हिजो अस्ति भर्खर तिमी चीन बाट निस्कियौ |

कति चांडो संसार भरि तिमी फ़ैलिसकयौ ||

मानव जातलाई त्रासमा राख्दै तिमी बसिरयौ |

जीव जनावर तथा पशुपन्छीहरुलाई ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हिजो अस्ति भर्खर तिमी चीन बाट निस्कियौ |

कति चांडो संसार भरि तिमी फ़ैलिसकयौ ||

मानव जातलाई त्रासमा राख्दै तिमी बसिरयौ |

जीव जनावर तथा पशुपन्छीहरुलाई ति"/>

२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना ‘करोडौलाई तिमीले नै बेरोजगार बनायौ’

२०७७, १९ जेष्ठ सोमबार ०९:१२


हिजो अस्ति भर्खर तिमी चीन बाट निस्कियौ |

कति चांडो संसार भरि तिमी फ़ैलिसकयौ ||

मानव जातलाई त्रासमा राख्दै तिमी बसिरयौ |

जीव जनावर तथा पशुपन्छीहरुलाई तिमीले बचाउदै राख्यौ ||


वाताबरण र प्रकृति लाई तिमीले स्वच्छ बनायौ  |

जातभात तथा धनि गरिब केहि छुट्याएनौ ||

बच्चा देखि वृद्धसम्म महिला वा पुरुष सबै उस्तै देख्यौ |

ठुला अनि शक्तिशाली राष्ट्र लाई पनि आफ्नै वस मा राख्यौ ||


राजा देखि प्रज्जा सम्म सबै लाई समान बनायौ  |

स्कुल कलेज र  कार्यालय सबै बन्द गरायौ ||

संसारका मान्छेहरु लाई घर बाट निस्किनु डरायौ |

मानब जातलाई सरसफाईमा ध्यान दिन लगायौ ||


घरपरिवारमा समय नदिने लाई समय दिन सिकायौ  |

होटेल, रेस्टुरेन्टमा खान बन्द गराई घरमै खान सिकायौ ||

नशा र कुलतमा फस्नेहरुलाई सुध्रिने मौका दियौ  |

दिनरात, बजे, गते, बार सबै तिमीले भुल्यायौ  ||


सबै मान्छेहरुलाई तिमीले सामाजिक संजालमा झुम्यायौ |

राहातहरु बाँड्न लगाई दयामायाको भावाना जगायौ ||

ब्यापारीलाई ऋण तिर्न नसक्ने गरि तिमीले नै डुबायौ |

करोडौलाई तिमीले नै बेरोजगारी बनायौ ||


संसार भरि फैलिएर आर्थिक संकट निम्त्यायौ |

लाखौ लाख मान्छेहरु लाई तिमीले संक्रमित बनायौ  ||

लाखौ मान्छेहरु को तिमीले ज्यान पनि लियौ  |

संसारका देशहरुलाई आत्मनिर्भर हुन प्रेरित गर्यौ ||

-विनय तिमल्सेना  


 



 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता