साउन ३०, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोटहरु मर्न थाले पछि पर्बत देउपुरका किसान चिन्त्तीत भएका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रका रुपमा मानिएको देउपुरका प्राय सवै वडाहरुमा सुन्तलाका बोटहरु एकाएक मर्न थालेपछि कृषक चिन्तीत बनेका हुन ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोटहरु मर्न थाले पछि पर्बत देउपुरका किसान चिन्त्तीत भएका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रका रुपमा मानिएको देउपुरका प्राय सवै वडाहरुमा सुन्तलाका बोटहरु एकाएक मर्न थालेपछि कृषक चिन्तीत बनेका हुन ।
"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा अज्ञातरोगले सुन्तलाका बोट मर्न थाले

२०७३, ३० श्रावण आईतवार ०९:३२

साउन ३०, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोटहरु मर्न थाले पछि पर्बत देउपुरका किसान चिन्त्तीत भएका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रका रुपमा मानिएको देउपुरका प्राय सवै वडाहरुमा सुन्तलाका बोटहरु एकाएक मर्न थालेपछि कृषक चिन्तीत बनेका हुन ।

अज्ञात रोगको पहिचान नहुँदा कृषकहरु समस्यामा परेको शिक्षक भुमिराज शर्माले जानकारी दिए । रोगका कारण नयाँ तथा पुराना विरुवाहरु धमाधम मर्दै जान थालेपछि कृषकहरु चिन्तीत भएको उनले बताए । माछापुच्छ्रे कृषि सुन्तला सहकारीका अध्यक्ष दाताराम चापागाईले सुन्तलाको रोगको घरेलु उपचार गरेपनि समस्या समाधान नभएको बताए।  आम्दानीको मुख्य श्रोत नै सुन्तला रहेको भन्दै कृषकहरुले समस्या समाधान गरिदिन आग्रह गरेका छन् । देउपुरमा व्यवसायिक खेती गर्ने कृषकहरुको संख्या २ सयको हाराहारीमा रहेका छन् । सुन्तला वेचेर देउपुरका कृषकहरुले वर्षमा १ करोड रुपैयाँ भित्राउने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले सुन्तलामा लागेको रोगको निधान गर्नको लागि आफुले कर्मचारी खटाउने तयारी गरेको बताए । उनले प्राविधिक टोलीलाई उक्त क्षेत्रमा पठाई स्याम्पल लिने र काठमाडौ पठाउने तयारी गरिहरको जानकारी दिए । काठमाडौं स्याम्पल पठाएपछि मात्रै रोगबो बारेमा थाहा हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना