२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश अवश्य सुध्रन्छ, विश्वास लिऔँ ! अठोट गरौँ !!

२०७३, ३१ श्रावण सोमबार ०२:२२

युवराज पन्त । म त राजनीतिको उल्टा-सुल्टा, वाङ्गो-टेडो तथा रातोलाई सेतो र कालोलाई निलो बनाउन नजान्ने मान्छे । त्यसैले होला विभिन्न टुक्का जोडेर भ्रमित पार्ने भाषणको पछि लाग्न मन नपरेको । 

भुस्याहा कुकुरहरू धेरै भुक्ने गर्छन । कहिले चोरलाई देखेर भुक्ने गर्छन् कैले साधुलाई देखेर पनि भुक्ने गर्छन्, त्यति मात्र हैन मित्रलाई देख्दा पनि भुक्छन् र सत्रुलाई देख्दा पनि  । एउटा हड्डीको टुक्रा भेटाउँदा भने चोर, साधु, डाँका, मित्र जो भए पनि पुच्छर हल्लाई राख्छन् । यो ती कुकुरहरूको गल्ती थिएन, गल्ती त थियो, तिनलाई पालनपोषण गरी संस्कार र तालिम दिने मालिक वा पाल्यपोषकको । 

चोर र साधु चिनेर भुक्न सिकाउने संस्कार र तालिमको  गहन भूमिका रहन्छ । त्यसैले हामीमा पनि सानैबाट जस्तो शिक्षा र संस्कार पायो त्यस्तै व्यवहारहरू देखिन्छन् । राम्रो संस्कार र शिक्षा प्रदान गर्नुपर्छ । अनि सभ्य, सहयोगी, उचित अनुचित छुट्याउने, सत्यको वकालत गर्ने, हल्लाको पछि नलाग्ने र उचित निर्णय गर्न सक्ने समाजको निर्माण हुन्छ । त्यो समाजले मात्र समग्र देशको परिवर्तन तथा उन्नति गर्न सक्छ । पाल्तु कुकुरमा त संस्कार र तालिमको गहिरो प्रभाव पर्छ भने मानिस त सााजिक र विवेकशील प्राणी हो । मानिसमा कस्तो सोचविचार तथा कार्य आउँछ त्यो उसैले प्राप्त गरेको संस्कार तथा शिक्षाको दर्शनमा भर र्पछ । 

तर विडम्बना जति राजनैतिक विचारमा परिवर्तन आयो, त्यति शैक्षिक चिन्तन र दर्शनमा आउन सकेन । पुरानो संस्कार र शिक्षाले हामीलाई गाँजी सकेको छ । जसले गर्दा प्रशासन क्षेत्र टसमस नभएर झन बाँधेको भैँसी फुकेजस्तो भएको छ । कर्मचारीतन्त्र पार्टीको पुच्छर बन्न पुगेको छ । अहिलेको जस्तै भत्तामा आएको सबै रकम खर्च गरिने तर विकास निर्माणको लागि आएको रकम फ्रिज हुने अवस्था रहिरहेमा हेर्दै जानोस् अबको दश वर्षमा देश भयाबह अवस्थामा जाकिन जानेछ । त्यसैले बेलैमा सोचौँ र यो मनमा डेरा जमाएको नकारात्मक दर्शनलाई जरैबाट उजाड बनाउने दर्शन शिक्षाको माध्यमबाट विजारोपण गरौँ । राजनीति गर्ने एउटा क्षेत्र बनाउ जहाँ राजनीति गर्नेहरु मात्र अटाउन् । सबै क्षेत्रलाई राजनैतिक दलदलमा  बुढाइ दुर्गन्धित बनाउने प्रवृत्तिको अन्त्य गरौँ । 

“उचित शिक्षा उचित ज्ञान, श्रम गर्ने भावनाले कमिन्छ दाम” एकातिर श्रोत र साधनको प्रभावकारी प्रयोग हुन्छ भने अर्कोतिर गरिबको घरआँगनमा खुसियाली छाउँछ । यसको लागि शिक्षा क्षेत्रलाई नै वजनदार तथा इज्जतदार बनाउन सक्नु पर्छ । यस क्षेत्रमा रहेका सम्पूर्ण विकृतिहरूको अन्त्य गर्नु पर्छ । शिक्षा क्षेत्रलाई आकर्षक बनाउनको लागि संविधान संशोधन गर्दा संवैधानिक शिक्षा आयोग बनाइनु पर्छ । संविधानमा एक निश्चित वर्ग वा समूहको लागि  लोक सेवा आयोग, महिला आयोग,  मुस्लिम आयोग, दलित आयोग आदिको व्यवस्था गरएको छ भने मानव भएर जीउन सिकाउने शिक्षाको लागि किन आयोग नबनाउने ? शिक्षा क्षेत्रको सेवा र सुविधाको विशेष व्यवस्था सहित शिक्षा ऐन र नियम बनाउनु पर्छ । हरेक शिक्षकलाई आफूले पढाउने विषयमा उत्तरदायी बनाउँदै कडा दण्ड र पुरस्कारको व्यवस्था हुनु पर्छ । पाठ्यक्रम सुदृढीकरण गरी आवश्यकतामुखी बनाइनु पर्छ । अहिले जस्तो  शिक्षकलाई सौताको व्यवहार मान्ने दृष्टिकोण तुरुन्त अन्त्य हुनु पर्छ । विद्यार्थीको संस्कार र सीपमा विशेष जोड दिनुपर्छ । शिक्षकमा भएको नकारात्मकता नियमको सहाराले अन्त्य गर्नु पर्छ । शिक्षक संघ, संगठनको नेतृत्व लिनेहरूमा व्यक्तिगत स्वार्थले गर्दा नै शिक्षामा अकर्मन्यता बढेको हो । यस्ता व्यवहार हटाउनु पर्छ र त्याग्नुपर्छ स्वार्थी प्रवृत्ति । 

शिक्षक, अभिभावक तथा विद्यार्थी सबैमा सकारात्मक सोच तथा भावनाको विकास गराउन सक्ने गरी शैक्षिक नीति तयार पार्नु पर्छ । हुन त हामी सबै पुरानो दर्शनबाट प्रभावित छौँ । पहिलो, सजिलै परिवर्तन हुन कठिन छ । तर असम्भव केही छैन । कडा मेहनत गरेमा अवश्य सफल हुन सकिन्छ । चिन, अमेरिका, जापान लगायतका देशहरू उचित शिक्षाको कारणले नै सम्पन्न हुन सकेका हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्गै छ । के हामीले त्यसबाट सिकन सक्दैनौँ ? शिक्षा क्षेत्रको बजेट अनावश्यक खर्च नगरी गरिबका बच्चालाई एक निश्चित तहसम्म आवासीय सुविधा दिई सिक्न सिकाउन प्रोत्साहित गरौँ । खानलाउन धौधौ भाएका अभिभावकका छोराछारी तथा अकुत सम्पत्ति कमाएका छोराछोरी सबैलाई तोकिएको एक निश्चित तहसम्मको शिक्षामा रहेको विभेद अन्त्य गरी यस क्षेत्रमा सबै बालबालिकालाई समान अवसर दिऔँ । केही वर्षमा देश अवश्य सुध्रन्छ, विश्वास लिऔँ, अठोट गरौँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला