धादिङ ज्वालामुखी मतगणना: वडाहरुमा एमाले र माओवादीको अग्रता (परिणाम सहित)

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडौँ । धादिङको ज्वालामुखी वडा नं १ र २ को मतगणना जारी छ । केहीबेर अघि प्राप्त मत परिणाम अनुसार गाउँपालिकाको अध्यक्षको पदका लागि कांग्रेसले अग्रता कायम गरेका छन् । 

यहाँ नेकपा एमालेका उम्मेदवार हरेराम लोहनीले ३०२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनैले एमाले भन्दा ८२ मत बढी पाएर ३८४ मत सहित अग्रता दिएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार टंक बहादुर अधिकारीले ४ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्ष पदमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीलाई पछि पार्दै एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले २६६ मत पाएका छन् । यहाँ एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारी तेश्रो स्थानमा छिन् । उनले १८९ मत ल्याउँदा माओवादी केन्द्रकि उपाध्यक्ष उम्मेदवार लक्ष्मी थापा मगरले समेत अग्रता दिएकी छन् । मगरले २१९ मत प्राप्त गरेकी छन्। 

त्यस्तै ज्वालामुखी १ मा वडा अध्यक्ष पदमा एमालेका कृष्ण गिरीले १७६ मत ल्याई अग्रता लिएका छन् । उनलाई कांग्रेसका उम्मेदवार इश्वर आलेमगर र एकीकृत समाजवादीका उम्मेदवारले क्रमश १६५ र १४९ मत सहित पछ्याईरहेका छन् । 

त्यस्तै ज्वालामुखी २ को मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार अर्जुन शाहिले १२१ मत पाएर अग्रता लिएका छन् । नेपाली कांग्रेसका राजु लोप्पाले ११४ मत प्राप्त गर्दा पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका रण बहादुर शाहिले ४५ मत पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!