जिएन पाण्डे | मुलुकमा प्रजातन्त्र ल्याउन होस, निरङ्कुश पन्चायती ब्यवस्था अन्त्य गरेर बहुदलीय ब्यवस्था ल्याउन होस या त एकात्मक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिएन पाण्डे | मुलुकमा प्रजातन्त्र ल्याउन होस, निरङ्कुश पन्चायती ब्यवस्था अन्त्य गरेर बहुदलीय ब्यवस्था ल्याउन होस या त एकात्मक"/>
२०८२, १७ फाल्गुन आईतवार
काठमाडौँ - KTM

४५ काटेकाहरुले ‘विद्यार्थी नेता हुँ’ भन्ने प्रबृतिको अन्त्य होस

२०७३, २५ श्रावण मंगलवार ०१:१२

जिएन पाण्डे | मुलुकमा प्रजातन्त्र ल्याउन होस, निरङ्कुश पन्चायती ब्यवस्था अन्त्य गरेर बहुदलीय ब्यवस्था ल्याउन होस या त एकात्मक राजतन्त्रलाई पाखा लगाएर लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न होस, विद्यार्थीहरुको सर्वश्रेष्ठ भुमिका रहेको थियो । तर अहिले आएर त्यसताका विद्यार्थीहरुलाइ हतियारको रुपमा प्रयोग मात्र गरेको जस्तो प्रवृत्ति सरकार र पार्टीकेन्द्रबाट देखिन्छ । किनकी विद्यार्थीहरुको हक, हित र नेतृत्व लाई पैतालामुनी राख्यो राजनीतिक दलहरुको केन्द्रीकृत मनोवृत्तिले । विद्यार्थी संगठन हरुका हरेक मुद्दामा पार्टी हस्तक्षेप गरियो ।

विद्यार्थी संगठन हरुलाइ राजनितिक दलहरूद्वारा आफ्नो भातृ संगठन नभएर आफ्नो सिंढिको रुपमा प्रयोग गरियो । भातृसंगठनमा रहेर विद्यार्थी नेतृत्व र स्वच्छ राजनितिक भबिस्यको अनि शैक्षिक उन्नतिको लागि मेहनत र समय दिने विद्यार्थीहरुको सपनाको घाँटी थिचियो पार्टीको केन्द्र बाट । अन्त्यमा देशका होनहार विद्यार्थी  कोहि बाबू बाजेको पेशामा फर्केर हलो कोदालो समात्नु पर्यो कोहि पासपोर्ट बनाएर खाडी मुलुकको तातो मरुभूमिमा बिलिन हुनुपर्यो । आफ्नो भबिस्य र नेतृत्व को अवसर कुरेर बस्नेहरु ४० र ४५ बर्ष उमेर पुग्दा पनि अझै झिनो आशा बोकेर विद्यार्थी हुँ भन्न विवश छन ।

अब विद्यार्थीहरुले सोच्नु पर्ने, बुझ्नु पर्ने अनि गर्नु पर्ने दिन आइसकेको छ । मुलुक संक्रमणकाल बाट बाहिर निस्किने  अवस्थामा छ । अबका दिनहरूमा सडकमा निस्किएर ढुङ्गामुढा गर्ने, टायर बाल्ने, शैक्षिक संस्था बन्द गर्नु पर्ने आवस्यकता छैन त्यसैले अब शिक्षामा सुधार, शैक्षिक क्षेत्रमा सहि सिस्टम ल्याएर विद्यार्थी संगठन हरुलाइ पर्टिको हस्तक्षेप मुक्त बनाउनु पर्दछ । अबका दिनहरुमा विद्यार्थी र विद्यार्थी संगठन हरुले पार्टीकेन्द्रको इसारामा कसैको ब्यक्तिगत र पार्टीगत स्वार्थपुर्तिको लागि नभएर मुलुकभर स्वतन्त्रतापुर्वक व्यवसायिक शिक्षा र उद्दमशिल ब्यक्तित्वको विकास गर्नु पर्दछ । विद्यार्थीहरुले देशमा सिर्जनात्मक र प्रगतिशिल जनशक्ति निर्माण गरेर शैक्षिक साथै आर्थिक क्रान्तिमा होमिनुको विकल्प छैन । विद्यार्थीहरुले कापी पुस्तक थन्क्याएर कुनै मेनपावर मार्फत आफ्नै पैसामा बेचिएर युवा अवस्थाको अमुल्य समय र शक्ति अनि श्रम अर्काको मुलुकको उन्नतिमा सुम्पिनु नपरोस ।

विद्यार्थी संगठनहरुको नेतृत्व गर्नको लागि निस्चित उमेर हद तोकेर विसुद्द विद्यार्थी हुनुपर्ने ब्यवस्था लागू गर्नु पर्दछ जसले गर्दा विद्यार्थीहरुको मुद्दा सम्बन्धित ठाउँमा पुगोस र कुनै पनि शक्तिले विद्यार्थी र विद्यार्थी संगठनलाई आफ्नो गुलाम बनाउन नसकोस ।

- (लेखक राष्ट्रिय युवा अभियान, कपिलवस्तुका जिल्ला संयोजक हुन्) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला