२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनियूक्त प्रधानमन्त्री कमरेड प्रचण्डलाई प्रवासबाट चिट्ठी

२०७३, १९ श्रावण बुधबार १८:४०

सम्माननिय नवनियूक्त प्रधानमन्त्री कमरेड प्रचण्ड ज्यू नमस्ते !

देशको लागि नयाँ प्रधानमन्त्री बन्नुभएकोमा प्रवासबाट नै भएपनि हार्दिक बधाई तथा शूभ-कामना ।

म तपाईको कार्यकर्ता त होईन र म राजनितिमा अन्धों पनि छैन । तर देशको लागि राम्रो काम गर्छ भने त्यो जूनसूकै पार्टीको नेता भएपनी म उसको प्रसंसा गर्न पछि पर्दिन। तपाईले जूनदिन खुला मन्चबाट भारतीय नेताकै अगाडि 'हामी कसैको एसमेन बन्दैनौ' भन्दा मेरो छाती गर्बले फूलेको थियो ।

घरपरिवारसँग छूट्टिएर प्रदेशमा बस्नूको पिडा सायद तपाईलाई थाहा छैन । म अहिल खाडि मूलूकमा त होईन तर अनुमान गर्न सक्छू त्यो खाडिको ५० डिग्रीको घाममा काम गर्दा कस्तो हून्छ । म आफू अर्काको देशमा बेचिन बाध्य युवा जो नेपालीको लागि राम्रो देश मानिने एउटा प्रवासमा दिनभरिको कलेज अनि रातको कामले लखतरान भएको मेरो यो शरीर बिच्छाउनामा पल्टिन खोज्दा खै किन-किन यो मनले मानेन र आज तपाइँ प्रधानमन्त्री बनेकै दिन यो पत्र कोर्दैछू। 

हून त यो पत्रले तपाईलाई केहि प्रभाव पार्छ जस्तो त मलाई लाग्दैन किनभने तपाईले यहि कूर्सि र पावरमा पूग्नको लागि १० औँ हज़ार सोझा-साझा ग़रीब निमूखा जनताको बलि दिनूभएको थियो भन्ने कूरा इतिहासको पाना पल्टाउने हो भने छर्लङ देखिन्छ । ति लासहरूका हाडखूर अझै गलेका छैनन् कमरेड  ! नपत्याए गएर हेर्नूस् त्यो जंगलमा जहाँ तपाईहरूले सयौँलाई जिउदै पूर्नुभएको थियो । खयर केहि छैन मान्छे चपाउने बानी परेकाहरुलाई यस बिषयमा सम्झाएर मेरो पत्रलाई अझ लामो बनाउन म चाहंदीन 

त्यसैले प्रसंग बदलौं  

अनि प्रधानमन्त्रीज्यू ! के छन् त तपाईको भावी योजना ? के बनाउनू हून्छ त अब देशलाई ? स्विजरल्याण्ड त बनाई सक्नू भएको हो क्यारे ! हून त म्यादि सरकार होरे भन्ने सुनेको छू । ९ महिने जागिर जस्तो पनि होला । 

प्रधानमन्त्री ज्यूँ म तपाईलाई तपाईको पार्टीले द्वन्दकालमा भनम् कि नेपाललाई स्विजरल्याण्ड बनाउनको लागि भनम् जे भनेपनि त्यति बेला देशमा कतिको रडाको मच्चाएको थियो । त्यो त मलाई याद छैन किनकि त्यतिखेर म त सानै थिएँ । तर मेरो त्यो बाल मानसपटलमा परेको तपाई र तपाईको पार्टीप्रतिको छाप आज सूनाउछू ।

जून घट्ना मेरो गाउँमा घटेको थियो । मलाई राम्रोसँग याद छ ति दिनहरू दसैँको रौनक़ सकेर दिपावलिको स्वागतमा लागेको बेला, फूलहरूले यत्रतत्र सुगन्ध फैलाईरहेको बेला, परदेशि पनि घर सम्झेर फर्केका बेला तपाईको पार्टीका मान्छेहरू आएर बिभिन्न डर धम्कि र प्रलोभन देखाई गाउँनै ख़ालि पारेर जबर्जस्ती तपाईको झण्डा बोकाई आन्दोलनमा लगेको । अझै अलिकति बाङ्गै छ तपाईका मान्छेले राति मेरो घरभित्र छिर्न फोडेको झ्याल । अझै सम्झना छ, त्यो कालो दिन आफ्नो आमाको किरिया बसेको छोरा तपाईको आन्दोलनमा सरिक भएन भनेर किरिया बसेको ठाउँबाट थूतेर लगि घाटि सेरेर मारेको । अनि ताज़ै छ त्यो घटना । गाउँको एउटा सोझो ग़रीबलाई सूराकिको बिल्ला भिराएर सात दिनसम्म केहि खान नदिई रूखमा बाधेर गोलि ठोकेको । प्रधानमन्त्रीज्यूँ यो त सानो उदाहरण पस्कने जमर्को मात्र गरेको हूँ । त्यतीखेर तपाईहरूले गरेको ज्यादति सम्झने हो भने अहिले पनि कहालि लाग्छ । त्यसैले यस प्रसँगलाइ पनि सुरुवातमै बन्द गरिदिएँ । किनकी अझै धेरै सुनाएर तपाइँको नवनियुक्तिलाई तितो पार्न म चाहँदिन । रमाइलो गर्नुस् । 

प्रधानमन्त्री ज्यूँ, यो पत्रमा माथिको छोटो प्रसँग सूनाउनूको कारण तपाई फेरि त्यो कूर्सि र पावरमा पूग्नू भएको छ । फेरि तपाईलाई एक पटक समयले फर्केर हेरेको छ । मौक़ा आएको छ, आफ्नो गल्तिको पश्चाताप गर्ने। सक्नूहून्छ भने गएर पूछिदिनूस् ति बूढि आमाको बर्षौँदेखि आफ्नो छोरालाई सम्झेर बगाएका ति बलिन्द्र धारा आँशु जस्को छोरालाई तपाईहरूले जबर्जस्ति आन्दोलनमा लाँदा शहीद बनेका थिए । अनि तपाईहरूले गोलि ठोकि मारेका ति गरिबका छोराछोरी र विवाह मण्डपबाटै सिउदो उजाडिएको ति एकल महिलाको कहालि लाग्दो जीवनको अध्ययन गर्नूस् । अनि यता साउदि अरबमा ५० डिग्रीको घाममा ज्यानको बाजि राखेर काम गर्दै गरेको त्यो श्यामेको बारेमा पनि बूझ्नूस । तपाईमा अलिकति पनि जनताको मायाँ छ भने ९ महिना सानो  अबधि पक्कैपनि  हैन गरेर देखाउनुस र आफ्नो कलंक सफा पार्नुस् । अन्यथा आज जे हुनुहुन्छ भोलि त्यो पनि सकिएपछी तपाइँको परिचयनै गुम्ने डर मलाई छ  

यतिकैमा कलम बन्द गर्न बाध्य छु प्रधानमन्त्री ज्यु । किनकी १८ घण्टा मरिमेटेर प्रदेशमा केहि कमाउने र देशलाई जेनतेन निर्भर बनाउने कर्तब्यमा तल्लिन छु, त्यसैले मेरो समय निकै महत्वपूर्ण छ

हवस् त अहिलेलाई कलम बन्द गर्ने अनूमति चाहान्छू। 

जय देश,


- दिनेस सिलवाल ( सलाङ, धादिङ ) 

हाल : टोकियो जापान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना