२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको महेन्द्र नमुना माबिमा मोबाइल फोनको प्रयोग निषेध

१६ श्रावण २०७५, बुधबार ०३:०७

लोकेन्द्र प्रसाद जोशी | साउन १६, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माबि खलंगामा चालु शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई विद्यालयमा मोवाईल फोन प्रयोग गर्न निषेध गरिएको छ । मावि खलंगामा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गर्दै मोबाइल प्रयोग निशेष गरीएको जानकारी गराइएको हो ।

मोबाइल फोनको गलत प्रयोग गरेर बिद्यार्थीहरु कुलतमा फस्दै गएको, पढाइ प्रभाबित भइरहेको, समाजिक मूल्य मान्यता बिपरीत गतिबिधिहरुमा किशोरकिशोरीहरु लाग्न थालेको भन्दै मोबाइल बन्द गर्ने निर्णय गरीएको हो । मोबाइल फोनको दुरुपयोग गरेर फेसबुक, फोन मार्फत बिभिन्न नकारात्मक गतिबिधिहरुमा बिद्यार्थीहरु संलग्न हुन थालेको, पढाइमा ध्यान कम हुने गरेको बिद्यालयमा समेत मोबाइन चलाएर बस्न थालेपछि बिद्यालय समयभित्र मोबाइल प्रयोगमा बन्देज लगाउँने निर्णय गरीएको बिद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । बिद्यालयमा चालु शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तर सुधार र बिद्यार्थीहरुलाइ अनुशासित बनाउन आउट पास र इमरजेन्सी पास कार्डको प्रयोग गरीने उहाँले बताउँनुभयो ।


बिद्यालयमा नबप्रबेशी बिद्यार्थीहरुलाइ विद्यालयमा पालना गनु पर्ने नीति, नियम तथा आंचारसंहिताका बारेमा समेत अभिमुखीकरण गराइएको बिद्यार्थी मान सिह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने