–राजु विक
प्रेमका लागि मानिस भौंतारिइरहेछ ।  प्रेमको खोजी गर्ने मानिसले प्रेम के हो चिन्न सकेको अवस्था छैन । प्रेमको कुरा गर्दा साथ धेरै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... –राजु विक
प्रेमका लागि मानिस भौंतारिइरहेछ ।  प्रेमको खोजी गर्ने मानिसले प्रेम के हो चिन्न सकेको अवस्था छैन । प्रेमको कुरा गर्दा साथ धेरै"/>
२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रेम विनाश कि शक्ति ?

४ आश्विन २०७३, मंगलवार ०८:३२

–राजु विक
प्रेमका लागि मानिस भौंतारिइरहेछ ।  प्रेमको खोजी गर्ने मानिसले प्रेम के हो चिन्न सकेको अवस्था छैन । प्रेमको कुरा गर्दा साथ धेरै मानिसले युवायुवतीबीचको श्रृङ्गारिक सम्बन्धमा लगेर प्रेमलाई जोडेको देखिन्छ ।
प्रेम के हो त ?
छोटो र सरल रुपमा भन्दा प्रेम हामी रहेको संसार हो । मानिस सांसारिक मोहमा फसेको हुनाले मुक्ति पाउन सकेको छैन भन्ने तर्क धेरै सुन्नमा आउँछ । मोह र प्रेम भन्ने कुरा धेरै फरक कुरा हुन् ।  मोहमा स्वार्थ, भोग, विलाश र संकृणता हुन्छ भने प्रेममा त्याग र वलिदानी हुन्छ । प्रेमको आकाश खुला र उदार हुन्छ । त्यो प्रेम कहाँ छ ? खोजौँ ।  
प्रेम खोजेर पाइने चिज होइन । प्रेम दिएर पाइने चिज हो । संसारमा प्रेम गर्न जान्नेले मात्र प्रेम पाउँछ । प्रेम लिने भन्दा पनि दिने कुरा हो ।
जसले प्रेम दिन जानेको छ उसले लिनेको अपेक्षा गर्दैन । प्रेममा देन हुन्छ लेन हुँदैन ।
जसले प्रेम दिन जानेको छैन उसले सधैं प्रेम पाइन भनेर गुनासो गर्छ । विचार गर्नुहोस् है, यो पनि प्रेमको भोक हुन सक्छ । हामीले जे खेती लगायो त्यही फल्छ । प्रेमको खेती लगाए अवश्य पनि प्रेम   फल्छ । जो प्रेमको खेती गर्न चुक्छ ऊ सधैँ प्रेमको भोको बन्छ ।  हामीले धेरै सुन्ने गर्छौं( “मलाई प्रेमीले धोका दियो । मलाई प्रेमिकाले धोका दिई । मलाई छोरा(छोरीले धोका दिए । जसलाई विश्वास ग¥यो उसैले धोका दिएर मेरो बेहाल भयो । मलाई ईश्वरले नै घात ग¥यो । ”     वास्तवमा प्रेममा धोका र घात हुँदैन । प्रेममा लिङ्ग र स्तर हुँदैन । प्रेममा नाता सम्बन्ध पनि हुँदैन । प्रेममा ईश्वर, मानिस, पशु, कीट, वनस्पति यस्तै यस्तै केही पनि हँुदैन ।
जव प्रेममा धोका(घात, लिङ्ग(स्तर, नाता(सम्बन्ध, जात(वर्ग र लेनदेनको हिसाबकिताब हुन्छ त्यहाँ प्रेमको नाममा मृत्यु वा विनाश मात्र हुन्छ ।
प्रेममा सम्झौता वा लेनदेन हुँदैन । सम्झौता वा लेनदेन वाणिज्य क्षेत्रमा मात्र  हुन्छ । मानौँ तपाईँ किराना पसले हो । म तपाईको पसलमा चिनी किन्न आएँ । मैले जति पैसा तपाईलाई दिन्छु त्यति नै मात्रामा चिनी दिनुहुन्छ । यदि मसँग पैसा छैन भने तपाईले मलाई चिनी या अन्य कुनै पनि कुरा दिनु हुँदैन । यस्तो लेनदेनको हिसाबकिताब प्रेममा हुँदैन ।
 लेनदेन व्यापारमा हुन्छ । नाफा घाटाको हिसाबकिताव व्यापारमा हुन्छ । वस्तुविनिमयको सम्बन्ध हुने क्षेत्र व्यापार हो । प्रेम व्यापारिक वस्तु होइन । प्रेम भाव वा अनुभूति मात्र हो ।
 भाव अमूर्त हुन्छ । यसको कुनै आकारप्रकार हुँदैन । यसको कुनै मापन पनि  हुँदैन । त्यस्तै प्रेम हुन्छ ।त्यसैले प्रेम अमूल्य हुन्छ । यसको यात्रा अनन्त हुन्छ । यसको आकार विशाल  हुन्छ ।
जति दियो त्यति बढ्ने र जति लुकायो त्यति घट्ने र हराउने वस्तु प्रेम नै हो ।  प्रेम बढाउने नै हो भने नलुकाऊँ, दिऊँ । प्रेमको सागर विशाल हुन्छ । यो कहिल्यै खडेरी नलाग्ने सागर हो ।
प्यासको सम्बन्ध सागरसँग हुन्छ । किनकि सागरमा पानी हुन्छ । पानी प्रेम हो । सागरको अस्तित्व हो ।
पानी बिनाको पनि सागर हुन्छ । यो कुरा गर्दा तपाईलाई अनौठो  लाग्न सक्छ । मेरो अर्थमा पानी बिनाको सागर भन्नाले मरुभूमिलाई बुझ्नुपर्छ । किनकि मरुभूमिको आकार पनि विशाल हुन्छ । मरुभूमिको यात्रा पनि अनन्त हुन्छ ।जीवनरुपी संसार मरुभूमि हो । यो प्यासले भरिएको छ ।समुन्द्र उछिट्टिएर अन्यत्रै लाग्यो भने उक्त ठाउँमा मरुभूमि मात्र रहन्छ । जसको आत्माबाट प्रेमरुपी सागर उछिट्टिन्छ त्यो आत्मा मरुभूमि तुल्य हुन्छ, प्यासी र मृत हुन्छ ।
प्रेम बिहीन आत्मा हिंस्रक हुन्छ, सृजना शून्य हुन्छ जसमा जीवनको वास हुँदैन । जसमा आफू हुन्छ अरु हुँदैन । जव कसैले प्रेम गर्न जान्दछ तव आफूलाई बिर्सिन्छ ।
गँुडका बचराको प्रेमले आफू भोकले कमजोर र शिथिल भए पनि चुचोमा चारा च्यापेर उड्ने चरा यसका नमुना हुन सक्छन् । घारको प्रेमले पेटको रस ओकल्ने माहुरी यसका नमुना हुन सक्छन् । ताँतीको प्रेमले आफ्नो तौलभन्दा पचास गुणा बढी  गह्रौँ भारी बोक्ने कमिला यसका नमुना हुन सक्छन् । देशको प्रेमले शहीद बन्ने महापुरुष यसका नमुना हुन सक्छन् । प्रेमबिहीन आत्माले अरु देख्दैन आफूमात्र देख्छ । जब मानिसले आफूलाई मात्र देख्छ तव प्रेम मर्छ । विनाशको बीज रोपिन्छ । प्रेम मरेको आत्मा जूनतारा लुटिएको अँधेरी रात जस्तै हुन्छ ।
प्रेमको दियो बल्ने आत्मा घमाइलो दिन जस्तै उज्यालो, न्यानो र जीवनदायी   हुन्छ । जुनेली रात जस्तै कान्तीमय र शितल हुन्छ ।
प्रेम मरेको संसार अशान्ति र हिंसातिर लम्किन्छ । प्रेम मरेको आत्माले आफू र अरु दुवैलाई मार्छ ।मृत्यु जड हुन्छ । जीवन सजीव, स्वाभाविक र सरल हुन्छ । प्रेमपूर्ण वातावरणकै  कारण जीवन सम्भव भएको हो । सजीव वस्तुहरुको सघन र समिश्रित रुप जीवन हो । जव प्रेम मर्छ तव मृत्यु मिल्छ । प्रेमबिहीन आत्मा हिंस्रक हुन्छ ।
आत्मामा प्रेम मरेपछि मानिस युद्धप्रेमी हुन्छ । आत्मामा प्रेम मरेपछि मानिस अपराधी बन्छ ।जव मानिसको आत्मामा प्रेमको दीप निभ्छ तव संसारमा विनाशको अँध्यारो
छाउँछ ।
जीवनको अर्थ प्रेम हो, विनाश होइन । विनाश जड हुन्छ । जीवन सजीव, गतिशिल र स्वाभाविक हुन्छ ।
खान नजाने सधैँ खाने खानाले पनि गलो लागेर मर्न सकिन्छ । पिउँन नजाने आमाकै दूधको पनि सर्को पर्न सक्छ । उपयुक्त प्रयोगले विष पनि औषधी बन्न सक्छ । अनुपयुक्त प्रयोगले अँध्यारो हटाउन बालेको बत्तीले पनि आगालागी हुन सक्छ । गर्न नजानेको खण्डमा प्रेम पनि विनाशको कारण बन्न सक्छ ।
तर प्रेम विनाश होइन, जीवन हो ।  प्रेम जीवनरुपी रथलाई गति र दिशा निर्देश गर्ने शक्ति हो । प्रेमकै कारण मानिस दुःखै(दुःखको बीचमा पनि हाँसेर बाँच्न सकेको छ । जो प्रेमले बाँच्न सक्छ उसले अमरत्व प्राप्त गर्न सक्छ । जीवनरुपी दियोलाई प्रेमरुपी इन्धनले जलाऔँ । प्रेमले बाँचौँ र बँचाऔँ । जीवन सार्थक पार्ने कडी यही नै हो, तपाई के भन्नु हुन्छ ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?