जिएन पाण्डे | मुलुकमा प्रजातन्त्र ल्याउन होस, निरङ्कुश पन्चायती ब्यवस्था अन्त्य गरेर बहुदलीय ब्यवस्था ल्याउन होस या त एकात्मक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिएन पाण्डे | मुलुकमा प्रजातन्त्र ल्याउन होस, निरङ्कुश पन्चायती ब्यवस्था अन्त्य गरेर बहुदलीय ब्यवस्था ल्याउन होस या त एकात्मक"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

४५ काटेकाहरुले ‘विद्यार्थी नेता हुँ’ भन्ने प्रबृतिको अन्त्य होस

२५ श्रावण २०७३, मंगलवार ०१:१२

जिएन पाण्डे | मुलुकमा प्रजातन्त्र ल्याउन होस, निरङ्कुश पन्चायती ब्यवस्था अन्त्य गरेर बहुदलीय ब्यवस्था ल्याउन होस या त एकात्मक राजतन्त्रलाई पाखा लगाएर लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न होस, विद्यार्थीहरुको सर्वश्रेष्ठ भुमिका रहेको थियो । तर अहिले आएर त्यसताका विद्यार्थीहरुलाइ हतियारको रुपमा प्रयोग मात्र गरेको जस्तो प्रवृत्ति सरकार र पार्टीकेन्द्रबाट देखिन्छ । किनकी विद्यार्थीहरुको हक, हित र नेतृत्व लाई पैतालामुनी राख्यो राजनीतिक दलहरुको केन्द्रीकृत मनोवृत्तिले । विद्यार्थी संगठन हरुका हरेक मुद्दामा पार्टी हस्तक्षेप गरियो ।

विद्यार्थी संगठन हरुलाइ राजनितिक दलहरूद्वारा आफ्नो भातृ संगठन नभएर आफ्नो सिंढिको रुपमा प्रयोग गरियो । भातृसंगठनमा रहेर विद्यार्थी नेतृत्व र स्वच्छ राजनितिक भबिस्यको अनि शैक्षिक उन्नतिको लागि मेहनत र समय दिने विद्यार्थीहरुको सपनाको घाँटी थिचियो पार्टीको केन्द्र बाट । अन्त्यमा देशका होनहार विद्यार्थी  कोहि बाबू बाजेको पेशामा फर्केर हलो कोदालो समात्नु पर्यो कोहि पासपोर्ट बनाएर खाडी मुलुकको तातो मरुभूमिमा बिलिन हुनुपर्यो । आफ्नो भबिस्य र नेतृत्व को अवसर कुरेर बस्नेहरु ४० र ४५ बर्ष उमेर पुग्दा पनि अझै झिनो आशा बोकेर विद्यार्थी हुँ भन्न विवश छन ।

अब विद्यार्थीहरुले सोच्नु पर्ने, बुझ्नु पर्ने अनि गर्नु पर्ने दिन आइसकेको छ । मुलुक संक्रमणकाल बाट बाहिर निस्किने  अवस्थामा छ । अबका दिनहरूमा सडकमा निस्किएर ढुङ्गामुढा गर्ने, टायर बाल्ने, शैक्षिक संस्था बन्द गर्नु पर्ने आवस्यकता छैन त्यसैले अब शिक्षामा सुधार, शैक्षिक क्षेत्रमा सहि सिस्टम ल्याएर विद्यार्थी संगठन हरुलाइ पर्टिको हस्तक्षेप मुक्त बनाउनु पर्दछ । अबका दिनहरुमा विद्यार्थी र विद्यार्थी संगठन हरुले पार्टीकेन्द्रको इसारामा कसैको ब्यक्तिगत र पार्टीगत स्वार्थपुर्तिको लागि नभएर मुलुकभर स्वतन्त्रतापुर्वक व्यवसायिक शिक्षा र उद्दमशिल ब्यक्तित्वको विकास गर्नु पर्दछ । विद्यार्थीहरुले देशमा सिर्जनात्मक र प्रगतिशिल जनशक्ति निर्माण गरेर शैक्षिक साथै आर्थिक क्रान्तिमा होमिनुको विकल्प छैन । विद्यार्थीहरुले कापी पुस्तक थन्क्याएर कुनै मेनपावर मार्फत आफ्नै पैसामा बेचिएर युवा अवस्थाको अमुल्य समय र शक्ति अनि श्रम अर्काको मुलुकको उन्नतिमा सुम्पिनु नपरोस ।

विद्यार्थी संगठनहरुको नेतृत्व गर्नको लागि निस्चित उमेर हद तोकेर विसुद्द विद्यार्थी हुनुपर्ने ब्यवस्था लागू गर्नु पर्दछ जसले गर्दा विद्यार्थीहरुको मुद्दा सम्बन्धित ठाउँमा पुगोस र कुनै पनि शक्तिले विद्यार्थी र विद्यार्थी संगठनलाई आफ्नो गुलाम बनाउन नसकोस ।

- (लेखक राष्ट्रिय युवा अभियान, कपिलवस्तुका जिल्ला संयोजक हुन्) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै