३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल व्यवसायी

१७ माघ २०७८, सोमबार ११:५४

माघ १७, चितवन | कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् ।

सौराहाका होटलमा नयाँ वर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धेरै बुकिङ् भएका थिए । घुम्न आउने पर्यटकको बुकिङ् पनि राम्रो थियो । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार कोभिडका कारण अधिकांश कार्यक्रम र पर्यटकका बुकिङ् रद्ध भएका छन् । उहाँले भन्नुभयो, “अहिले होटलमा एक÷दुईवटा कोठा मात्र बुकिङ् हुने गरेका छन् ।” कतिदिन यसरी धान्ने भनेर होटल सञ्चालकहरूले मजदूर एवं कर्मचारीलाई आलोपालो बिदा दिन थालेको उहाँले बताउनुभयो ।

आफ्नो होटलमा १६ जना कर्मचारी रहेकामा अहिले तीन जना बाहेकलाई बिदामा पठाएको उहाँले जानकारी दिनुभयो । १५ दिनपछि अरु तीन जना आउने र अहिले रहेकालाई बिदा दिने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । पाहुँना नहुँदा कर्मचारी र मजदूर पाल्न कठिन भएको व्यवसायीको भनाइ छ । भूकम्प, नाकाबन्दी हुँदै कोभिडसम्म आइपुग्दा सौराहाको पर्यटन व्यवसाय निकै प्रभावित भएको छ ।

युनिक वाइल्डलाइफ रिसोर्टका सञ्चालक गुणराज थपलिया खोल्नुभन्दा पूरै केही समयका लागि बन्द गर्दा व्यवसायीलाई राहात मिल्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एउटा दुई वटा कोठा बेचेर कसरी खर्च धान्ने ? न खोलेर पर्यटक आउँछन्, न बन्द गर्न पाइएको छ ?” कर्मचारी मजदूर पाल्न नै समस्या भएको क्षेत्रीय होटल सङ्घ चितवनका महासचिवसमेत रहनुभएका थपलियाको गुनासो छ ।

कोभिडसँगै सौराहा क्षेत्र सुनसान बनेको छ । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे कोभिडका कारण व्यवसायी निकै मर्कामा परेको बताउनुहुन्छ । होटलमा मजदूर कर्मचारी पाल्न र दैनिकी चलाउनसमेत व्यवसायीलाई समस्या हुन थालेको उहाँको भनाइ छ । बुकिङ भएका कार्यक्रम रद्द हुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको घिमिरेले जानकारी दिनुभयो ।

सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गर्न लगाएको रोक फिर्ता नभएसम्म कार्यक्रम हुननसक्ने घिमिरेको भनाइ छ । होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी धेरै कार्यक्रम रद्ध हुँदा ठूलो नोक्सान भएको बताउनुहुन्छ । जनवरीमा चार वटा र फेब्रुअरीमा ६ वटा विवाह बुकिङ भए पनि अधिकांश स्थगन भएको उहाँले जानकारी दिनुभयो ।

पर्यटक र कार्यक्रम नहुँदा मजदूर कर्मचारी पाल्न कठिन भएको गिरीको भनाइ छ । उहाँले भन्नुभयो, “अलि अलि व्यवसाय होला जस्तो हुन्छ, समस्या आइहाल्छ ।” यसले गर्दा पर्यटन क्षेत्र प्रभावित बनेको गिरी बताउनुहुन्छ । सौराहामा १२० होटल रहेका छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट