२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘समयमै समस्याको समाधान होस श्रममन्त्री जू’

६ असार २०७८, आईतवार १०:३७

कविता 

सारै नै राम्रा छन् भन्छन् विमल प्रसाद श्रीवास्तव मन्त्री वै. रो।

वै. रो व्यवसायीहरुलाई आयो नवीकरण गर्न सयको संख्याको पहिरो।।


सारै नै राम्रा मिलन सार अनुभवी मन्त्री भएका छन् अहिले  वै. रो।

त्यसैले होला चारैतिर बाट आउँदैछ अब भन्छन् खुसीको ओइरो ।।


पक्कै पनि चारैतिर बाट खुसी आउँछ भन्दैछन् अब त  सयमा सय।

भन्दैछन् मन्त्री जू काम गरिदिन्छु संघ सँग सबै व्यवसायी मिलेर आउने भए।।


संघ सँग मिलेर सबै व्यवसायी गए तर गएन रे वै. रो प्रगतिशील मंच!

मेरो आफ्नै वादको प्र म छन् त्यसैले म आफै गरेर ल्याउछु भन्छ!


सबै नेपाली गरिब बराबर समान हुनुपर्छ भन्छ कि क्या हो साम्यवाद !

धनी हुन्छन् भन्ने डरले हो कि कोही विदेस जालस भन्छ चाडै  गर याद!


बजेट भन्दा बाहिर भए रे कुन्नि किन हो तरकारी वाली र मेनपावर वाली!

वैदेशिक रोजगारीलाई छोएन कस्तो अचम्मको बजेट आयो है यसपालि!


महिला वै रो व्यवसायीहरु पनि समस्या समाधान गराउन जागेका छन्  भन्छन् जहिले।

तिनले पनि प्रधानमन्त्री जू को ध्यानाकर्षण गराउदै निवेदन गरे भन्छन् सबले अहिले।


एकलौटी धरौटी बढाएर सयको सिन्डिकेट लगाइ दिए मन्त्री बिष्ट राजाले ।

तिनको पनि त मुल्यांकन गर्दैछ रे भन्छन् समय हिजोआजले।।


केही ठूला सिमित  व्यवसायीका मात्रै कुरा सुन्थे पहिलेका मन्त्री बिष्ट।

अहिलेका मन्त्री शालीन भद्र मिलनसार छन् लाग्छ आफ्नै जस्तै इष्ट।।


कोरोनाले थलापरेको छ वै रो व्यवसाय  फिर्ता पाउ नगद धरौटी।

राम्रो काम गरिदिनु होस् मन्त्री जू तपाईको नाउँ इतिहासले लेख्नेछ एकलौटी।।


वै रो संघले राम्रोसँग मन्त्री जू लाई बुझाएर दियो भन्छन् निवेदन।

मन्त्री जू भन्दै हुनुहुन्छ गरिदिन्छु काम पर्खिनु होस् दुइचार दिन।।


कस्तो गणतन्त्र आयो मन्त्री पनि जाँचमा फेल भए  ॠणात्मक सुन्नामा l

अनलाइन बाट पढाइ  गर्दैछन् रे फेरि मौका परिक्षा दिनलाई  सानो झुन्डमा!


परिक्षा चाहिँ साह्रै नै कडा लिनु हुन्छ भन्छन्  हाम्रा प्रधानमन्त्री  जू।

विद्यार्थीलाई मुस्किल पर्छ रे परिक्षामा मही पारेर निकाल्नलाई नौनी घिउ।।


कोरोनाको कहरले गर्दा सबै जनता सुत्केरी झैँ बस्दैछ्न् घर-घर।

रेमिटेन्स बिना गरिबको चिसो चुलो जल्दैन निर्णय दिन विलम्ब नगर।।


यसपाली सारै राम्रा छन्  रे वै रो बिभागका महानिर्देशक , सचिब र मन्त्री !

यो मेरो कुरा होइन पशुपतिनाथको मन्दिरमा कुनचाहिँले हो कुन्नि भन्थी।


सबैको ध्यान जाओस् एकपटक  कतारको मेडिकल गर्ने क्युभिसी तिर।

टेवल मुनि हात राखेर बसिरहन्छ  भन्छन् किन हो जहिल्यै  बरा!


धन्यवाद ।

राज कुमार कार्की 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार