२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वैदेशिक रोजगार व्यवसायी छन् है कम्पनी नवीकरणकै पीडामा’

२४ जेष्ठ २०७८, सोमबार ०८:०१

गीत 

वै. रो. व्यवसायी छन् है, सय पठाउन नसकेकै पीडामा ।

एउटा राम्रो नेता चाहियो है, आठ सय चउन्नकै  भिडमा।।

बाचे घुमौंला है, सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है, हतार।।


बाँचेका भए पक्कै पार लाउथे होला अध्यक्ष  गैरेले ।

त्यस्को ठाउँमा खै को नै जन्मेला है अब ऐले।।

बाचे घुमौंला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।


एक सयको सिन्डिकेट बनाइ दिए वै. रो. मन्त्री बिष्ट राजाले।

सबै व्यवसायीहरु मुन्टो निहुराउदैछन् कम्पनी नवीकरण नहुने लाजले।।

दु:ख पाइस मंगले के गर्छ्स आफनै ढंगले।

करोडौंको धरौटी र वार्षिक एक सय अनिवार्य पठाउनु पर्छ भनि लेखेर दियो भन्छन् आफ्नै संघले।।

यो समस्याको पक्कै  समाधान  होला है अध्यादेशका धाराले।

व्यवसायीहरु चुपचाप बसेर के नवीकरण होला त यस्तो पाराले।।

बाचे घुमौ ला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।


सबैलाई छोयो भन्छन्  बजेटले वै.. रो लाई किन छोएन!

रेमिटेन्स बिना देश चल्दैन भन्छ सरकार तर यिनको ध्यान किन त्यता गएन!!

साह्रै सकारात्मक सोचका छन् रे विभागका डि जि, सचीव र मन्त्री ।

पक्कै तिमीहरूको कम्पनी नवीकरण हुन्छ भनि कसैले पधेरा भन्थि ।।

बाचे घुमौंला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।


पापी कोरोनाले बर्बाद बनायो घरमै थुनी राखेर।

बसेका छन् वै. रो. व्यवसायी घरभित्रै श्री उनै श्री पशुपतिनाथलाई नै भाकेर।।

आनन्दले पेसा गर्नुस् भन्थे प्र. म. ले तरकारी वाली र मेनपावर वाली।

 उनै प्र. म सत्तामा छन्  पक्कै नवीकरण त गरिदेला नि त है यसपाली।।


कहिले काहीँ  विज्ञप्ति निकाल्दैछन्  पूर्व अध्यक्ष जू बेलालामा।

अहिले पछुताएर के गर्नु यस्तो बनाए हुन्छ भनि सहमति दिए आफ्नै पालामा।।

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो हतार।।


वै. रो भित्र छन् है धेरै  विभिन्न आस्थाका घटक ।

सबै मिलेर समस्याको समाधान निकाल्न अनुरोध छ है फेरि एकपटक।

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।


किन चुपचाप बसेको छ है अहिले  हाम्रो वै रो संघ।

सबै समस्याको समाधान निकालोस है बेलैमा निकालेर ढंग।।

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।


सबै काम मिलाउछु भन्थे वै रो  लोकतान्त्रिक व्यवसायी एसोसिएसनका अध्यक्ष ढकाल ।

उनी पनि छन् है मातृ शोकमा माता जि को मृत्यु भएर अकाल।।

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।


सिन्डिकेट लगाउन पाइन्न भन्ने लेखेको छ भन्छन्  नेपालको संविधानमा।

किन त्यस्तो सिन्डिकेट बनाउने कुरा लेखियो त है फेरि  बिधानमा!

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।


राज कुमार कार्की 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार