२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण बैदेशिक रोजगारमा गएकाहरुको घरबार बिग्रन्छ

८ कार्तिक २०७७, शनिबार ०६:३४

वीरबल खड्का | हाम्रो समाजमा बैदेशिक रोजगारमा गएका अधिकाँश श्रीमानका, श्रीमतिलाई हेर्ने गलत सामाजिक दृष्टिकोण र एक्लोपनको फाईदा लुट्न खोज्नेहरुनै सम्बन्ध बिच्छेद र बिभिन्न अपराधिक घटनादेखि ह'त्या,आत्म'हत्या घटाउन बढि जिम्मेवार छन् । 

वैदेशिक रोजगारको सबैभन्दा ठुलो समस्या आज परिवार, समाजभित्रै श्रीमान बिदेश छ भन्ने थाहा पाएपछी तिनीहरुका श्रीमतिलाई हेर्ने दृष्टिकोण, चिन्तन र व्यबहार निन्दनीय छ, यसले कसलाई कति खेर कहाँ  दुर्घटना निम्ताउने हो, पत्तो हुदैन,  ताकी यसमा कुनै महिला कुनै सरकारी कामले कुनै कार्यालय पुग्दा केही त्यस्ता खराब कर्मचारीले गर्ने व्यबहार, नानी बाबुको पढाईको लागि विद्यालय पुग्दै गर्दा खराब नजरका शिक्षकले गर्ने व्यवहार तथा यदी आफु पढ्ने रहिछन् भन्ने पनि क्यापसका गलत व्यवहार भएका प्रध्यापक बाट, भनौ यहाँ त यात्रामा कतै जाँदै गर्दा गाडी स्टाफले गर्ने व्यवहार यस्तै पैसाको कुनै कारोबार गर्न बैंक तथा एजेन्सीमा पुग्दै गर्दा गलत मानसिकता भएका त्यस्तै मानिसहरुले गरिने व्यवहार बढि जिम्मेवार छ जुन कुरा विभिन्न समाचार तथा सामाजिक सञ्जालमा देख्न पढ्न र सुन्न पाईएको छ । यसमा मैले धारणा राख्दै गर्दा सबै दोष उनीहरुकै मात्र छ भन्ने पनि हैन केही दोष महिलाको पनि छ । तर उनीहरु आफ्नो कामसंग सम्बन्धीत भएकाले गर्दा धेरैले तत्कालै बिरोध गरीहाल्न तथा सामाजिक डरमा पर्ने गर्छन् र व्यक्त गर्न नसक्ने अवस्था रहन्छ र त्यसको फाइदा उठाउनमा त्यस्ता गलत व्यक्ति सक्रिय हुने गर्छन् र प्रभाबमा पार्ने गर्छन् । साथै आज भोलीका समाचारमा त समाजका नाम चलेका समाजसेवी नेताबाट पनि गलत व्यवहार हुने गरिएका समाचार धेरै छन् । जुन कुरा उनीहरुको एक्लोपनको फाईदा उठाउने खराब मानसिकता बोक्नेहरु बढि जिम्मेवार छन् ।

तसर्थ सज्जन भन्दा पनि गलतको सञ्जाल बढ्दै गरेको हाम्रो जस्तो समाजले हेर्ने दृष्टि गलत भएकाले गर्दा समाज भित्र महिलाहरु सुरक्षित छैनन, कुनै न कुनै बहानामा मोवाईल फोन  ईटरनेटको गलत प्रयोग गरेर मानसिक तथा शारिरीक तबरबाट सताउनेहरुको कमी यो समाजमा छैनन्, यस्ता असुरक्षित ब्यबहारले कुनै न कुनै तबरबाट कतिपयलाई प्रभाबमा पारेर होस वा थोरै बलजफति गलत नजरले हेर्ने र व्यवहार गर्ने गलत संस्कार बिकास हुदै छ । जसले गर्दा हाम्रो समाज तथा परिवारमा (पारिवारिक र सामाजिक कलह) बढेको छ । बैदेशिक रोजगारमा जानेहरुको परिवारिक मनमुटाब बढ्नु तथा आपसी तिक्तता केवल सम्बन्ध बिच्छेदले मात्र टुंगिएको छैन । कतिको आवेशमा आएर गम्भीर घटना भएर ह'त्या, आत्मह'त्या गर्ने देखि कतिको दैनिक झगडा हुने गरेको छ । यस्तै घटना पछील्लो समयमा झापामा भर्खर बिदेसबाट आएका मनिसले आफ्नी एक छोरीकि आमा समेत भैसकेकी २४ बर्षीय श्रीमतिसँग लामो समयपछी भेट हुँदा पनि मिलन । एकाएक  बिभिन्न बिषयमा दिनानुदिन बिबाद बढ्दै गएपछी झगडा हुने र उत्त झगडाको तनाब सहन नसकेर माईत पुगेकी महिलालाई पुन: फेरी माईती पक्षले घर गरि खानु पर्ने दबाबको बीचमा श्रीमानको घर पठाउदा आफ्नै श्रीमानले ह'त्या गरेको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनिएको छ । यो त एउटा प्रतिनिधी घटना मात्र हो, यस्ता कति घटना दिनै पिच्छे धेरै घट्ने गरेका छन् । तसर्थ कसरी यस्ता घटनाबाट परिवार तथा समाज सुरक्षित गर्ने हो भन्ने अहिलेको सबैभन्दा चिन्ताको बिषय भएर आएको छ।

यसरीनै नेपालीहरुको पर निर्भरताले धेरैजसो बैदेशिक रोजगारमै छन् । तसर्थ यस्तै शैलीका व्यबहारले धेरैको घर व्यवहार उजाडीएको छ । कतिका श्रीमतिले बुढाले कमाएको सारा धन सम्पती लिएर अर्कैसँग जाने कतिको व्यबहारीक  भन्दा पनि बिलासीतामा पैसा सकिदिने जस्ता व्यवहार, कतिले श्रीमति बिदेश पठाउने र पछी फर्केपछी भने श्रीमानले गलत तरिकाले हेर्ने तथा गलत व्यवहार गर्ने प्रवृत्ती समाजमा धेरै छ । तसर्थ हामीले सिर्जना गर्दै गरेको व्यवहार र शैलीले बिकास गरेको चिन्तन र व्यबहारले सिङ्गो समाजनै तहसनहसको बाटो तर्फ लाग्दै छ । तसर्थ समयमै बैदेशिक रोजगारीले बढाएको सम्बन्ध बिच्छेद तथा अपराध प्रती सचेत हुनुपर्ने र स्पष्ट कानुन नियम बनाएर कडा कार्बाही गर्ने तथा सामाजीक रुपमा जागरण सचेतना तथा सरकारी तबरबाटै अनुगमन र कडाई गर्नुपर्ने जरुरी भएको छ ।

- धनकुटा हाल: दोहा कतार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य