४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘इच्छाकामना’ म्युजिक भिडियामा

११ माघ २०७८, मंगलवार ०९:०४

माघ ११, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ स्वयंले रचना गर्नुभएको गीत ‘इच्छाकामना’ लाई म्युजिक भिडियो बनाइएको हो  ।  गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको उहाँले बताउनुभयो ।    

भिडियोमा गाउँपालिकाको कृषि, पर्यटन, भौगोलिक बनावटबारे उल्लेख गरिएको छ । गीतले इच्छाकामना घुम्न आउन सबैलाई आग्रह गरिएको छ । गीतको भिडियोले पनि गाउँपालिकाको सिराइचुली, चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढी जलवीरे लामो झरना, इच्छाकामना मन्दिर, तामिन, दाहाखानी, काउले साठीमुरे, मुग्लिन बजार, कुरिनटार, मनकामना केबुलकार, त्रिशूली, फिस्लिङलगायतका विभिन्न पर्यटकीयस्थलको दृश्य देखाइएको छ ।

उक्त भिडियोमा गायक तथा सङ्गीतकार चेतन सापकोटाको स्वर तथा सङ्गीत सुन्न सकिन्छ । उहाँले नै निर्देशन गर्नुभएको भिडियोको छायाङ्कन भने विनोद श्रेष्ठ, राज पोखरेल र अनिल कटुवालले गरेका हुन् । साथीभाइ फिल्म्स् प्रालिले निर्माण गरेको भिडियोको सम्पादन भने प्रतिक ढुङ्गेलले गर्नुभएको छ ।

भिडियोमा गायक तथा सङ्गीतकार सापकोटाले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ भने गाउँपालिका अध्यक्ष एवं गीतका सर्जक  गुरुङसहित स्थानीय कलाकारलाई देख्न सकिन्छ । गीतको भिडिया र अडियो सोमबार गाउँसभाको अवसर पारेर ‘वी स्टार’ नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना पर्यटकीय सम्भावना बोकेको  पालिका हो । प्रचारप्रसारको अभाव र भौगोलिक विकटताका कारण  पर्यक भित्र्याउन नसकेको यस गाउँपालिकामा पछिल्लो केही वर्षयता पर्यटकीयस्थलमा सडक पुगेसगैँ पर्यटकको आवागमनमा केही वृद्धि हुदैँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट