२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण बैदेशिक रोजगारमा गएकाहरुको घरबार बिग्रन्छ

२०७७, ८ कार्तिक शनिबार ०६:३४

वीरबल खड्का | हाम्रो समाजमा बैदेशिक रोजगारमा गएका अधिकाँश श्रीमानका, श्रीमतिलाई हेर्ने गलत सामाजिक दृष्टिकोण र एक्लोपनको फाईदा लुट्न खोज्नेहरुनै सम्बन्ध बिच्छेद र बिभिन्न अपराधिक घटनादेखि ह'त्या,आत्म'हत्या घटाउन बढि जिम्मेवार छन् । 

वैदेशिक रोजगारको सबैभन्दा ठुलो समस्या आज परिवार, समाजभित्रै श्रीमान बिदेश छ भन्ने थाहा पाएपछी तिनीहरुका श्रीमतिलाई हेर्ने दृष्टिकोण, चिन्तन र व्यबहार निन्दनीय छ, यसले कसलाई कति खेर कहाँ  दुर्घटना निम्ताउने हो, पत्तो हुदैन,  ताकी यसमा कुनै महिला कुनै सरकारी कामले कुनै कार्यालय पुग्दा केही त्यस्ता खराब कर्मचारीले गर्ने व्यबहार, नानी बाबुको पढाईको लागि विद्यालय पुग्दै गर्दा खराब नजरका शिक्षकले गर्ने व्यवहार तथा यदी आफु पढ्ने रहिछन् भन्ने पनि क्यापसका गलत व्यवहार भएका प्रध्यापक बाट, भनौ यहाँ त यात्रामा कतै जाँदै गर्दा गाडी स्टाफले गर्ने व्यवहार यस्तै पैसाको कुनै कारोबार गर्न बैंक तथा एजेन्सीमा पुग्दै गर्दा गलत मानसिकता भएका त्यस्तै मानिसहरुले गरिने व्यवहार बढि जिम्मेवार छ जुन कुरा विभिन्न समाचार तथा सामाजिक सञ्जालमा देख्न पढ्न र सुन्न पाईएको छ । यसमा मैले धारणा राख्दै गर्दा सबै दोष उनीहरुकै मात्र छ भन्ने पनि हैन केही दोष महिलाको पनि छ । तर उनीहरु आफ्नो कामसंग सम्बन्धीत भएकाले गर्दा धेरैले तत्कालै बिरोध गरीहाल्न तथा सामाजिक डरमा पर्ने गर्छन् र व्यक्त गर्न नसक्ने अवस्था रहन्छ र त्यसको फाइदा उठाउनमा त्यस्ता गलत व्यक्ति सक्रिय हुने गर्छन् र प्रभाबमा पार्ने गर्छन् । साथै आज भोलीका समाचारमा त समाजका नाम चलेका समाजसेवी नेताबाट पनि गलत व्यवहार हुने गरिएका समाचार धेरै छन् । जुन कुरा उनीहरुको एक्लोपनको फाईदा उठाउने खराब मानसिकता बोक्नेहरु बढि जिम्मेवार छन् ।

तसर्थ सज्जन भन्दा पनि गलतको सञ्जाल बढ्दै गरेको हाम्रो जस्तो समाजले हेर्ने दृष्टि गलत भएकाले गर्दा समाज भित्र महिलाहरु सुरक्षित छैनन, कुनै न कुनै बहानामा मोवाईल फोन  ईटरनेटको गलत प्रयोग गरेर मानसिक तथा शारिरीक तबरबाट सताउनेहरुको कमी यो समाजमा छैनन्, यस्ता असुरक्षित ब्यबहारले कुनै न कुनै तबरबाट कतिपयलाई प्रभाबमा पारेर होस वा थोरै बलजफति गलत नजरले हेर्ने र व्यवहार गर्ने गलत संस्कार बिकास हुदै छ । जसले गर्दा हाम्रो समाज तथा परिवारमा (पारिवारिक र सामाजिक कलह) बढेको छ । बैदेशिक रोजगारमा जानेहरुको परिवारिक मनमुटाब बढ्नु तथा आपसी तिक्तता केवल सम्बन्ध बिच्छेदले मात्र टुंगिएको छैन । कतिको आवेशमा आएर गम्भीर घटना भएर ह'त्या, आत्मह'त्या गर्ने देखि कतिको दैनिक झगडा हुने गरेको छ । यस्तै घटना पछील्लो समयमा झापामा भर्खर बिदेसबाट आएका मनिसले आफ्नी एक छोरीकि आमा समेत भैसकेकी २४ बर्षीय श्रीमतिसँग लामो समयपछी भेट हुँदा पनि मिलन । एकाएक  बिभिन्न बिषयमा दिनानुदिन बिबाद बढ्दै गएपछी झगडा हुने र उत्त झगडाको तनाब सहन नसकेर माईत पुगेकी महिलालाई पुन: फेरी माईती पक्षले घर गरि खानु पर्ने दबाबको बीचमा श्रीमानको घर पठाउदा आफ्नै श्रीमानले ह'त्या गरेको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनिएको छ । यो त एउटा प्रतिनिधी घटना मात्र हो, यस्ता कति घटना दिनै पिच्छे धेरै घट्ने गरेका छन् । तसर्थ कसरी यस्ता घटनाबाट परिवार तथा समाज सुरक्षित गर्ने हो भन्ने अहिलेको सबैभन्दा चिन्ताको बिषय भएर आएको छ।

यसरीनै नेपालीहरुको पर निर्भरताले धेरैजसो बैदेशिक रोजगारमै छन् । तसर्थ यस्तै शैलीका व्यबहारले धेरैको घर व्यवहार उजाडीएको छ । कतिका श्रीमतिले बुढाले कमाएको सारा धन सम्पती लिएर अर्कैसँग जाने कतिको व्यबहारीक  भन्दा पनि बिलासीतामा पैसा सकिदिने जस्ता व्यवहार, कतिले श्रीमति बिदेश पठाउने र पछी फर्केपछी भने श्रीमानले गलत तरिकाले हेर्ने तथा गलत व्यवहार गर्ने प्रवृत्ती समाजमा धेरै छ । तसर्थ हामीले सिर्जना गर्दै गरेको व्यवहार र शैलीले बिकास गरेको चिन्तन र व्यबहारले सिङ्गो समाजनै तहसनहसको बाटो तर्फ लाग्दै छ । तसर्थ समयमै बैदेशिक रोजगारीले बढाएको सम्बन्ध बिच्छेद तथा अपराध प्रती सचेत हुनुपर्ने र स्पष्ट कानुन नियम बनाएर कडा कार्बाही गर्ने तथा सामाजीक रुपमा जागरण सचेतना तथा सरकारी तबरबाटै अनुगमन र कडाई गर्नुपर्ने जरुरी भएको छ ।

- धनकुटा हाल: दोहा कतार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना