प्रभात सुवेदी । साउन ४, बर्दिया । व्यास जयन्ती तथा गुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ४, बर्दिया । व्यास जयन्ती तथा गुर"/>
२३ पुष २०८२, बुधबार
बर्दिया - BRD

गुरु हैन सद्गुरु चिनौँ

४ श्रावण २०७३, मंगलवार १४:३१

प्रभात सुवेदी । साउन ४, बर्दिया । व्यास जयन्ती तथा गुरु पूर्णीमा आज जिल्लाभरी विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । 

हिन्दु स्वयंसेवक संघको आयोजनामा विशेष ध्वजापूजन तथा गुरुदक्षिणाको कार्यक्रम गरि सदरमुकाम गुलरियामा व्यास जयन्ती तथा गुरु पूर्णीमा मनाइएको हो ।

कार्यक्रममा आफ्नो उद्वोधन मार्फत पण्डित डिल्ली प्रसाद उपाध्यायले हामीले प्राप्त गर्ने हरेक ज्ञानको गुरु हुने तर वास्तविक रुपमा हामीले गुरु मात्रै नभएर सद्गुरु चिन्नु पर्ने आजको आवश्यकता भएको कुरा औंल्याउनु भयो । प्रथम गुरु ईश्वर, दोस्रो गुरुको रुपमा जन्म दिने माता र तेस्रो गुरुका रुमा ज्ञान दिने गुरुलाई मान्नु पर्ने बताउनुहुँदै भगवान वेद व्यास नै प्रथम गुरु हुनुभएकोले वहाँकै जन्मदिनका अवसरमा हरेक आषाढ शुक्ल पूर्णीमालाई व्यास जयन्तीका रुपमा मनाउने परम्परा रहेको वताउनुभयो ।

हिन्दु वाङ्मय अनुसार गुरुलाई चार भागमा अर्थात वयोवृद्ध, सम्बन्धवृद्ध, विद्यावृद्ध र नीतिवृद्ध गरी विभाजन गरिएको बताउनुहुँदै सम्पूर्ण गुरुहरुलाई हामीले उत्तिकै श्रद्धापूर्वक सम्मान गर्नुपर्ने औंल्याउनुभयो । 

हिन्दु स्वयं सेवक संघका अभियान्ता एवम् अध्यात्म चिन्तक अयोध्याप्रसाद श्रीवास्तवले जन्म तथा जातले भन्दा पनि मानिस कर्मले शुद्ध हुने भएकोले हामीले ब्राह्मण बन्नका लागि शुद्ध कर्म अपनाउनुपर्ने कुरा औंल्याउनुहुँदै वर्तमान समयमा ब्राह्मणको मर्यादा लोप हुँदै गएको र अबको केही वर्षपछि हाम्रो संस्कृति पश्चिमीहरु आएर सिकाउनु पर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाका प्रवुद्ध धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसैगरी व्यास जयन्ती तथा गुरु पूर्णीमाको अवसरमा गुलरिया नगरपालिका शान्तिटोलमा रहेको व्यास मन्दिरमा विशेष पूजा अर्चना गरिएको छ । यसैगरि कालिका स्थित सुदामा वृद्ध सत्ुसङ्ग समूहमा पनि विशेष सत्सङ्ग कार्यक्रमको आयोजना गरिएको छ ।

पछिल्लो समयमा विभिन्न शैक्षिक संस्थाहरुमा पनि शिक्षकहरुलाई विद्यार्थीहरुले सम्मान गर्ने, उपहार दिएर गुरु पूर्णीमा मनाउने प्रचलन रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार