भदौ १८, चितवन। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । 

प्रतिस्पर्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, चितवन। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । 

प्रतिस्पर्ध"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जेसिज कप २०७४ मा सुदूरपश्चिम विजयी

१८ भाद्र २०७४, आईतवार ०६:४९

भदौ १८, चितवन। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । 

प्रतिस्पर्धी समूह चितवन–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । 

पहिलो हाफमा दुई गोल गरेको सुदूरपश्चिमले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । घरेलु मैदान क्याम्पाचौरमा चितवनको समूहले मध्यम प्रदर्शन गरेको थियो । केही अवसर चितवनले गुमाएको थियो । 

आजको खेल विजय युथ हेटौँडा र फ्रान्ड्स क्लब काठमाडौँबीच हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा कूल १० वटा समूह सहभागी छन् । तिनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौँडा र मनाङ मस्र्याङ्दी छन् । 

शनिबार भएको खेलको शुभारम्भ चितवन क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले गर्नुभएको थियो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ