चैत २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । 

दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । 

दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री ग"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डडेल्धुरामा आधुनिक मौरीघारबाट मनग्गे आम्दानी

२८ चैत्र २०७३, सोमबार ०८:१२


चैत २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । 

दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा बिक्री गर्ने गरेको आलिताल मौरीघारका प्रोप्राइटर मनी गिरीले घार व्यवसायबाटै पर्याप्त आम्दानी भएकोे बताउनुभयो । घार व्यवसायबाट नै मासिक रु दुईदेखि तीन लाखसम्म बचत हुने गरेको उहाँको भनाइ छ । आलिताल मौरी घार उद्योगमा हाल १० जनाले रोजगारी पाइरहेको प्रोप्राइटर गिरीले जानकारी दिनुभयो । 

डडेल्धुरा जिल्लाका बेलापुर, आलिताल, गाखेत, समैजी क्षेत्रलगायत जिल्लाका अन्य भागमा समेत मौरी व्यवसायका लागि उपयुक्त स्थल भएकाले मौरीका लागि आधुनिक घारको व्यवसाय पनि राम्रो हुनथालेको घार निर्माण व्यवसायी बताउछन् । 

व्यावसायिक रुपले मौरीपालनतर्फ किसान आकर्षण बढ्न थालेपछि घारको माग बढेको आलिताल गाउँपालिका गोदामका मौरीघार व्यवसायी कर्ण बोहराले बताउनुभयो । हामीले सानो रुपले व्यवसाय गर्दै आएकामा साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाबाट पाएको अनुदानले व्यवसाय बृद्धी गर्न सहज हुनाका साथै राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ । 

पुरानो प्रविधि भन्दा आधुनिक घारमा मौरी राख्दा उत्पादनसमेत राम्रो भई महको बजार मूल्य पनि किलोको रु पाँच सयदेखि रु ६ सयसम्म पाइने गरेको समैजीका मौरी व्यवसायी लक्ष्मीदत्त पाठक बताउनुहुन्छ । 

मौरी व्यावसायबाट गाउँका बेरोजगारले समेत काम पाएका छन् भने आफूले निर्माण गरेको मौरीका घार जिल्ला विभिन्न क्षेत्रमा बेचबिखन हुँदै आएको प्रोप्राइटर गिरीले जानकारी दिनुभयो । 

यसैगरी भित्री मधेसको आलितालमा मात्रै दुई वटा मौरीको उद्योग सञ्चालन भएकामा अन्य स्थानमा पनि विस्तार हुन थालेकोे साना तथा मझौला घरेलु उद्योग कार्यालयले जनाएको छ । 

घार व्यवसायीलाई सहजीकरण गर्न, तिनीहरुको व्यवसाय राम्रो बनाउन र आयस्तर वृद्धि गराउन प्राविधिक र उपकरणमा सहयोग गरिरहेको बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक प्रेम महरले बताउनुभयो । 

बहुउद्देश्यीय विकास समाज संस्थाबाट मौरीपालन गर्ने समूह र सहकारीका सदस्यलाई घार व्यवसायीसँग समन्वय गराएर सुपथ मूल्यमा घार उपलब्ध गराउन सहयोग गरिरहेको निर्देशक महरले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट