१७ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक नेपाली युवाद्वारा भारतका प्रधानमन्त्रीलाई खुला पत्र

१२ जेष्ठ २०७७, सोमबार १५:१०

सम्माननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू,

भारत सरकार,

नयाँ दिल्ली, भारत,

नमस्कार !

मलाई आशा छ कि भरतीय प्रधानमन्त्रीज्यू, आफ्नो अति नै व्यस्त कार्यतालिकाको बावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ । 

नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समयदेखि नै दुवै मुलुकका जनस्तरमा पनि आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध रहिआएको कुरा सर्बबिधीतनै छ ।

भारतीय प्रधानमन्त्रीज्यू, म यहाँलाई स्मरण गराउन चाहन्छु कि, नेपाल भ्रमणको बेला संसदमा सम्बोधन गर्दा नेपाली भाषाको प्रयोग गर्दै बोल्नु भएको थियो । उक्त समयमा नेपाल र भारत पहिलेदेखिकै भाई-भाईको सम्बन्ध रहिआएको तथा दुवै देशको जनस्तरमा पनि रोजगार र विहावारीका सम्बन्धहरु चलिआएको कुरा बताउनु भएको थियो । साथै उक्त भ्रमणको समय यहाँको बौधिकताको बयान गर्दै आम नेपाली जनता खुसि भइ यहाँको स्वागत र बिदाईमा कुनै कमि नगरेको कुरा आजको दिनमा पनि कोही नेपालीले विर्सेका छैनन् । 

भारतीय प्रधानमन्त्रीज्यू, नेपाललेनै आफ्ना हजारौ बहादुर जनतालाई भारतमा संकट नहोस् भनि भारतीय सेनामा भर्ति गर्न पठाई रहदाको अवस्थामा भारतद्वारानै आफ्नो भुमि अतिक्रमण भएको सुन्दा कस्तो हुन्छौं होला ? अझ, हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वनै भयाभित भइरहेको समयमा अचानक भारतीय रक्षामन्त्री श्री राजनाथ सिंहज्यू ले मे ८ का दिन भिडियो कन्फ्रेन्स मार्फत नेपाली भूमिको लिपुलेकबाट मानसरोवर जाने सडक उद्घाटन गर्नु भएको समाचार सुन्नासाथ म लगायत सम्पूर्ण नेपाली जनता अचम्मित भएका छौं । साथै हिजोको दिनमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेपाली जनतामाझ रहिआएको लोकप्रियतामा कमि हुदै भारतप्रति हेर्ने सकरात्मक दृष्टीकोण आम नेपाली जनमानसमा परिवर्तन हुदै गइरहेको कुरा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउन चाहन्छु ।

म एक सामान्य नेपाली नागरिकको हैसियतले उक्त नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले कब्जा जमाइरहेको साथै गुन्जी, नाविढांङ्ग र कालापानीमा स्थायी क्याम्प राखेर भारतीय सेना पनि बसिरहेको छ भन्ने कुरा बिभिन्न पत्र-प्रत्रिका तथा टेलिभिजनहरुले समाचार प्रशारण गरिरहेको सुनीरहदा आम नेपाली जनता यस्तो महामारीको बेलामा पनि सडकमा ओर्लेर देशको सार्वभौमसत्ता, स्वाभिमान र अस्मिताको रक्षा गर्नका निम्ति सम्पूर्ण नेपाली एक भई भारतको बिरोध गरिरहेको देख्दा भावुक भई भारतीय प्रधानमन्त्रीज्यूलाई यस पत्र लेखिरहेको छु।

त्यसैले अन्तमा म प्रधानमन्त्रीज्यूलाई हाम्रो नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित समेटी भारतले त्रुटिपूर्ण छापेको राजनीतिक नक्सा सच्याउनु हुन, हाम्रो नेपाली भुमि गुन्जी, नाविढांङ्ग र कालापानीबाट भारतीय सैनिक बल फिर्ता लैजानु हुन र भारतद्वारा नेपाली भूमिको अतिक्रमण गर्ने कार्य बन्द गराउनु हुन हार्दिक अनुरोध गर्दछु । साथै नेपाल र भारतको सम्बन्धलाई पुन: सुदृढ गर्दै दुई देश बीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक र विकासका कार्यमा जोड दिदै विश्वकै समृद्ध देश बन्न उल्लेखनिय भूमिका निर्वाह गर्दिनुहुन भनि तपाइँ भारतीय प्रधानमन्त्रीज्यू सामु विशेष आग्रह गर्दछु।

तपाईंको शुभेच्छुक,

विनय तिमल्सिना

नेपाली युवा

ठेगाना: काठमाडौँ, नेपाल

मोवाइल: +९७७-९८५११७१०८६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वागत नेपाल रिहा भाटभटेनी लुटपाटका १२ अभियुक्त–ब्ल्याक लेबल र यार्सागुम्बा ह्विस्कीदेखि लिपिस्टिक गाजल बरामद रविन्द्र मिश्र र धवलशम्शेरसहित ११ जनालाई राजद्रोहसमेतको मुद्दा लगाइँदै वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छः गभर्नर अधिकारी कतारले दियो १८ नेपालीलाई आममाफी अझै फेला परेन तीनकुनेमा खोसिएको बन्दुक, खोस्ने व्यक्तिको हिरासत अवधि थपियो  वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढ्यो, ९५०० तिर्नुपर्ने  दाङको बंगलाचुलीमा ९ वर्षीया बालिका बलात्कृत, वडाध्यक्षले गराए मिलापत्र तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई एक लाख सहयोग दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी महानगरको जरिवाना तिर्न राजावादीले चलाएको अभियानबाट चार लाख ५० हजार संकलन दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी रवीन्द्र र धवललाई भेट्न प्रहरी परिसर टेकुमा राप्रपा अध्यक्ष लिङ्देन जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार रास्वपा सभापतिमा फर्किँदै रवि  दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको भन्दै लोहनीद्वारा बालेनको आलोचना अब राजावादी प्रदर्शनको नेतृत्व जगमान गुरुङले गर्ने दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु (भिडिओ) रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी