६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यहाँ हरेक घरघरमा रिउलीहरुको कथा छ

७ भाद्र २०७३, मंगलवार ०४:०६

महेश नेपाली (जुम्ला) | प्लस टु पढाएर थाकेर, भोकाएर आएको म र प्लस टु पढेर थाकेर, भोकाएर आएका मेरा भाञ्जा । हामी दुबैजना खाना खान बस्यौं । समस्या, खाना एक जनालाई मात्र पकाएर राखिएको रहेछ । खाने दुई जना भयौं । बाँडेर खायौं । अघाउने कुरै भएन । जसो तसो भोक मेटीएको वाहाना बनायौं । खाना फेरी बनाएर पेट भरिहाल्ने जाँगर चलेन । सोच त थियो एक जनाको खाना दुई जनाले चलाएर दिन कट्टा भईजाला । एक घण्टा, दुई घण्टा त सकियो । तर अहँ… सकिएन । त्यो भन्दा बढि त सकिदै सकिएन । पटक्कै सकिएन । भोग थाम्नलाई । भाञ्जा गैसकेका थिए । घरमा भोग मेटाइदिने खाना केही थिएन । अब भोग मेटाउने एउटै उपाया थियो रेडिमेट खाना खाने । रेडिमेट के खाने त ? चाउचाउ ।

खुद्रा पसलेसँग हरियो प्रिति चाउचाउ मागे । हरियो प्रिति चाउचाउको राखीएको कार्टुन देखियो । नजिकै टाँसेको हरियो प्रिति चाउचाउको प्रचारात्मक पोष्टर पनि देखियो । त्यसमा लेखेको थियो “साउनमा हरियो प्रिति खानुहोस र हरियो चुरा लगाउनुहोस ।”

साउनको महिना, हरियो महिना । जताततै हरियो छ । सायद त्यसैले त भनियो होला साउनमा आँखा फुटेको गोरु मागमा पनि हरियो देख्छ भनेर । बारिमा भएको हरियो साग, हरियो धनिया र टमाटर काटेर हरियो प्रिति पकाउदै थिए । हरियो प्रिति उम्लदै थियो । अजिना मोटोको बास्ना कोठाभरि फैलिएको थियो । ठ्याक्कै त्यतिवेला मनमा अनेक खालका दृष्यहरु छरीएर आए । एकपछि अर्को गरेर । अर्को गरेर …।

महिलाहरुलाई हरियो चुरा लगाएर सुन्दर हुन चाउचाउ कम्पनिले उत्साहित गरिरहेछ । गएको वर्ष एउटा बैंकले महिलाहरु साउनमा खाता खोल्न आएमा हरिरयो चुरा र मेहेन्दि लगाइदिने कार्यक्रम नै गर्यो । बहुराष्ट्रिय कम्पनिहरुले महिलाहरुलाई सुन्दर हुन सिकाइरहेका छन् । आफ्ना बासनादार मालहरु उत्पादन गरेर र गराइररहेछन सुन्दरताको मिस व्युटि नामक क्याटवक ।

एकातिर महिलाहरुमा सुन्दर हुने बहुराट्रिय कम्पनिवाला होडबाजी चलिरहेछ । के तपाईंको छाला कालो छ ? त्यसो भए क्रिम लगाउनुहोस गोरो भइन्छ । बहुराष्ट्रिय कम्पनिले भनेजस्तै गोरो । २२ साउनको अन्नपूर्ण पोष्टको फुर्सदमा लेखक रामचद्र श्रेष्ठ लेख्छन् “सामाजिक संरचनाले महिलाहरुलाई आफू छानिनुपर्ने मानसिकताको निर्माण गरेको छ भने पुरुषहरुमा छनोटकर्ताको मानसिकता निर्माण गरेको छ । त्यसैले महिलाहरुले आफूलाई ‘राम्री’ देखाउन खोज्छन् ।” राम्री अर्थात सुन्दरी, बहुराष्ट्रिय कम्पनिको परिभाषाले भनेजस्तै सुन्दरी । अनेक थरि फेसन पोतेकी गोरी, बहुचर्चित बहुराष्ट्रिय कम्पनिको स्याम्पुले नुहाएकी, बासनादार तेलयुक्त कपाल भएकी, ब्राण्डेट कम्पनिको लिबिस्टिक र नंग पालिस लागाएकी राम्री । अनि बल्ल पुरुषहरुको छनोटमा पर्छन् महिलाहरु ।

तर लामो समयको अध्ययनले के देखाइरहेको छ भने मानिसहरुबाहेक अन्य प्राणीहरुमा छानोटकर्ताको अधिकार पोथी जातिमा भएको देखिन्छ । नौं रंगको भाले डाँफे हुनु पोथी डाँफेबाट आफू छनोटमा पर्नु हो भने भाले मयुरको नाच अनुसार पोथी मयुरले छनोट गर्नुपनि त्यसैको उदाहरण हो ।

यहि समय हो एकातिर महिलाहरुमा आफू छनोट हुनलाई सुन्दर हुने होडबाजी चलिरहेको छ भने ठिक यहि समयमा महिलाहरुले हेला होचो खप्न बाध्य भएका र मलिा हिंसाका घटनाहरु एक पछि अर्को गरी सतहमा आएका छन् ।

सम्झन्छु बाँकेकी रहिना सेख ढफाली जसलाई दाइजो नल्याएको निहुमा पति, सासु र घर परिवारले आगो लगाएर मार्ने प्रयास गरेका थिए । माइतिले माग बमोजिमको दाइजो दिन नसक्नु, त्यसैलाई निहु बनाई लोग्नेका घरपरिवारबाट हेपिनु, कुटाई खानु, शरिर जलाइनु कुनै नौलो कुरा रहेन अव । सम्झन्छु बिहान प्लस टु र क्याम्पस धाएरहेका अधिकांस युवतिहरु जसको उद्देश्य पढेर जागिर खाने या देशको सेवा गर्ने हुँदैन । बरु उद्देश्य हुन्छ पढियो भने राम्रो पढेलेखेको लोग्ने पाइन्छ भन्ने । अव दाइजोको ठाँउ बिस्तारै सर्टिफिकेटले लिदैछ । आज आम आविभावकरुमा पनि यो दृष्टिकोण हावि भएको पाइन्छ ।

सम्झन्छु न्यायधिस दिपकराज जोसि । उनि पुनरावेदन अदालत दिपायलको मुख्य न्यायधिस हुँदा बढो अनौठो निर्णय गरे । धनगडि बसपार्कमा सुस्त मनस्थितिकी एक बालिकालाई सामुहिक बलात्कारको आरोप लागेकालाई उनले जाहेरीमा नाम नपरेको निहुमा सफाई दिए । प्रश्न बल्झिन्छ एउटा सुस्त मनस्थितिकी बालिकाले आफूले जाहेरी दिदा क–कस्को नाम राखिहोलीन ? कतिलाई चिन्न भ्याइहोलिन ? न्याय क्षेत्रका श्रीमानहरुले यस्तो खाले निर्णय गरिदिए अब महिलामाथि हुने हिंसाको न्याय खोज्न कहाँ जाने हो ? थाहा छैन कति हिंस्रकहरुको हिंसालाई प्रवद्र्धन गर्छन् यस्ता निर्णयहरुले ?

हिमाल खवर पक्रिकामा बाल बिबाहबारे अध्ययन गरिरहेकी नारायाणी देवकोटाले लेखिन मुगुका पिउलीहरुको कथा । तर यहाँ त हरेक घरघरमा थुप्रै रिउलिहरुको कथा छ । चौधबिस क्षेत्रको एक गाउँ मुुरलीमा(यहाँ गाउँ र पात्रको नाम परिवर्तन गरिएको छ ।) रिउली छिन् । जम्मा  १४ वर्षकी । जो आठ कक्षामा पढ्दै थिइन । उनले जानेकी थिइन अक्षरहरु चिन्न । अक्षरहरुमार्फत आफ्नो भावनाहरु पोख्न । उनको चाहना छ अक्षरहरुसँग मितेरी लगाउने । अझ थुप्रै अक्षरहरु चिन्ने र अक्षरहरु चिन्दाचिन्दै हुने ठूलो मान्छे बन्ने । अपसोच रिउलीको बिहे भएको छ ।

रिउली १२ पुरा भई १३ लाग्दै गर्दा महिनावरी हुन थालिन । पहिलो महिनावरीमा उनको धेरै रगद बग्यो । घरपरिवारसँग यो कुरा शेयर गर्न लाज लाग्यो उनलाई । त्यसैले नजिकैकी एकजना दिदिलाई देखाइन उनले । दिदिले भनिन् तिमी नछोइने भयौ । बाहिर स¥यौ । पर सा¥यौ । पाखा स¥यौ । अर्थात छुई भयौ । यहाँको चलन पहिलो छुईमा कसैले नदेखिने गरी लुक्नुपर्ने हुन्छ । सात दिनसम्म रिउली घर बाहिर कसैले नदेखिने गरी लुकिन । त्यसवेला उनका साथिहरुले पनि उनलाई साथ दिए । सँधै छुई हुँदा भने साथिहरुले साथ दिइरहन सक्दैनन् ।

त्यसपछिका हरेक महिनाजसो रिउली छुइ हुन थालीन । रिउलीका घरका बा आमा दुबै लाटा थिए । तर रिउली भने टाँठी थिइन । रिउलीमा बालापन हराउदै गएको थियो । विस्तारै यौवनले छाएको थियो । गोरो वर्णकी, पातलो शरिर, बाटुलो अनुहार पुक्क परेका राता गाला, सिल्कि कपाल, मेहेनत लगाएरै कोरिबाटेको कपालले उनि राम्री देखिन थालेकी थिइन । बिछट्टै राम्री । बाटो हिड्दा केटाहरुको नजर लाग्न थालेको थियो । आँखाको इसाराले केटाहरु जिस्काउन थालेका थिए । बाटो दोबाटो र चौतारोमा उनिबारे चर्चा चल्न थालेको थियो । उनि देखे नदेखे झैं गर्थिन् । केटाहरुमा आँट झन् बढ्न थाल्यो । घरमै आएर जिस्काउन थाले । बा आमा प्रतिकार गर्न सक्दैनथे । यसैपनि सबैबाट हेपएिको थियो उनको परिवार ।

जव रिउली छुई हँदा गोठमा बस्न थालीन । त्यसछि केटाहरुले जिस्काउनमात्र थालेनन् । विनारोकतोक रिउली सुतिरहेकै ठाउँमा आउन थाले । उनलाई डर लाग्न थाल्यो । उनि छुई हुँदा एकपछि अर्को दिन असुरक्षित हुँदै गइन । मनले नचाहेको होइन छुई हुँदा घरमै बसौं भनेर, तर मानेन घर परवारले, मान्दै आएको देउता र मनभित्र हुर्कंदै गएको डरको मनोविज्ञानले । प्रत्येक महिनाजसो छुई हुनु, गोठमा बस्नु, डर लाग्नु र असुरक्षित हुनु उनको नियमितता हुन थाल्यो । उनि साँच्चिकै असुरक्षित भईन । कटाहरुले मन लाग्दो गरे । उनले रोक्न सकिनन् केटाहरुको जबजस्तीलाई । बलात्कार भयो रिउलीको । त्यसपछि उनी छुई हुँदाका प्रत्येक रात अँध्यारा भए, पुरै अध्यारा, निष्पट्ट अँध्यारा ।

 जीन्दगिदेखि हार खाई उदेक लाग्दो समय विताइरहेकी रिउलीलाई मर्न मन लागेर आयो तर सकीनन् मर्नलाई । एकोहोरिन थालिन । आँसु बगाउन थालिन । सुत्दा सपनामा बर्बराउन थालिन । एकोहारिनु, रुनु, आँसु बगाउनु, बर्बराउनु नियमितता नै हुन थाल्यो । सम्हालिन खोज्थिन । सकिनन् । निकै समयपछि केहि सम्हालिएर सुरक्षित हुने उपाया खोजिन । उपाया खोज्दा खोन्दा बिहे भयो रिउलीको । १४ वर्षको कलिलो उमेरमा, अक्षहरु चिन्दाचिन्दै, अक्षरहरुसँग साइनो गाँस्दागाँस्दै सुरक्षित हुने उपाया खोज्नुप¥यो । अनि बिहे भयो रिउलीको । त्यसकारण यहाँ बिहे हुनु सुरक्षित हुनु हो ।

यहाँ रिउली प्रतिनिधि पात्र हुन् । रिउलीमाथि घटेको घटना हर रात गोठमा बस्न बिवस थुप्रै रिउलीहरुमाथी घटिरहेको छ । अब आफूलाई पठित कहने, जान्ने, सुन्ने र अधिकारकर्मी ठान्नेहरुले सोच्ने वेला आएको छ । के यसरि नै रिउलीहरुको बलात्कार हुन दिने हो ? के रिउलीहरु सुरक्षित रहने उपाया बिहे नै हो त ? के अब रिउलीहरुले अक्षरहरु चिन्दाचिन्दै, मनमा सपनाहरु बुन्दाबुन्दै बिहे गर्नु पर्ने भयो त ? सोच्नुस एक पल्ट गम्भिर भएर सोच्नुहोस ।

साउनमा हरियो चुरा र मेहेन्दी लगाएर सुन्दर हुनेहरुले सोच्नुस् तपाईंलाई तपाईंको लोग्ने र तपार्इंको आफ्नै मन र प्रेमिले भन्दै होला के तिमी मेरो लागि वर्त बस्यौ ? हरियो चुरा र मेहेन्दी लगाएको खै त ? तपाईं उल्टो प्रश्न गर्नुस के तिमी मेरो लागि कहिले वर्त बसेका छौ ? तर्क गर्नुस् सम्बन्ध सम्झौतामा होइन समजदारीमा हुनुपर्छ । मेरा लागि केही तिम्रा इच्छाहरु त्याग, तिम्रा लागि म मेरा केही चाहानाहरु छोडौंला । नत्र समाजले सँधै तपाईंलाई भानुभक्तले सोचेजस्तै सोच्नेछ ‘नारी हाँस्नु हँदैन, हाँसे वेश्या हुनेछन्’ । आशा गारौं तर्क गर्ने दिमागमा भोटे ताल्चा नलागोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या