२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आशा छ, मेरो रिपोर्ट चाँडै नै नेगेटिभ आउने छ’

२८ आश्विन २०७७, बुधबार ०६:११

सपना पौडेल । असोज २८, काठमाडौं । कोरोना पोजेटिभ आउँदैमा आत्ति हाल्नु पर्दैन। यसका लागि अहिलेसम्म कुनै खोप र उपचार पद्धति पनि त छैन । अस्पताल नै भर्ना भए पनि लक्षणका आधारमा उपचार गर्ने हो । यो भाइरस शरीरमा प्रवेश गरेपछि शरीरलाई कमजोर त बनाउँछ नै । तर, भाइरसले कमजोर बनायो भनेर आफू पनि कमजोर बन्नु भएन । जसरी हुन्छ यो भाइरसलाई जित्छु भनेर लाग्नुपर्छ ।

सामान्य रुघाखोकी लाग्दा त केही खान मन लाग्दैन भने यो भाइरस शरीरमा प्रवेश गरिसकेपछि त झन, खान मन नलाग्ने, स्वाद हराउने, शरीर थाकेको महसुस हुने, स्वास प्रस्वासमा गाह्रो हुने हुन्छ । तर, आत्तिएर मलाई कोरोना लागेको छ, अब सञ्चो हुँदै भन्ने सोचाई दिमागबाट हटाउनु भयो भने तपाईलाई चाँडै निको हुन नि मद्दत गर्छ । सधैँ पोजिटिभ कुराहरू सोच्ने गरौँ । मृत्यु भएकाहरूलाई भन्दा पनि निको हुनेको संख्या हेरौं । आज हामी मात्र कोरोना पोजिटिभ हैन, संसारका ३ करोड ८० लाखभन्दा धेरै कोरोना संक्रमित भएका छन् ।

तर, कोरोनालाई सामान्य भनेर कसैले नसोचौं । मलाई कोरोना पोजिटिभ भएको म‌ंगलबार ५ दिन भयो । कोरोना भाइरसबारे मलाई धेरै कुरा पनि थाहा थियो । तर, कहाँबाट आफू नै पोजिटिभ हुन पुगे । रिपोर्ट पोजिटिभ भनेर एसएमएस आउँदा मन एकदम आत्तियो । घरमा होस्, अफिसमा होस्, मास्क सेनिटाइजर लगाएन भनेर सबैलाई गाली गरिरहन्थ्थे । सबै जना बाहिर गएर रिपोर्टिङ गर्दा म सधैँ जुमको प्रयोग गर्थें । आफू सजक र सतर्क पनि थिए खोई कसरी लाग्न पुग्यो । चीनको वुहानमा कोरोना भाइरस देखिन थालेबाट नै रिपोर्टिङ गरेको ।


नेपालमा माघ १० गते चीनको वुहानबाट आएका ३२ वर्षीय धनुषाका एक युवकमा कोरोना पोजिटिभ पुष्टि भनेर समाचार लेखेकी थिएँ । यसँ दौरान समाचार लेख्दा–लेख्दै १ लाख ६ हजारभन्दा बढी संक्रमित पुष्टि हुँदा आफू पनि त्यसभित्र समावेश हुन पुगेछु । म आफू संक्रमित पुष्टि भएको दिन नेपालमा सबैभन्दा धेरै अहिलेसम्मकै ५ हजार ८ जना संक्रमित थपिएका थिए । म आफैँले त्यो समाचार लेखेकी थिएँ । तर, मलाई थाहा थिएन, म आफै पनि हुँ भनेर । रिपोर्ट पोजिटिभ त आयो, घरमा पनि यस्तो भयो भनेँ । सबैले सम्झाउनु भयो ।

अहिलेको परिस्थिति नै यस्तै छ, जुनसुकै बेला हुन सक्थ्यौं, तिमी पोजेटिभ आज भयो त आत्तिनु पर्दैन, निको हुन्छ । केही राहत त पक्कै मिल्यौं । तर, मलाई थाहा थियो, कोरोना एकपटक लागेपछि यसले विभिन्न किसिमका स्वास्थ्य समस्याहरू निम्त्याउनुका साथै, दीर्घकालीन असर फोक्सो ड्यामेज गराउने, मुटुमा असर गरी हृदयघात गराउने, सुन्ने शक्तिमा असर गर्ने जस्ता समस्याहरू गराउँछ । अनि यसै पनि मन आत्तिन्थ्यो । मलाई जे पायो त्यही मन नपर्ने, अब कसरी यसलाई परास्त पार्ने होला ? अरुलाई जस्तै मलाई पनि स्वास प्रस्वासमा असर गरी आइसियु भेन्टिलेटरमा त बस्नुपर्ने हैन ?

मलाई न निको नै न हुने पो होकि एक्लै भएपछि यस्ता कुराहरूले धेरै सताउने । अनि आफैँले आफैलाई सम्झाउने कोसिस गर्थे त आफैँले हैन । र कोरोनाको बारेमा अरुलाई सम्झाउने बुझाउने त आफैँ यसरी हिम्मत हारिस् भने तैले गरेका ती कामहरू तँसँग भएका ती ज्ञानहरूको के काम फेरि सोच्थेँ, ‘ह्या जाबो कोरोना म निको भै हाल्छु नि किन आत्तिनु, तँ निको कहिले होलिस्’ भनेर कुरिरहनु भएका ती ममीबाबा र भाइबहिनीले के भन्नु होला । तैले यस्तो सोचिस् भनेँ भन्ने लाग्थ्यो अनि सब कुरा बिसिर्थे । आफन्त साथी, इष्टमित्रले फोन गर्नु हुन्थ्यो, ‘न आत्तिउ है, केही हुन्न ।’ यही शब्दले पनि धेरै सान्त्वना दिने गर्थ्यो । अनि आफूलाई त्यति गाह्रो अस्पताल बस्नुपर्ने अवस्था पनि त छैन किन आत्तिएको होला जस्तै लाग्थ्यो ।

मलाई गाह्रो भनेको कहिलेकाही ज्वरो आएको जस्तो महसुस हुन्छ । तर, ज्वरो चेक गर्दा ९३–९४ डिग्री हुन्छ । शरीर अलि कमजोर भएको जस्तो हुन्छ, शरीरमा अलिअलि दुखाईको महसुस हुन्छ । तर, त्यस्तो आत्तिनु पर्ने पनि छैन । तर, मलाई धेरै गाह्रो भएन भनेर हेलचेक्र्याई पनि त गर्न भएन । डाक्टरको अनुसार सिटी लेबल पनि आशा लाग्दो छ । त्यस्तो आत्तिनु पर्ने पनि छैन ।

अहिले खानेकुरालाई बढी फोकस गरेकी छु । तातोपानी २–३ लिटर खाने गर्छु, भिटामिनहरू बी, सी, डी र बी कम्प्लेक्स खाएको छु । दिनमा ३–४ पटक ज्वरो चेक गर्छु । दिनमा २ पटक बाफ लिन्छु । प्रोटिनयुक्त खानेकुरा खान्छु । केही गाह्रो होला जस्तो भए डाक्टरहरू सँग परामर्श लिइरहेकी छु । आशा छ, मेरो रिपोर्ट चाँडै नै नेगेटिभ आउने छ । सकेसम्म कोरोना लाग्न नदिउ लागि हालेमा सजक र सतर्क रहौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार