प्राण प्यारी प्रियसी

प्रेमिल सम्झना ।

प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन त्यो त देशलाई कतिखेर मेरो रगतको आवश्यकता पर्छ भन्ने कुरामा भर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्राण प्यारी प्रियसी

प्रेमिल सम्झना ।

प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन त्यो त देशलाई कतिखेर मेरो रगतको आवश्यकता पर्छ भन्ने कुरामा भर"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी लडाकुको प्रियालाई पत्र

१० भाद्र २०७३, शुक्रबार ११:२८

प्राण प्यारी प्रियसी

प्रेमिल सम्झना ।

प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन त्यो त देशलाई कतिखेर मेरो रगतको आवश्यकता पर्छ भन्ने कुरामा भर पर्छ । यतिखेर म लगायत केही कमरेडहरु अपरिचित जङ्गलबिच सेनाको निगरानी र घेराउमा परेका छौ । यहाँबाट भागेर जानु हाम्रोलागी कम चुनौतीपूर्ण छैन । तैपनी हामी हाम्रो बिचारप्रति कटिबद्ध छौ । यदि बिचारप्रति गद्यारी गरेर बाँच्नुभन्दा हामीलाई मृत्यु नै प्यारो छ । त्यसैले तिमी समक्ष पुगे या नपुगेपनि यो पत्र कोरेको छु ।

प्रिया मलाई थाहा छ, म बिहे गरेर तिमीसँग एक महिना बिताउन नपाउँदै त्यही पुरानो झुप्रोमा एक रोगी आमाका साथमा तिमीलाइ छाडेर हामी र हामी जस्ता कैयौं सर्वहारा,मजदुर तथा किसान लगायत उत्पिडित वर्गको मुक्तिका निम्ति हामीजस्ता सोझा साझा जनतालाई ढाल बनाइ पसिना र आलो रगत चुस्न पल्किएका सामन्ति,शोषक बुर्जुवाको घाँटी रेट्न भनि अगाडी बढ्नु मेरो रहर र बाध्यता होइन,। आवश्यकता हो, कर्तब्य हो । जसले राष्ट्रले चाहेको बेला राष्ट्रको निम्ति रगत दिन पछि पर्दैन उ नै राष्ट्रको सच्चा सपुत हैन र ?

प्रिया, तिमीलाई थाहै होला, मेरा बुवाले हजुरबाले ल्याएको ऋण तिर्न नसकेको बहानामा जीवनभर सिरानाघर जिम्मल कहाँ हलि  भएरै बित्नुप¥यो । तिम्री दिदी पटक पटक गाउँकै मुखियाको छोराबाट बलात्कृत हुनुप¥यो र कतैबाट न्यायको मुठी नफुकेकोले अन्ततः  आखिर आँपैm आत्महत्या गर्न बाध्य गराइयो । पल्लाघरे जुठे काकालाई  मन्दिरको आडबाट हिडेर देउता रिसाए भनेर गाँउका टाठा बाठा भनाउँदाले धर्मको नाममा हिजो मन्दिरको जग राख्ने ,उनैका खुट्टा भाँचे । 

हिउँद बर्खा धरो कसेर मुखियाको भकारी भरेर मात्र अझै कति बस्ने ? हामीजस्ता निम्नवर्गीय गरिबहरुको गास लुटेर ती पूँजीपति सामन्ती साहुहरु आफ्नो पेट भर्छन् । ती जस्ता कैयन् पीडाका भारीले हाम्रो शिर माथि उठाउनै दिएन् । अझै यति धेरै अन्याय सहेर यस्तो दर्दनाक वर्गीय, जातीय, धार्मिक लगायतको उत्पीडनमा पिल्सिएर, निसास्एिर कति नै पो बाँच्न सकिन्छ र ? आखिर यो सामन्ती राज्यव्यवस्थाको जरो उखेल्नु नै छ र यसको विकल्प बन्दुकबाहेक अर्को के नै पो छ र ?

तिमी आफै सोच त ।

प्रिया, म र मजस्ता कैयौँ उत्पीडनमा परेका कमरेडहरु यो देशमा यो समाजमा भुमिगत रुपमा यही समाज र राष्ट्रको निम्ती क्रान्ति गरिरहेछन् । “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न अघि बढ्नु हाम्रो युगको आह्वान हो ।” यसै क्रममा हाम्रा धेरै कमरेडहरु प्रतिक्रियावादीहरुको बम र बारुदको निशानामा परिसक्नुभएको छ । उहाँहरुले सर्वाहारा वर्गको हितको लडाईमा सहादत प्राप्त गरिसक्नु भएको छ ।

मेरो रगतको प्रत्येक थोपामा ति निमुखावर्गको आँसु परेको छ । ति सर्वहारावर्गको दुख र पिडाले मेरो मुटु पोलिरहेछ । त्यसैले मृत्युको अन्तिम घडिसम्म पनि विद्रोहले घुँडा टेक्ने छैन, भन्नेमा म दृढ सङ्र्कल्पित छु । जवसम्म यो प्रतिक्रियावादी राज्यसत्ता ध्वंश हुदैन, तबसम्म हाम्रो बिद्रोहको यात्रा जारी रहनेछ ।

मलाई बिश्वाश छ  प्रिया , तिमी कुनै कमजोर नारी होइनौ, । तिमीमा ति सामन्ती राक्षसहरुलाई आफ्नो र धरती माताको अस्मिता सुरक्षार्थ लड्न सक्ने महाशक्ति छ । त्यसैले मैले यदाकदा शाहदत पाइहाले पनि एक थोपा आँसु झार्ने छैनौ ,। 

न त शिरको सिन्दर नै पुछ्ने छौ । हातमा छम्छमी चुरा बजाउँदै , रातो साडिमा यो समाजमाझ बिद्रोह गर्नेछौ । जसरी यो समाजले हाम्री आमाजस्ता कंैयौ नारीहरु चितामा आहातपूर्ण ढङ्गबाट सति हुनबाट रोक्यो त्यसरी नै तिमीलाई पनि वेरङ्गी बिधवा हुनबाट रोक्नुपर्नेछ । जसको सुरुवाती कदम तिमीले नै चाल्नुपर्छ ।

अन्त्यमा प्रिया,

आमाको राम्रो ख्याल राख्नु,। जसले मजस्तो क्रान्तिकारी योद्दा जन्माउँनु भयो । म शहिद भइहालेमा उहाँलाई आँसु झार्न होइन कि गर्वले छाती फुलाउन भन्नु । यदि म मरेको लास पाउन त खोई गा¥है पर्ला तर पनि खवर थाहा पाएमा मेरो क्रियादान र पुजाआजा गर्नु कुनै आवश्यक ठान्दिन । यसको सट्टा बरु कालीगण्डकी किनारमा दिनभर बालुवा चाल्ने र गिटी कुट्ने भोका बालवच्चालाई एक छाक भएपनि पेटभर खान दिनु । तव मेरो आत्माले शान्ति पाउनेछ । 

मलाईं आशा छ अव यो देशले आमूल परिवर्तनको काचुली फेर्ने छ । सामान्त, देशद्रोही, प्रतिक्रियावादी, साम्राज्यवादीहरु परास्त हुनेछन् । शोषक जमिनदारहरुका गरहामा लालझण्डा फहराई सकेपछि किसान क्रान्तिले मूर्त रुप पाउनेछ । यथास्थितिवादी, संशोसनवादीहरु पतन भएर जानेछन् । पूँजीपति वर्गको अधिनायकतत्व छिटै विसर्जन हुनेछ । अतः हाम्रा हजारौ हजार कमरेडहरुको बलिदानीमा आमनेपाली जनताहरुले जनवादी शासनसत्ताको मिठो रसस्वादन लिन पाउनेछन् । आशा छ एकदिन क्रान्तिको अविभारा पुरा हुनेछ । जनवादी क्रान्ति जिन्दावाद ।

 तिम्रो क्रान्तिकारी प्रेमपात्र

 क्रान्तिवीर : शिव संकल्प 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार