४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गर्भवती भएपछि खुल्यो सामूहिक बलात्कारको घटना, चार जना पक्राउ

४ आश्विन २०८०, बिहीबार १२:२६

असोज ४, डडेलधुरा | डडेलधुरामा एक महिलामाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ। महिला गर्भवती भएपछि गत वैशाखमा चार जनाले युवाले उनीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो।

प्रहरीले जिल्लाको भागेश्वर गाउँपालिकाकी २० वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने चार जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

महिलालाई सामूहिक रुपमा जबर्जस्ती करणी गर्ने चारै जनाले आरोपमा स्वीकारेपछि पत्रकार सम्मेलनमार्फत् उनीहरूलाई सार्वजनिक गरिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए। प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, सोही ठाउँका १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो।


उनीहरूमाथि गत वैशाखमा ती महिलालाई सामूहिक बलात्कार गरेको आरोप छ। ‘ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेपछि घटना बाहिरिएको हो,’ डीएसपी कार्कीले भने, ‘केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गरेपछि उक्त घटना बाहिर आयो।’

उजुरीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पीडित महिलाले घटनामा संलग्नमध्ये एक जनाको हात र घाँटीमा टाटु रहेको जानकारी प्रहरीलाई दिएकी थिइन्।

पीडित महिला विवाहित हुन्। ती महिलाका श्रीमान् डेढ वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा छन्। पीडित महिला एक छोरीकी आमा हुन्। स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते घरको गोठमा बेलुकीको समयमा गरी दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले पत्रकार सम्मेलनमा बताए। 

पक्राउ परेका चारै जनाविरुद्ध अनुसन्धानका लागि बिहीबार डडेल्धुरा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ