका अनुयायीहरुले वधाईको लागी गरेको तछाड/मछाड देख्दा यस्तो लाग्छ कि यहां कुनै शामन्त. राज खानदानको विहे हुदै छ र नोकर/ दासहरुले नुनको सोझो गर्न आफ्नो वफादारिता देखाउदै छन् |

एका एक यस्तो दृश्य अनलाईन सञ्चार माध्यम र सामाजिक सञ्जालमा सनसनिपुर्ण रुपमा फैलिएको देख्दा  एकछिन त कता कता थोरै आश्चर्य पनि लाग्यो | आफैप्रति प्रश्न गरियो के हिजो जनयुद्दको नायकबाट यस्तो पनि हुन सक्छ र? फेरी हो/हैन निश्चित हुन मन लाग्यो | अनि त्यो पञ्चेवाजा सहितको विशेष समारोहको भिडियो क्लिप खोजेर हेरियो जसमा तपाई (नव दुलाहा) को छोटो स्पष्टीकरण थियो | "परिवारको खुशीको लागी श्रीमतिको आग्रहमा यो विशेष समारोहको आयोजना गरिएको हो |"

हुन त यो कसैको निजि जिवनको पाटो हो यसवारे केहि लेख्दा/वोल्दा अलग अर्थ  लगाईन पनि सक्छ | अरुको निजि जिवनवारे टिप्पणी गर्नु उचित हैन भन्नेतर्क एउटा कोणवाट उठ्न पनि सक्छ | त्यसैले यो वारेमा म सचेत छु, तथापी त्यस्तो तर्क गर्ने मित्रहरुलाई अग्रिम रुपमा विनम्रतापुर्वक म यो स्मरण गराउन चाहन्छु कि केहि मान्छेमा आज पर्यन्त पनि प्रचण्ड व्यक्ति हैन विचार हो, आदर्श हो, राजनेता हो, क्रान्तिकारी नायक हो भन्ने जो भ्रम छ र नागरिकलाई भ्रमित पार्न छोडिएको छैन यो सन्दर्भमा पात्र भन्दा पनि उस्को नियत, चिन्तन र प्रवृतिको चिरफार गरिनु अन्यथा हुन्छ जस्तो विल्कुल लाग्दैन |

हो यो प्रचण्डको निजि जिवनको मामला हो यो दुनिया लाई थाहा छ | र यो शुभ-अवसरमा वधाई तथा शुभ-कामना दिनुपर्छ | टिका-टिप्पणी र आलोचना गर्नु उचित हैन | यो पनि थाहा छ तर मनले पटक्कै मानेन | अहिले तपाईले परिवारको खुशिको लागी भन्दै खुमल्टार दरवारमा राजर्षी शैलिमा भद्दा तामझामसहित दाम्पत्त्य जिवनको ५०अौ वर्षगाठ मनाई रहदा तपाईको नेतृत्त्वमा भएको जनयुद्दमा शहिद भएका दशौं हजार शहिदका परिवारको खुशि दशकौं देखी खोसिएको कुराले आज फेरी छाती भत्भति पोल्यो | हजारौं वेपत्ता योद्दाका परिवारमा खुशि फर्कने आशामा आशु रित्तिएको पिडाले मन थाम्न सकिएन | जनयुद्दका क्रममा आफ्नो शरिरका अंग गुमाएका.शरिरभरी अझैपनि गोली र वमका छर्रा वोकेर मृत्युसंग लडिरहेका हजारौ घाईते/अपांगहरुले तपाईले जस्तै भव्य समारोह गरेर विवाह उत्सव मनाउने परिवार/आफन्तजनसंग थोरै खुशि सात्ने कल्पना त छदै छैन | बरु उपचार गर्दा आफ्नो पाखो वारी सिद्दिएको, अहिले उपचार गर्ने, नियमित अौषधी खाने र परिवार वालवच्चाको सामान्य जिवन गुजारा गर्न कुनै विकल्प नदेख्दा विष सेवन गर्ने स्थितिमा पुगेका योद्दाहरुको अनगिन्ति पिडालाई कसरी नजरअन्दाज गर्नु?

आज तपाईले दाम्पत्त्य जिवनको ५०अौं वर्षगाठ मनाईरहदा हिजो जनयुद्दमा लडाईको गड्गडाहडविच वम वारुदको धुवाँ संगै जनवादी विवाह गरेका हजारौ लालजोडी को तपाई जस्तै ५० वर्ष त के ५० घण्टा,५० दिन, ५० महिना दाम्पत्त्य जिवनको अनुभव गर्न नपाउदै जिवनसाथी गुमेको थियो | खुशी लुटिएको थियो र परिवार उजाड भएको थियो | के तिनको निजि जिवन थिएन ? परिवार आफन्तजन थिएनन् ? परिवारले खुशी मनाउने अधिकार थिएन ? यस्को जवाफ तपाईले दिनुपर्छ कि पर्दैन?

जनयुद्दमा  वर्गिय शोषणको अन्त्य गर्ने, जातिय, लिंगिय, विभेदको अन्त्य गर्ने, पुजिंवादी वुर्जुवा संस्कार, रुदीवादी परम्पराको अन्त्य गर्ने, जनवादी संस्कार संस्कृति निर्माण गर्ने, कम्युनिष्टको निजि सम्पत्ति, निजि/पारिवारिक जिवन हुदैन, समतामुलक, सामुहिक सुन्दर जिवन निर्माण गर्नुपर्छ भनेर प्रशिक्षित गर्दै हजारौ युवाहरुलाई जनयुद्दमा लाग्न प्रेरित गर्ने आज ति योद्दाहरुलाईविच वाटोमा अलपत्र छोडेर अति विलासीपुर्ण निजि जिवन, पारिवारिक खुशी र वुर्जुवा संस्कार संस्कृतिमा फर्कने ? के यो छुट तपाईलाई छ? के यस्को मुल्य तपाईले चुक्ता गर्नु पर्दैन ? के ईतिहासले तपाईलाई छुट देला?

जनयुद्दका क्रममा लागेका गोली र वमका छर्राहरु शरिरभरी वोकेर कैयौं योद्दाहरु उपचार अभावमा मृत्युसंग लडिरहेका छन् | अविभावक गुमाउने शहिदका सन्तान सहाराविहिन छन् |  वेपत्ता योद्दाहरुका परिवारजन अझै पनि उनिहरुको पर्खाईमा तड्पिरहेका छन | युद्दमा आफन्तजन, अविभावक, सन्तति गुमाउदाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति नभए पनि सामान्य अवस्थामा पनि सन्तान गुमाउँदाको पिडाको अनुभुति तपाईलाई पनि छदैछ | शहिद परिवारको छानो चुहिने भएको छ | घरका पर्खाल भत्किएका छन् |  एकसरो लाउन र विहान सांझ चुल्हो वाल्न मुस्किल छ | विरामी पर्दा सामान्य उपचार सम्म गर्ने हैसियत छैन |  महान शहिदका सन्तान, जनयुद्दमा योगदान गर्ने हजारौं ईमान्दार योद्दा आज जिवन गुजाराको लागी अरवको खाडीमा 50/55 डिग्री तापक्रममा गैटीं, वेल्चा हान्न विवश छन् | के तिनको व्यवस्थापन गर्ने दायित्त्व तपाईको हैन? तिनलाई न्याय दिनु पर्दैन ? तिनलाई धरधरी रुवाएर, तड्पाएर, तपाई खुशी हुन, तपाईको परिवारलाई खुशी वनाउन तपाईलाई कुन नैतिकताले दिन्छ? अलिकति पनी लाज लाग्दैन? आत्मग्लानी हुदैंन?

तपाईप्रति हजारौ प्रश्नहरु छन र हजारौं पटक सोधिने छन | तपाई जहां पुगे पनी जस्तो जिवनशैली अपनाए पनि जनयुद्दसंग सम्वन्धित प्रश्नले छोड्ने छैन | जनयुद्द कालमा  कव्जा गरी जम्मा गरिएका (स्वेच्छिक सहयोग, विभिन्न व्यक्तिहरुको सम्पत्ति कव्जा, वैंक कव्जा, सुन,चादीं कव्जा, महिला कार्यकर्तारुको गरगहना पार्टी करणको नाममा  कव्जा आदी स्रोतवाट) अर्बौ सम्पत्ति, जनमुक्ति सेनाको शिविरवाट फर्जी विवरण पेश गरेर लुटीएको अरवौं रकम कहां छ ? क-कस्ले खायो ? कुन-कुन सर्वहारा अर्वपति भयो ? शहिद/वेपत्ता परिवार.घाईते अपांग योद्दा.जनयुद्दमा सहभागी कार्यकर्ता.आम जनताले त्यस्को सोधखोज गर्न नपाउने?त्यस्को जवाफ तपाईले दिनु पर्दैन?त्यस्को जिम्मा तपाईले लिनु पर्दैन? तपाई लगायत क्रान्तिका गद्दारहरुलाई कुनै दिन जनताले चौवाटोमा ल्याएर घोक्रेठ्याक लगाउन किन नपाउने?

अन्तमा मैले यसरी आलोचना गर्नुको मतलव तपाई फेरी क्रान्ति नायक वन्नु हुन्छ भन्ने आशामा विल्कुल हैन, न त अव त्यो सम्भावना छ, न त समय र कुनै अौचित्य नै छ | क्रान्तिको यात्रावाट पछी फर्केर, प्रतिक्रान्तिको वाटोमा लागेको तपाई क्रान्तिकारी विचार, आदर्श, मुल्य/मान्यतालाई तिलाञ्जली दिएर कहिले भारतिय जोगी वावा रामदेव/वालकृष्ण आचार्यको शरणमा, कहिले भैसी पुजा त कहिले मठ-मन्दिर दर्शन गर्दै हिड्ने वैचारिक, सांस्कृतिक रुपमा पुर्ण विचलित भैसकेको पात्रलाई पनि अझै केहि मान्छेहरुले क्रान्ति नायक भन्न छोडेका छैनन | यस्ले सोझा/सिधा जनतामा अझै केहि भ्रम वाकीं रहन सक्छ | जनयुद्द र सच्चा कम्युनिष्ट/क्रान्तिकारी हरुको थप वद्नाम हुन सक्छ | भोलिको क्रान्ति प्रति आशंका हरु जन्मिन सक्छ त्यसैले यस्तो प्रवृत्तिको भण्डाफोर गर्न अर्को कोणमा उभिने प्रयत्न गरियो | वधाई र शुभ-कामना दिने कैयौ भिडहरुको विचमा मिसिन सकिएन….

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि