२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेका नाममा अमेरिकाबाट पूर्वपत्नीको संदेश…

२०७६, १४ भाद्र शनिबार ०४:३७

ईशा लामिछाने | हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु ।

रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्सपछि दुई छोरीहरुको एक्लो अभिभावकत्व मेरो काँधमा आएको छ ।

डिभोर्सपछि हाम्रो बाटो अलग-अलग भयो । उनले नेपालमा नयाँ संसार बसाले । म अमेरिकामा छोरीहरुको सहारामा र उनीहरुलाई सहारा दिएर बाँचिरहेकी छु ।

डिभोर्सका क्रममा रविले मसित केही कागजी र केही मौखिक प्रतिवद्धताहरु गरेका थिए । त्यसअनुसार अमेरिकामा रहेको घरको मासिक किस्ता भुक्तानी गर्ने जिम्मेवारी उनले लिएका थिए । तर, उनले नियमित रकम नपठाएपछि तीन महिना अगाडि बैंकले घर लिलामीको नोटिस निकाल्यो । त्यसपछि उनले पठाएको केही पैसा र म आफैंले बाँकी रकम जोहो गरेर बैंकको किस्ता क्लियर गरेँ । आगामी दिनमा उनले प्रतिवद्धता पूरा गर्नेछन् भन्ने विश्वास लिएकी छु । अन्यथा, मैले पनि कानूनी उपचारको खोजी गर्नुपर्ने हुन सक्छ ।

रवि पक्राउ परेको खबरले अमेरिकामा हामी आमाछोरी चिन्तित बन्यौं । खासगरी ठूली छोरी निकै दुःखी थिइन् । मलाई पनि ननिको लाग्यो ।तर, यतिबेला नेपालमा रविलाई अर्को संकटले घेरेको छ । आत्महत्या दुरुत्साहनजस्तो गम्भीर मुद्दा लागेर पक्राउ परेर हालै पाँच लाख धरौटीमा रिहा भएका छन् । मुद्दाको फैसला भएको छैन ।

कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ । सायद मैले आफ्नो मनबाट उनलाई पूर्णरुपमा निकाल्न सकेकी थिइनँ । त्यसैले उनलाई यो विपत्ति आइलाग्दा म बेचैन बनेँ ।

तर, सिक्काको अर्को पाटो पनि उत्तिकै संवेदनशील थियो । अर्को पाटोमा मजस्तै एक स्त्रीको सिउँदो पुछिएको थियो । र, उनका श्रीमानले मर्नेबेलामा रुँदै-रुँदै आफूलाई आत्महत्या गर्न विवश तुल्याएको भनेर रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सोचमा परेँ ।

रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस्

के धेरै मानिसहरुका लागि भगवान बनेको रविबाट कसैलाई आत्महत्यासम्म धकेल्ने दानवीय कर्म भयो होला ? मैले अझै पत्याउन सकेको छैन ।

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको हुनाले अन्तिम निचोड निकाल्ने उसैको जिम्मेवारी हो । एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले निर्णय लिँदैन होला । भिडियोमा दिइएको वयान कति सत्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जुटाइएलान् । र, अन्त्यमा सत्यता बाहिर आउला ।

म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस र रवि निर्दोष प्रमाणित होउन् ।

तर, मेरो कामनाले भन्दा पनि रविलाई उनकै कर्मले जोगाउने हो । यदि गलत काम गरेका छैनन् भने नखाएको विष पक्कै नलाग्ला । यदि शालिकरामले लगाएको आरोप सत्य ठहरियो भने रविका हजारौं प्रशंसकजस्तै म पनि निराश हुनेछु ।

भिडियोमा रविमाथि मृतक शालिकरामले लगाएको अर्को आरोपले पनि मलाई उत्तिकै स्तब्ध बनाएको छ । रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको आरोप मृतकले लगाउनुभएको छ । मैले २५ वर्ष रविसँग दाम्पत्य सम्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिवद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु ।

तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन ।

एउटा श्रीमतीका रुपमा मलाई रविलाई दिएका चोटहरु असंख्य होलान् । त्यो सम्झनेबेला अहिले होइन ।

रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । शालिकरामकी पत्नी सम्झनाले न्याय पाउन् । यदि निर्दोष भए रविले पनि न्याय पाउन् ।

हिजो बुवाको मुख हेर्ने दिन । अघिल्ला वर्षमा छोरीहरु यस दिन कति उत्साहित हुन्थे । मेरा छोरीहरुका पितालाई ‘फादर्स डे’ को शुभकामना छ । आफ्नो संसारमा भुलेर छोरीहरुलाई बिर्सियौ भने पनि छोरीहरुले तिमीलाई कहिल्यै भुल्न सक्ने छैनन् । किनकी एकपटकको बाबु सधैंको बाबु हो । ‘पूर्वश्रीमान’ भनेजस्तो ‘पूर्वबाबु’ वा ‘पूर्वछोरी’ कहिल्यै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना