चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२"/>
२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गम्भीरताका साथ सरकारी निर्देशन नमान्दा इटलीमा जे भयो, नेपालमा त्यस्तै हुन सक्छ !

१० चैत्र २०७६, सोमबार १६:४७

एक नारायण पौडेल |

चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२० मा यो सक्रमण देखिएको छ भने १५, ४०८ को मृत्यु भएको छ । त्यस्तै गरि १,००, ६०५ जना निको भएका छन भने हाल मध्यम अबस्थामा २, २६, ००९ छन भने ११२९८ जटिल अबस्थामा उपचाररत छन । यो सक्रमणले महामारीको रुप लिदै बिश्वका अति विकसित रास्ट्रहरुको समेत निद हराम गरिसकेको छ । अमेरिका, बेलायत, स्पेन, इटाली, अस्ट्रेलिया, जापान जस्ता बिकशित देशहरु समेतको टाउको दुखाई भएको अबस्थामा हाम्रो जस्तो विकाशोन्मुख देश नेपालमा समेत यसको सक्रमण देखिन थालेको छ । 

चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ बर्षिय नेपाली विद्यार्थीमा सक्रमण देखिएको पुष्टि भईसकेको छ । यो पुष्टिसङ्गै सरकारले पनि नागरिक चहलपहल कम गर्न र जोखिम न्यूनीकरणको लागि केही कदमहरु लिएको छ । जस अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनका लागि राखिएका साढे पाँच सयमध्ये आधाजति जबर्जस्ति पर्खाल नाघेर बहादुरी देखाएछन् । यस्ता अनुशाशनहिन हर्कत भईरहेको अवस्थामा देशमा कुन मानवीय हिसावले नाकामा अझै सदासयता देखाउने ? 

१५-२० दिन अगाडि इटालिको अवस्था पनि झन्डै आजको नेपालको जस्तै थियो । सरकारले शुरूवातमा अलि सामान्य ढङ्गले लिएपनी केही समयपछि उसले आफ्ना नागरिकलाई अनावश्यक बाहिर ननिस्कन भनेको थियो । अनावश्यक सपिङ्ग मल, रेस्टुरेन्ट र भिडभाड नगर्न भनेको थियो । तर झन्डै हामी जस्तै उदण्ड, अनुशासनहिन र घमण्डी भएर हेलचक्राई र गम्भीरताका साथ सरकारी निर्देशन नमान्दा आज इटलीको के अबस्था  हुदैछ ? बिश्वकै सबैभन्दा बढी जनसंख्या बोकेर पनि अनुशासन र प्रद्दतीलाई आत्मसात गरेर चीनले आज लगभग नियन्त्रण शुन्यमा झार्दैछ । संक्रमण एकबाट दुई र दुईबाट ३ हुने हो । यदि लापरबाही र हेलचक्राई गर्दै जाने हो भने एक जनामा देखिएको संक्रमण अन्यमा फैलन धेरै समय लाग्दैन । त्यसैपनि साधन, स्रोत, प्रबिधि र  जनशक्तिको हिसाबले हामी अत्यन्त पछाडि छौं भने भौगोलिक, सडक र सूचना पहुँचको हकमा अझै पनि कमजोर छौं । 

तसर्थ सरकारलाई मात्रै धारे हात र आलोचना गरेर हामी आफू चाहिँ गम्भीर नहुने, लापरबाही, हेलचेक्राई र मजाक गरिरहने हो भने पक्कै पनि हामीलाई न त पशुपतिनाथले बचाउन सक्नेछन् न त बुद्धले नै । न त सगरमाथाले नै छेक्नेछ । सरकारले हवाई उडान, सवारी साधन, मेला, महोत्सव, विभिन्न खेलकुद, जिम-खाना, चलचित्र हल, उत्तरी र दक्षिणी नाकाहरु बन्द गरेर सकारात्मक थालनी गरेको छ । तसर्थ अब हामी आम नागरिक सचेत, गम्भीर र साबधानी हुन सकेनौ वा चाहेनौ भने यसले निकट भबिस्यमा नै स्थिति काबु बाहिर नजाला भन्न सकिन्न । हामीलाई हाम्रै हेलचेक्राई र लापरबाहीले  पश्चाताप गर्ने समय पनि दिनेछैन । तसर्थ नियमित साबुन-पानीले हात सफा गरौं । सम्भब भएसम्म मास्क र पन्जाको प्रयोग गरौ। भिटामीन सि युक्त खानेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं ।

समयको संबेदनसिलतालाई नबुझेर,  बुझ्नै नचाहेर वा बुझेर पनि गम्भीर हुन नसकेर यस्तो प्रतिकुल परिस्थितिमा पनि गाउँ घर तथा  शहरमा तामझामका साथ विवाह, ब्रतबन्ध, बर्थडे, इङेजमेन्ट , न्वारन पास्नी, छेका जस्ता कार्यक्रम राख्दै अझैपनी लापरबाही गर्दैछन् भने सचेत गराउँ । यदि सचेत गराउदा गराउदै कोहि अटेरी गर्छ भने सामाजिक बहिस्कार गरौँ । गाउँमा रहनुहुने युवा दस्ता, विद्यार्थी र स्थानीय प्रतिनिधिले जोखिम रहित सामाजिक अभियान चलाउँ । शिक्षकहरुले पनि  यो समयमा उल्लेखनीय भुमिका निर्बाह गरिदिनुहोला । जसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन सकोस । 

एक नारायण पौडेल

- भरतपुर महानगरपालिका                

वाड न १३ चितवन                         

हाल – साउदी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो