केहि दिन अगाडी क्याप्टेन विजय लामालाई यु.ए.इ मा काम गर्ने एकजना नेपालीले कति पर्छ एउटा प्लेनको, हामी किनिदिन्छौ भन्नुभएछ । 

विजय लामा ज्यु, यो कामको समन्वय हजुरले गरिदिनुहो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केहि दिन अगाडी क्याप्टेन विजय लामालाई यु.ए.इ मा काम गर्ने एकजना नेपालीले कति पर्छ एउटा प्लेनको, हामी किनिदिन्छौ भन्नुभएछ । 

विजय लामा ज्यु, यो कामको समन्वय हजुरले गरिदिनुहो"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा रहेका नेपालीहरुले किन्छन् नयाँ जहाज, क्याप्टेन विजय ज्यु नेतृत्व लिनुस् !

१८ भाद्र २०७३, शनिबार १३:१८

केहि दिन अगाडी क्याप्टेन विजय लामालाई यु.ए.इ मा काम गर्ने एकजना नेपालीले कति पर्छ एउटा प्लेनको, हामी किनिदिन्छौ भन्नुभएछ । 

विजय लामा ज्यु, यो कामको समन्वय हजुरले गरिदिनुहोस, हामी जुटाउँछौं, प्लेन किन्ने पैसा । प्लेन किन्न समन्धित निकायसंग कुरा गरेर कत्ति पर्छ, एउटा वाइड बडी प्लेनको ? सो रकम उल्लेख गरेर नेपाल एयरलाइन्सको नाममा छुट्टै बैंक खाता खोलिदिनुस । अनि यु.ए.इमा काम गर्ने हामी नेपाली उक्त खातामा पचास डलरदेखि माथि कति सकिन्छ जम्मा गर्छौं । अनि हामीले बैंकमा जम्मा गरेको रसिद अनुसारको रकमको शेयर प्रमाण-पत्र जारि हुने नियम बनाउन लगाउनुहोस । बिना झन्जट चाहिएजति रकम जम्मा हुनेछन् ।

यसमा हजुरको धेरै टाइम पनि खर्च हुँदैन । मलाइ लाग्छ, दस हजार डलरसम्म जम्मा गर्ने नेपालीहरु फेला पार्नुहुनेछ । एक हजार डलर बराबर लगभग नेपाली एक लाखभन्दा बढी हुन्छ । सकिन्छ भने, हामीले गरेको लगानीले हामीलाई पनि केहि फाइदा दिन्छ, यदी सक्दैन भनेपनि देशको लागि दान गर्यौं भन्नेसम्मको दरिलो मन हामीसँग छ । 

यसरी प्लेन किन्दा कसैलाई साँवा पनि तिर्नु पर्दैन र ब्याज पनि तिर्नु पर्दैन । खर्च कटाएर बचेको नाफा अनुसार सेयरको भाउ बढाईदिए पुग्छ । शेयर दातालाई कत्ति प्रतिशत फाइदा दिने अनि नेपाल एरलाइन्सले कति प्रतिशत फाइदा लिने भन्ने कुरा भने बिज्ञहरुको सुझाबका आधारमा तय गर्दा हुन्छ । मलाइ लाग्छ, यसो गर्न सकियो भने सात बर्षमा लगानी उठ्नेछ । अहिले यु.ए.इमा रहेका हाम्रा करिब पाँच लाख नेपालीहरु बोकेर बिदेशी एरलाइन्सले बर्षेनी अरबौ कमाइरहेका छन् । अब हामी आफैले आफ्नै लागि चड्ने जहाज किन्न सक्यौं भने आत्मसम्मान पनि मिल्छ ।

यदि गतिलो नेपाली प्लेन हुने हो भने हामी कुनैपनि नेपाली बिदेशी प्लेन चड्दैनौं । तर नयाँ प्लेन किन्दा भने अर्डर गरेको तीन-चार बर्षपछि मात्र पाइन्छ । धेरै प्लेन भएर चलाउन नसकेर घाटामा गएका कयौं एयरलाइन्सहरु छन् । तिनीहरुले प्लेन हामीलाई तत्काल बेच्न सक्छन । त्यहि प्लेनमा नेपाल एयरलाइन्सको लोगो राखेर पछि पेन्ट गराउदा पनि हुन्छ । तर कमिसन र भ्रष्टाचार नहोस, कारोबार पारदर्शी र विश्वासिलो होस् । प्लेन किन्ने प्रक्रिया हुँदै गर्दा ३ महिना जतिमा त रकम पनि जम्मा भइसक्छ । यो तरिकाले प्लेन किन्न शत प्रतिशत सम्भव छ जस्तो मलाई लाग्छ । साउदी, कतार र मलेसिया बस्ने नेपालीहरुले पनि यसै गरेर प्लेन किनेर आफुले प्रयोग गर्न पाउने गरि चलाउने बाताबरण बन्नेछ । हामीलाई आशा छ क्याप्टेन विजय लामाले यो कामको नेतृत्व लिनु हुनेछ । हामी उनलाई बिश्वास गर्छौं । आउनुस् नेतृत्व लिनुस् हामी पैसा हाल्न तयार छौं । 

मीन बहादुर पण्डित ( दुबईबाट) 

इमेल: [email protected]

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार