सोनु कुमार सुनार | (प्युठान धर्मावति घर भएका मिनराज भण्डारी साउदीमा बैदेशिक रोजगारमा कार्यरत छन । त्यँहा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोनु कुमार सुनार | (प्युठान धर्मावति घर भएका मिनराज भण्डारी साउदीमा बैदेशिक रोजगारमा कार्यरत छन । त्यँहा का"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

साउदीबाट मिनराज भण्डारी भन्छन्- नेताज्यु विदेशमा आएर भाषण मात्र किन ?

३० श्रावण २०७३, आईतवार १४:०५

सोनु कुमार सुनार | (प्युठान धर्मावति घर भएका मिनराज भण्डारी साउदीमा बैदेशिक रोजगारमा कार्यरत छन । त्यँहा कार्यरत रहँदा उनले दिन दहाडै नेपाली युवाहरु को हत्या भएको, विचल्लीमा परेको , जेल परेको र अनेक दुख झेलेको आफ्नै आँखाले प्रत्यक्ष देखिरहेका छन । रोजीरोटीको खोजीमा त्यँहा पुगेका भण्डारी आफ्नो सपना पुरा हुनेमा ढुक्क छैनन बरु कहिले कुन समस्यामा अल्झिनूपर्नेहो भन्ने त्रास मा काम गरिरहेका छन । अर्कातिर विदेशमा नेपालका पार्टीका संगठक हरु जाने र लम्बेतान राजनितीक भाषण गरेको सुन्दा उनलाई निकै दुख लाग्ने गर्दछ । उनी भन्छन हामीलाई राजनितीक भाषण होइन अलपत्र युवा हरुको उद्धार र देश भित्रै रोजगारीको अवसर चाहियो । यही असन्तुष्टीलाई उनी आफ्नै शव्दमा व्यक्त गरेका छन र खाडीबाट नेपालका  नेताहरुलाई केही भन्न खोजेका छन । )

– नेपाली युवा हरु लाइ पार्टी हरुले राजनीति को हतियार बनाइरहेका छन । आज किन कि नेपाली ५० लाख युवाहरु खाडि र युरोपियन मुलुक हरुमा आफ्नो श्रम बेचेर संघर्ष गरिरहेका छन । विदेशमै पनी राजनितिक पार्टीहरुका भाषणहरु सुनिन्छ तर किन भाषण मात्र गरेर प्रवासमा आमन्त्रीत नेता ज्यु हरुले हामीलाई तर्साउनु हुन्छ ? यँहा आएर विभिन्न होटेलहरुमा सेनिमानार गोष्ठी मा राजनितीक पुराण सुनाउदै तपाईहरुले गर्ने संगठन विस्तारको कुनै अर्थ रहँदैन जवकी राजनितीक संगठन हरुले विदेशमा दुख पाएका नेपालीहरुको उद्धार र नेपालमै रोजगारीको बाताबरण बनाउन को लागी सरकार सँग पहल गर्दैनन ।  हामी विदेशिएका युवा हरुले पनी ध्यान दिनु पर्ने कुरा के छ भने दुख सँग श्रम गरेको पैसा चन्दा उठाएर कांग्रेस , एमाले , माओबादी , नयाँशक्ति नेपालका नेताहरुलाई होटेलहरुमा डाकेर संगठन विस्तार गर्ने तर प्रवासी युवाहरुको पिरमर्का र हक हित को लागी दुतावास र नेपाल सरकार लाई दवाब देउ भनेर ति पार्टी हरुलाई भन्ने की नभन्ने ? यो गम्भिर कुरा हो । प्रवास का थुप्रै देशहरुमा विभिन्न पार्टीहरुले आआफ्ना संगठन हरु खोलेका छन तर ति संगठन हरु निस्काम जस्तै छन विदेशिएका युवाहरुको हक हित को सवालमा ।  

विदेशमा आएर ठुला ठुला कन्फ्रेन्स गर्ने नेता ज्यु हरुलाई मेरो प्रश्न छ तपाइहरु कहिल्यै कति नेपाली विदेशमा अलपत्र छन, कति जेलमा छन, कति भोकै छन, कति बेपत्ता छन त्यसबारेमा खोजीनिती गर्नुभयो ?  यदी तपाईहरु (नेता ज्यू) ले प्रदेशमा दु:ख पाएका युवाहरुलाई सम्बन्धीत देश र नेपाल सरकारसँग समन्वय गरेर उद्धार गर्ने काम गर्नुभयो भने यँहा कसैलाइ संगठन विस्तार गरिरहनु पर्ने जरुरी रहँदैन । हामी नेपाली हो , नेपाल लाई माया गर्छौ र नेपालका राजनितीक पार्टीहरुलाई पनि । राम्रो काम गर्नेहरु संगठन बनाउनलाई मान्छे खोजीरहनु पर्दैन ।  अन्तत खाडी तथा युरोपिएन कन्ट्रीहरुमा भएका नेपाली युवा हरुको स्थिती के छ ? त्यसको अध्ययन गरी उद्धार सहयोग र सकेसम्म नेपालमै रोजगारी नयाँ संभावना सहित देशविकासको लागी सरकारलाई दवाव दिन सवै पार्टीका नेताहरुलाई अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार