२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मठ मन्दिर परिसरमा माग्न बस्नु बाध्यता की ब्यबसाय’

२०७६, २५ श्रावण शनिबार ११:४१

सचिन्द्र श्रेष्ठ | केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अब भोकै मर्ने दिन गए भन्दै आफ्नो सफलताको दावी प्रस्तुत गरे । उनले सडकमा मागेर हिड्ने र भोकै बस्ने कोही पनि नभएको तथ्य नै पेश गरिदिए । देशको प्रधानमन्त्रीले नै यस्तो दावी गरेपछि धेरैको आँखा सडकपेटी र मठ मन्दिरवरिपरि गयो । सधै देख्ने ती दृष्यहरु कतै नभएकै हुन् कि भन्ने पनि पर्यो । सायद धेरैले मठ मन्दिर परिसर गएर आफूलाइ अपडेट गराए पनि । तर, प्रधानमन्त्रीको त्यो गर्जनका साथ गरिएको दावी विल्कुलै सही थिएन । अहिले पनि नेपालका थुप्रै मठमन्दिर र सडकपेटीमा मागेर आफ्नो दिनको गुजारा गर्नेहरु धेरै छन् । प्रधानमन्त्रीले यसो भनेपछि बरु अर्को दृष्य देखियो कि मठमन्दिर र सडक पेटीबाट स्थानीय सरकारले धमाधम पक्राउ गरेर अन्तै पुर्याउने पो गरेको रहेछ ।

केहि दिन अगाडि मात्रै बागलुङ कालिका भगवती मन्दिर वरपर भीख मागेर बस्ने जोगी, असहाय, अपाङ्ग सबैलाई हटाएको खबर एकाएक सामाजिक सञ्जालमा भाईरल नै बन्न पुग्यो। सर्बप्रथम बुझ्न जरुरी यो छ कि आखिर किन माग्नेहरुको भीड़ मन्दिरमा नै बढी हुन्छ त ? के मन्दिरमा माग्न बस्नु गलत हो ? मन्दिरमा नै माग्न बस्नुले दर्शनार्थी तथा मन्दिर ब्यवस्थापनलाई असर गरेको छ या छैन ? मन्दिरमा नै माग्न बस्नेले केही राहत या बाध्यतामा बस्ने अवस्था सिर्जना भएको त छैन ? पहिले यस बिषयमा केन्द्रित हुनु आवश्यक छ।

बिशेष गरी भन्ने हो भने काठमाण्डौको पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषले शिवरात्रीको अवसर पारेर वर्षेनी लाखौ साधू सन्त, तिर्थयात्री र जोगीहरुको छिमेकी मुलुक भारतदेखि ठूलो मात्रामा लर्को लाग्ने गरी बोलाउने गर्दछ। तर, त्यही क्रियाकलाप बागलुङ कालिका मन्दिरमा ब्यवस्थापन समितिले प्रहरी प्रशासनको आड़मा गलहत्याएर निकालिरहेको देख्न पाइयो। यसरी निकाल्नु पक्कै पनि सही होइन, जबसम्म उनीहरुको सही ब्यवस्थापन हुन सक्दैन ।

मन्दिरमा बसेर माग्नु, पुजा गर्नु सबैलाई जायज छ तर गलत नियत जो आफु हट्टाकट्टा छ, खरानी लगाएको भरमा आफूलाई योगी संझिन्छ, दिनभर चामल, पैसा सङ्कलन गर्छ र रात परे पछि भट्टीमा गएर रक्सी धोक्छ, नशालु पदार्थ या अश्लील क्रियाकलाप गर्छ मन्दिर वरपर भने त्यस्तो ब्यक्तिलाई कारबाही या मन्दिरदेखि नै बहिस्कार गर्नु सही ठान्नू पर्दछ। जसले त्यहाँ एकक्षत्र रुपमा राज गरेका छन । तर, यसो भनिरहँदा सबै माग्न बस्नेलाइ एकै नजरले हेर्नु कदापी हुँदैन ।

हिन्दु धर्मं मान्ने हिन्दु धर्मवालम्बी जहाँ मठ मन्दिर सत्तल रहेको छ त्यस ठाउँमा बसेर माग्न बस्ने जहितहि भेटिन्छ र माग्न जायज ठान्दछ र त्यहाँ दर्शन गर्न आउने जो कोहीले पनि चामल, अक्षेता, पैसा चढाउने गर्दछन् जसले गर्दा पुण्य मिलोस् । तर, त्यसको गलत फाइदा अन्य जोगीको भेषमा आउनेले लिने गर्दछ। मन्दिरमा मागने अपाङ्ग, असहायलाई भने मागेकै भरमा आफ्नो ज्यान तथा रोजीरोटी चलेको हुन्छ यसको प्रत्यक्ष असर उनीहरुले पनि भोगेका हुन्छन ।

प्रसङ्ग हो १ महिना पहिले पंक्तिकारले नै बागलुङ कालिका भगवती मन्दिर परिसरमा देखेको अर्को पाटो पनि कुनै जोगी या साधु सन्तको भन्दा फरक पक्कै नहोला । जहाँ मन्दिर वरपर ग्रहदशा टार्ने भनेर धेरै पण्डितहरुको खींचातानी नै हुने गर्छ । अझ भनु भने त आफुले स्वयं पण्डित लगेर गएको छैन भने त लाइन नै लगाउनु पर्ने अवस्था आउने रहेछ । पुजा गर्न सत्तल नपाएर मन्दिरको अन्य भाग या बाटोमा गएर ग्रहदशा टार्नुपर्ने रहेछ । रमाइलो पक्ष यो छ कि अझ पण्डितहरु चामल, पैसा, दूना टपरी चाँडो टिप्न छिटो छिटो मन्त्र पढेर आफ्नो मानो सोझाउन १ घण्टामा ४ जनासम्मको सम्पूर्ण सबै रित सक्ने काम सकिएको पाइयो । यो खालको धन्दा पण्डित एवम् माग्न बस्नेहरुले कमाउने ब्यवसाय नै बनाएका छन यसलाई सही तरिकाले अंकुस लगाउनु सक्नुपर्दछ।

हुन त यो घटनाको प्रत्यक्षदर्शी भएर होला जसमा यो कुनै पण्डित या माग्न बस्नेलाइ कटाक्ष मात्र हो जसले हतार हतारमा पूजा सम्पन्न गरी फाइदा उठाउने जो आफूलाई महान पण्डित भनेर भन्ने गर्छन् जसले यस्तो तरिकाले कर्मकाण्ड पूजा सम्पन्न गरेको छ त्यसको पुण्य, धर्मं उसले नै पाउने न हो । यस्तो प्रबृति मन्दिर आसपास देखिनुले अन्य जो वास्तबिक पण्डित, सन्त, माग्नेहरुलाई पनि गलत छाप पार्न टेवा पुग्ने देखिन्छ।

अब के देखिन्छ भने मन्दिर आसपास चाहे मागेर बस्ने होस् या पुजा अर्चना गराउने पण्डित होस् यिनीहरुको सही ब्यवस्थापन गराउने साथै सीमित जोगी या जो वास्तविक अंगभङ्ग, असहायलाई मात्र त्यहाँ बस्न स्वीकृत दिने वा जसले मन्दिरको भोग चलन गरे वापत शुल्क, कर लिन सक्यो भने पनि यसले ब्यवस्थापन समितिलाई फाइदा पुग्ने र माग्न बस्नेलाइ पनि कुन प्रकारका जोगी, असहाय, अपाङ्ग, असक्षम छन त्यसको पहिचान सहज हुनेगर्दछ किनकि मठ मन्दिर बिशुद्ध सार्वजनिक स्थल हो जहाँ जो कोही पनि आउन र जान सक्छ। तसर्थ सही व्यवस्थापन हुनु आवश्यक छ जसका कारण मन्दिर र दर्शनार्थीलाई हानि नहोस् किनकि यो तपाई हामी सबैको साझा सम्पति हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना