२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीकृष्ण जन्माष्टमी र यसको महत्त्व

२०७७, २७ श्रावण मंगलवार ०४:४५

साउन २७, काठमाडौं । हिन्दु मान्यता अनुसार भगवान् विष्णुलाई  नै मर्यादापुरुष श्रीराम र कृष्णको रुपमा पूजा गरिन्छ। पुराणहरुका अनुसार श्रीकृष्णजीको जन्म द्वापरयुगको भाद्र कृष्ण अष्टमी रोहिणी नक्षत्रका दिन मध्यरातमा मथुराको कंसक‍ो कारागारमा भएको थियो।आजको रातमा भगवानले सम्पुर्ण जगतलाई मोहमा पार्नु भएकोले मोहरात्रि पनि भनिन्छ । कृष्ण पक्षको अधेरी रातमा जन्मिएर पनि संसारलाई सुनौलो किरण प्रदान गर्ने भगवानको महिमा अपरम्पार छ।

भगवानले जन्मलिने समयमा एकाएक सर्वगुण सम्पन्न समय देखिएको।ग्रहहरु उच्च स्थितिमा नदीहरु प्रसन्न,कमलआदी फूलले शोभित, भएका थिए।स्वर्गवाट बढाई गर्दै दुन्दुभि नगरा बजेका थिए।

कृष्णको चरित्र सोध्ने, भन्ने,सुन्ने तीनै प्रकारका व्यक्ति पवित्र हुन्छन्  भनिएको छ।आउनुहोस् हामी पनि जानौं को  हुनुहुन्छ कृष्णजी किन  यश धराधाममा जन्मलिनुभयो र किन मनाइन्छ वहाको  जन्मजयन्ति ?

द्वापर्को अन्त्यमा विभिन्न राजकुलमा दानवांश राजा धेरै भएर अधर्म ,असत्य,अन्याय फैलियो र पृथ्वी भार्युक्त भई ब्रह्माको शरणमा जानुभयो ।ब्राह्माले देवताहरुलाई साथ लिई क्षीरसागरमा गई वैदिक मन्त्रद्वारा भगवानको स्तुति गर्नुभयो।यसपछि भगवानको आकाशवाणी भयो वासुदेवको पुत्र भएर भगवानको अवतार हुने र अनन्तका साथमा मायापति भगवान्को लिलामा साथ दिन देवताहरु पनि जानू भन्ने आदेश भयो र ब्राह्ममा र पृथ्वी शान्त भए।भगवानले जन्मनासाथ शङ्ख चक्र गदा पद्म लिएको र वर्णन गर्नै गाह्रो पर्ने रुप देखाईदिनुभयो र दुवै जनाले  स्तुति गरे र देवकीले साधारण बालकरुप हुन  आग्रह गरिन र हुनुभयो ।

अव वासुदेव र देवकीको पुत्ररुप हुनुमा पुर्वजन्म देखिका कुरा आउछन् ।जसअनुसार स्वाम्भुव मनुको पालामा देवकीको नाम पृश्नि थियो ।उनका पति वसुदेव सुतपा नामका  प्रजापति थिए।ब्रह्माद्वारा सृष्टिको क्रममा खटाइएका उनिहरुले धेरै वर्षसम्म कठ‍ोर तपस्या गरेपछि भगवान उहाँहरु सामु प्रकट हुनुभयो ।के वर माग्छौ?माग भन्दा उहाँहरुले हजुरजस्तै छोरो पाउ भन्नुभयो उहाँ जस्तो कोही नभएको हुदा उहाँ नै पृश्निगर्भको रुपमा आफै जन्मलिनुभयो।दोस्रो जन्ममा उहाँहरु अदिति र कश्यप हुनुभयो र भगवानले फेरि  त्यस समयमा वामन अवतार लिई जन्मलिनुभएक‍ो थियो।द्वापरको त माथि नै आइसक्यो यसरी हेर्दा जब जब यो धराधाममा धर्म माथि अधर्म हावी हुन्छ तब तब भगवानले अवतार लिनुहुन्छ जुन कुरा श्रीमद्भागवत गीता(४/७)मा भगवानले भन्नु भएको छ ।

उहाँले कर्मयोगका कुरा,भक्ति र ज्ञानको कुरा पनि सिकाउनु भएको छ।इहलोकको लौकिक बिषयवस्तुको ज्ञान दिलाउन नै भगवान् कृष्णको अवतार भएको हो।सबै कर्म भगवानमा अर्पण गरेर असत् व्यवहार त्यागेर तीन थरि ताप भन्दा पर रहेर सत कार्य र सद्मार्गमा लाग्नु नै सच्चा अर्थमा कृष्ण पूजन हो र कृष्ण जन्मोत्सव पूजा पनि सार्थक हुन्छ।      अब पूजा कसरी गर्ने र के के गर्नु पर्दछ।बिहान उठेर अाफ्नो नित्य शारीरिक शुद्धताका कर्म सकेपछि । पुर्णकद छोप्ने गरिका शुद्ध  वस्त्र धारण गर्नुपर्छ।व्रतको संकल्प लिनुपर्दछ।भगवानलाई  षोड्षोपचारले पूजा गर्नुपर्दछ।सन्ध्यामा पनि भगवानको पूजा आरति गर्नुपर्छ।भजन नामसंकृतन गर्नुपर्दछ।राति भगवानको जन्म समयपछि पञ्चामृत स्नान गराउनुपर्छ।भएमा दाहिने शंखले स्नान गराउनु राम्रो नभएमा अरु शंखबाट पनि हुन्छ।त्यसपछि भगवानलाई सजाएर झुलामा राख्नुपर्छ ।

पूजा अर्चना गर्नुपर्दछ। भोगमा बिशेषगरेर नौनी र मिश्री चढाउने चलन छ ।व्रत पारण भोलि पल्ट ९ बजे पछि गर्न सकिन्छ।यसपालि रोहीणी नक्षत्र भने परेको छैन।आज देश तथा विदेशमा रहेका कृष्णमन्दिरमा विशेष उत्सव हुनेगर्छ। आज मन्दिर हरुमा ५६ भोग लगाउने चलन पनि छ। श्री कृष्ण परब्रह्म परमात्मा हुनुहुन्छ उहाँको स्मरण मात्रले पनि दुःख हट्छ भनेपछि व्रतको त अन्नत फल छ ।जुन कुरा प्राय सबै पुराणले बताएका छन्। उहाँले धर्मको पुनर्स्थापना गरेर यो पृथ्वीलाई भारमुक्त गराई हामीलाई भोग्न योग्य गराई दिनु भएको छ।त्यसैले सनातन हिन्दु धर्मावलम्बीको लागि बिशेष महत्त्वपूर्ण रहेको छ।

ज्यो. पंडित विष्णुप्रसाद खनाल

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना