बिहान ६ बजे गेट प्रवेश गर्ने बेला मेरो शुभारम्भ लेखापालको को"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिहान ६ बजे गेट प्रवेश गर्ने बेला मेरो शुभारम्भ लेखापालको को"/>
२० पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

फिल्टर र बोतलको पानिको भरमा बाचिरहेको जलजला क्याम्पस

१३ जेष्ठ २०७३, बिहीबार ०९:५६

बिहान ६ बजे गेट प्रवेश गर्ने बेला मेरो शुभारम्भ लेखापालको कोठाबाट हुन्छ । ढोका छेउमा एउटा फिल्टर राखिएको छ । म जहिले पनि त्यही फिल्टरको पानि अलिकति पिएर कक्षा प्रवेश गर्छु । फिल्टरमा भरिएको पानिले बिहान ६ बजेबाट १० बजेसम्म पुग्दछ विद्यार्थि र शिक्षकलाई । अब सोच्नुस मुस्किलले आधा बाल्टिन पानि अटाउने फिल्टरले शिक्षक, विद्यार्थिको करिब ६० भन्दा बढि जनसंख्यालाई कसरि पुग्छ होला ? यि ६० त क्याम्पसमा कक्षा लिन आउनेको संख्या मात्र हो । सबै आए के हालत हुन्छ होला ?

मैले यस्तै प्रश्न गरेको थिए एकदिन साथिलाई । उनले ठट्यौलो पारामा फिल्टर गरेको पानि खान पाइएको छ हल्ला नगर्नुस, एकदिन यो पनि बन्द होला भनेर उत्तर दिए । उत्तर पछि फिल्टरको अवस्था बुझ्न लागे । फिल्टर गहिरिएर हेरे, लाग्छ यो फिल्टर सफा नगरेको महिनौ भैसक्यो । बैशाख १ गते काम बिशेषले जुम्लातिरको यात्रामा निस्किए ।

जुम्लामा हुदा पनि सोचिरहे फिल्टर सफा भयो होला कि नाई । रोल्पाको गौरब जलजला क्याम्पसमा पाइपबाट पानि आयो होला कि नाई ? केहि समयको जुम्ला बसाइ पश्चात रोल्पा फर्किए लगत्तै बैशाख १४ गते आईतबार क्याम्पस प्रवेस गर्नासाथ लेखापालको कोठा पुगे र हेरे फिल्टरलाई । बिडम्बना फिल्टर सफा नै थिएन र पानि पनि भरिएको थिएन । मेरो नजर छेउमा रहेको मिनरल वाटरका बोतलमा पुग्यो । वाह पानि नहुने क्याम्पसमा मिनरल । एक्लै हासे । तर हासो हासो नै रह्यो कारण आजभोली क्याम्पसमा फिल्टरमा पानि भरेर खाने प्रचलन हराएछ । आजभोली त बोतलमा पानि भरेर खाने गरिदो रहेछ

रोल्पा जिल्लाको लिबाङ नगरपालिका ०६ काप्रेखर्कमा अवस्थित जलजला बहुमुखि क्याम्पसमा यो समस्या त उदाहरण मात्र हो । पानि मात्र हैन क्याम्पसमा अरु थुप्रै समस्या छन जसको नालिबेली म लेख्दै गरुला । अहिले यो पानिको सन्दर्भ मात्र उठाउदैछु । मलाइ याद छ क्याम्पसमा पहिले पाइपबाट गेटबाहिर सानो पानि आउदथ्यो । संभवत पानि आउन छाडेको ७ महिना भन्दा बढि भैसक्यो । यो सात महिना सम्म पानि लिन किन प्रयास गर्दैन प्रसासन ? गम्भिर प्रश्न खडा गर्दैछु । पानि नै छैन भनु भने धनमुढाबाट पानिको स्रोत परिचालन हुन्छ लिबाङमा, र अझ त्यो पानि रेउघा बाड्ने कुराकानि चल्दैछ । तर नजिकको क्याम्पसमा पानि नै छैन । 

पानि नै नपाइएको हो कि क्याम्पसको लापरबाहि ? कुरा बुझ्दै जादा डोजरले बाटो खन्दा पाइप चुडाएको छ रे, जोड्न अप्ठ्यारो हुने गरि । जोडेन पाले दाई एक्लैले सक्दैन भन्छन अनि उनि थप्छन एक्लै जोड्न सकिएन, मान्छे लगाउदा पैसा खान्छन । प्रसासनले मान्छे लगाउ पनि भन्दैन म के गरु ? एकदिन क्याम्पस प्रमुख कृष्ण न्यौपानेको कार्यकक्षमा प्रवेश गरेर भलाकुसारी थाले । क्याम्पसका समस्या देखि लिएर सबै ।

मैले पानीको समस्या उत्थान गरे र उहाँले अब पानि लगातार आउछ । जोड्न सामाग्री सबै आएको बताउनुभयो । अफसोच धेरै महिना लगातार बित्यो तर पाइपमा पानिको थोपा चुहेको छैन । केही हप्ता अगाडि नेपाल सरकारका अर्थ सचिव कृष्णहरी बास्कोटा सुचनाको हकसंबन्धि अभिमुखिकरणका लागि क्याम्पसमा आए । उनि आए लगत्तै क्याम्पस प्रमुखको कोठामा मुस्कान सहित स्वागत गरियो । प्रमुखको टेबलमा एउटा सिसाको गिलास छ र त्यसमा भरिएको छ पानि अनि छोपिएको छ केही फोहोर पर्ने डरले । हेर्दा लाग्छ क्याम्पसमा पानिको अभाव छैन ।


सब कुछ बडा है । बास्कोटा कार्यक्रमको लागि बिएड पहिलो बर्षको कोठामा प्रवेश गरे, कोठा प्रवेश गरेलगत्तै उहाँको नजर त्यै मिनरल वाटरमा गयो होला, ए ए पानिको बोतलमा । बेन्चमा ६,७ वटा पानिको बोतल राखिएका छन । गएको बैशाख २४ गते नेपाल पत्रकार महासंघले पत्रकारिता दिवस मनाउदा पनि बोतल त्यसैगरी सिगांरिएको थियो । पानिको बारेमा बोलीरहदा चर्पि झन छुटाउने कुरा नै भएन । अब क्याम्पसमा खानेपानीको त अभाव छ, चर्पिको लागि पानि अभाव नहुने कुरा नै भएन । ख्याल गर्नुहोला कुनैदिन क्याम्प्समा केही कामले जादै हुनुहुन्छ भने चर्पि घरमै प्रयोग गरि जानुहोला । क्याम्पसमा पानि नहोला भन्न सकिन्न । तपाईलाई अप्ठ्यारो पर्न सक्छ ।

माथि उल्लेखित कुराहरु बहिर लिन पनि लाज लागिरहेको छ । क्याम्पसमा पानि व्यवस्थापन गर्ने जिम्मा कसको हो ? प्रशासन, व्यवस्थापन समिति या त विद्यार्थिको ? कुरा गरौ व्यवस्थापन समितिको, भन्न अप्ठ्यारो लागिरहेको छ तर विद्यालयका व्यवस्थापन समतिको अध्यक्ष र पदादिकारि धेरैलाई अझैपनि अधिकासं विद्यार्थिले चिन्दैनन । र चिनुन पनि कसरी जब व्यवस्थापन समितिका पदादिकारिहरु बैठकको दिन मात्र क्याम्पसमा भेला हुन्छन त्यो पनि बिदाको दिन पारेर । यदी आएनन भने रजिष्ट्रर बोकेर घरघरमा जानुपर्छ सही गराउन बिचरा पालेदाईलाई । अब बैठक र क्याम्पसमा एक दिन अनुगमन गर्न नजानेलाई पानिको बारेमा के थाहा ।

प्रशासनको कुरा गर्दा क्याम्पसम प्रमुख महिनामा कति दिन हाजिर हुन्छन र कति दिन कामका लागि बाहिर हुन्छन थाहा भएन । तर यत्ति थाहा छ कि उनि क्याम्पसमा हाजिर हुदा उनको टेबलको सिसा गिलासमा पानि भरिएको हुन्छ र त्यो सकिए लगत्तै उनले घण्टी टिरीङ पारिदिन्छन । मतलब गिलासमा पानि हाल्न पुग्छन पाले दाई । टेबलमै पानि पुगेपछि कसलाई वास्ता लाग्छ र अरुको ? प्राध्यापकहरु पनि के गरुन आफै आजित छन समस्याबाट । तलब नखाएको २ महिना पुगिसकेको रहेछ, त्यो पानि त ४ घण्टा न हो थामिहाल्दा रहेछन कहिलेकाहीँ । विद्यार्थिको कुरामा त के भन्नु । मैले चर्पि प्रयोग गर्न चाहे तेस्रो तलाको मान्छे पहिलो तलामा झर्नुपर्छ, पानि खान लेखापाल कोठामा जानुपर्छ ।

त्यो पनि कहिले हुन्छ कहिले हुदैन । क्याम्पसको छतमा पानि ट्याङकि राखिएको छ । त्यो सधै खालि नै हुन्छ र रहिरहनेछ संभवत । महायज्ञ भएको ७ महिना नाघिसक्यो, यज्ञको हिसाब किताब अझसम्म सार्वजनिकिकरण गरिएको छैन । म क्याम्पस प्रवेश गरेको २ बर्ष नाघिसक्यो, अहिलेलाई खानेपानीको नियमित आपुर्तिका लागि मलाई केही प्रश्न गर्न मन छ ? अरु प्रश्न त धेरै सोध्न मन छ ति प्रश्नहरु आगामि लेखमा सोध्दै गरुला तर अहिलेलाई महायज्ञको पैसा के अक्षयकोष खडा गर्ने र ब्याज खाने मात्र हो व्यवस्थापन समिति अध्यक्ष तथा क्याम्पस प्रमुख ज्यू ? खानेपानीको उचित व्यवस्थापन गर्न सकिदैन भने पाइप जोड्न लिइएको सामाग्री कहिलेसम्म थन्किने हो ? छतमा रहेको पानि ट्याङकि कहिलेसम्म रित्तो हुने हो ? तपाइको टेबलको गिलासमा पानि भरिए झै हाम्रो कक्षाकोठा नजिक रहेका ट्वाइलेट, बाथरुममा कहिले पानि आउछ ? क्याम्पस बाहिर रहेको पाइपमा पानि कहिले आउछ ?

मैले यति भनिरहदा मलाई लज्जाबोध भैरहेको छ कारण म जलजला क्याम्पसमा बिबिएस दोस्रो बर्षमा अध्यनरत विद्यार्थी हु । म आफ्नै क्याम्पसको यो बिषय बाहिर लिइरहेको छु । मलाई थाहा छ यो लेख पढेपश्चात मलाई व्यवस्थापन समिति र क्याम्पस प्रसासनले फरक दृष्टिकोणले हेर्नेछन तर मलाई कुनै चिन्ता छैन । म चाहन्छु यो लेखले संबन्धित निकायलाई केहि सोच्न बाध्य बनाउस । लेखप्रति सल्लाह सुझावको अपेक्षा गरे । क्याम्पसको समस्याका बारेमा र क्याम्पस संबन्धि बिचारहरु आगामि दिनमा पस्कदै गर्नेछु ।

विनोद डाँगी, रोल्पा
बिबिएस
दोस्रो बर्षमा अध्यनरत
सामुदायिक रेडियो मालश्रीमा कार्यरत
प्रतिक्रियाको लागि: [email protected]



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल