४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

२३ पुष २०७८, शुक्रबार ०५:११

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको बताउनुभयो । “हामीले चितवनको भरतपुर महानगरपालिका–१ मा पर्ने देवाघाटतर्फबाट सडक मिचेर निर्माण गरिएको घरटहरा भत्काउन सुरु गरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “बिहीबारमात्रै सीताराम संस्कृत माविदेखि चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलसम्मको सडक किनारको संरचना हटाउने कामको सुरु गरिएको छ ।” 

चितवनतर्फको देवघाटमा रहेको सीताराम संस्कृत माविबाट झोलुङ्गे पुलसम्म ११ मिटर चौडाइको सडक भए पनि अतिक्रमणमा परेको अधिकारीले बताउनुभयो । सडकको दुवै किनारमा अतिक्रमण गरेर घरटहरालगायत भौतिक संरचना निर्माण गरिँदा सडक साँघुरो हुँदै गएपछि देवघाट क्षेत्र विकास समिति निर्मम भएर लागेको समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताउनुभयो । 

“क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक सम्पत्तिको संरक्षणमा हामी निर्मम भएर लाग्दैछौँ”, घिमिरेले भन्नुभयो, “हाम्रो क्षेत्राधिकार पर्ने स्थानमा जहाँ जोसुकैले अतिक्रमण गरेको भए पनि त्यस्तो स्थानमा हामीले डोजर चलाएरै भए पनि सम्पत्तिको संरक्षण गर्छौँ ।” सडक साँघुरो हुँदा दुर्घटना बढ्ने तथा देवघाट मेलाका क्रममा बढी भीडभाड हुनेसमेत घिमिरेको भनाइ छ ।

नजिकिँदै गरेको देवघाट मेलालाई मध्यनजर गर्दै अतिक्रमित संरचना हटाउन सुरु गरिएको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले बताउनुभयो । देवघाटधाममा स्नानका लागि करिब पाँच लाख तीर्थालु आउने अपेक्षा गरिएको जनाउँदै ढकालले सबैको व्यवस्थापनका लागि पनि सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक रहेको बताउनुभयो । तीनवटै जिल्लातर्फ जुन स्थानमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको भए पनि आफूहरुले ती स्थान खाली गराउने ढकालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ