२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश कसैको जन्मदिनको केक होइन टुक्राटुक्रा पारेर खानलाई ! (टिप्पणी)

१२ फाल्गुन २०७६, सोमबार ०६:१४


सुनिल कुँवर | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औ जन्म दिन नेपालको नक्सा अंकित केक काटेर मनाएका छन् | आइतबार पुर्ख्योली घर तेह्रथुमको आठराई पुगेर हेलिकप्टर चार्टर गरेर १५ किलोको केक काटेर जन्मोत्सव मनाएका हुन् |

गाउँपालिकाले ओलीको जन्मोत्सवमा सार्वजनिक विदा पनि दिएको थियो भने ६ हजार जनालाई उनले भोज खुवाएका छन् | नेकपाकै आचारसंहिता उल्लङ्घन गर्दै ओलीले राजकीय शैलीमा देशको नक्सा अंकित केक काटेर जन्मोत्सव मनाएका छन् |

गत माघ ५ गते नेकपाले केन्द्रिय कमिटि बैठक बस्नु अघि कार्यकर्ताहरुमा एउटा सर्कुलर जारी गरेको थियो जसमा ११ बुँदै आचारसंहिता पालना गर्नुपर्ने बताइएको थियो | उक्त आचारसंहिताको दोस्रो बुँदामा उल्लेख गरिएको छ "जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ" | तर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमत्री ओलीबाट उक्त आचारसंहिता उल्लङ्घन भएको छ | कार्यकर्तालाई परिवारमै परम्परागत संस्कारहरु सिमित गर्नुपर्ने उर्दी जारी गरेका ओली आफैले हेलिकोप्टर चार्टर गरेर १५ किलोको केक काटेर ६ हजार जनालाई भोज खुवाएका छन् |

छिमेकी राष्ट्र भारतले नेपाली भुमि कालापानी,लिम्पियाधुरा,सुस्ता औपचारिक रुपमा आफ्नो राजनीतिक नक्सामै सार्वजनिक गरिसक्दा पनि सरकार मौन छ | प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सवमा देशको नक्सा अंकित केक काटेर दिन खोजेको संदेश के हो ? एउटा बाटोमा फालेको कागजलाई कसैले वास्ता गर्दैन,तर सोहि कागजमा भगवानको मुर्ति/तस्बिर भए समात्छ अर्थात खुट्टालागेमा सलाम गरेर हिड्छ | तसर्थ राष्ट्रियता अमुर्त चिज हो, जुन हरेक राष्ट्रका नागरिकहरुमा हुन्छ त्यसैले आफ्नो देशप्रतिको स्नेहलाई सबैले सम्मान गर्छन | 

जनअभिमतबाट राष्ट्रको उच्च पदमा पुगेका प्रधानमत्रीले जनताको राष्ट्रप्रतिको लगावलाई जन्मदिनको केकको रुपमा काटेर मनाउनुलाई कदापि राम्रो मान्न सकिदैन | सर्वहारा बर्गको नेता दावी गर्नेले हेलिकोप्टर चार्टर गरेर १५ किलोको केक काट्दै ६ हजारलाईभोज खुवाउनुलाई राजकीय शैली नभनेर के भन्ने ? कंहाबाट आयो हेलिकोप्टर चार्टर गर्ने पैसा ? सरकारी सम्पतिको दुरुपयोग गर्न पाइदैन | त्यो पैसामा नेपाली जनताको एक-एक पशिना बगेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो