२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश कसैको जन्मदिनको केक होइन टुक्राटुक्रा पारेर खानलाई ! (टिप्पणी)

२०७६, १२ फाल्गुन सोमबार ०६:१४


सुनिल कुँवर | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औ जन्म दिन नेपालको नक्सा अंकित केक काटेर मनाएका छन् | आइतबार पुर्ख्योली घर तेह्रथुमको आठराई पुगेर हेलिकप्टर चार्टर गरेर १५ किलोको केक काटेर जन्मोत्सव मनाएका हुन् |

गाउँपालिकाले ओलीको जन्मोत्सवमा सार्वजनिक विदा पनि दिएको थियो भने ६ हजार जनालाई उनले भोज खुवाएका छन् | नेकपाकै आचारसंहिता उल्लङ्घन गर्दै ओलीले राजकीय शैलीमा देशको नक्सा अंकित केक काटेर जन्मोत्सव मनाएका छन् |

गत माघ ५ गते नेकपाले केन्द्रिय कमिटि बैठक बस्नु अघि कार्यकर्ताहरुमा एउटा सर्कुलर जारी गरेको थियो जसमा ११ बुँदै आचारसंहिता पालना गर्नुपर्ने बताइएको थियो | उक्त आचारसंहिताको दोस्रो बुँदामा उल्लेख गरिएको छ "जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ" | तर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमत्री ओलीबाट उक्त आचारसंहिता उल्लङ्घन भएको छ | कार्यकर्तालाई परिवारमै परम्परागत संस्कारहरु सिमित गर्नुपर्ने उर्दी जारी गरेका ओली आफैले हेलिकोप्टर चार्टर गरेर १५ किलोको केक काटेर ६ हजार जनालाई भोज खुवाएका छन् |

छिमेकी राष्ट्र भारतले नेपाली भुमि कालापानी,लिम्पियाधुरा,सुस्ता औपचारिक रुपमा आफ्नो राजनीतिक नक्सामै सार्वजनिक गरिसक्दा पनि सरकार मौन छ | प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सवमा देशको नक्सा अंकित केक काटेर दिन खोजेको संदेश के हो ? एउटा बाटोमा फालेको कागजलाई कसैले वास्ता गर्दैन,तर सोहि कागजमा भगवानको मुर्ति/तस्बिर भए समात्छ अर्थात खुट्टालागेमा सलाम गरेर हिड्छ | तसर्थ राष्ट्रियता अमुर्त चिज हो, जुन हरेक राष्ट्रका नागरिकहरुमा हुन्छ त्यसैले आफ्नो देशप्रतिको स्नेहलाई सबैले सम्मान गर्छन | 

जनअभिमतबाट राष्ट्रको उच्च पदमा पुगेका प्रधानमत्रीले जनताको राष्ट्रप्रतिको लगावलाई जन्मदिनको केकको रुपमा काटेर मनाउनुलाई कदापि राम्रो मान्न सकिदैन | सर्वहारा बर्गको नेता दावी गर्नेले हेलिकोप्टर चार्टर गरेर १५ किलोको केक काट्दै ६ हजारलाईभोज खुवाउनुलाई राजकीय शैली नभनेर के भन्ने ? कंहाबाट आयो हेलिकोप्टर चार्टर गर्ने पैसा ? सरकारी सम्पतिको दुरुपयोग गर्न पाइदैन | त्यो पैसामा नेपाली जनताको एक-एक पशिना बगेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना