४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङमा ३५ वर्षीया महिलामाथि धारिलो हतियार प्रहार

२२ श्रावण २०८०, सोमबार ०८:५८

साउन २२, धादिङ | धादिङमा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। आइतबार अपराह्न ४ बजे धादिङको खनियावास गाउँपालिका-४ दार्खाकी ३५ वर्षीया अञ्जु सिंखडामाथि धारिलो हतियार प्रहार भएको हो।

प्रहरीका अनुसार अञ्जुकी छिमेकी ३० वर्षीय सागर पौडेलले उनीमाथि धारिलो हतियार प्रहार गरेका हुन्। पौडेललाई आइतबार नै पक्राउ गरिएको प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार सागर र अन्जु  छिमेकी हुन्। ‘घरनजिकैको बारीमा घाँस काट्न गएका रहेछन्। घाँस काट्न लगेको खुर्पाले महिलामाथि प्रहार गरेको रहेछ,’ प्रहरीले भने।

युवकले महिलोको हातमा दुइपटक र टाउकोमा एकपटक खुर्पा प्रहार गरेको प्रहरीले भने। उनको हात र टाउकोमा गम्भीर चोट लागेको छ। गम्भीर घाइते अन्जुलाई हिजै काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ।

पौडेललाई भाग्दै गरेको अवस्थामा घटनस्थलबाट केही पर पक्राउ गरिएको प्रहरीले जानकारी दिए। सामान्य सोधपुछका क्रममा उनले आफूसँग ठूलो स्वरले बोलेको कारण खुर्पाले हानेको बताएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका पौडेल यसअघि पनि आपराधिक गतिविधिमा संलग्न थिए। यस्तै प्रक्रितिको घटनामा जेल सजाय भोगेर उनी चार पाँच महिनाअघि मात्रै जेलबाट छुटेको प्रहरीले जानकारी दिए। उनलाई हिजै जिल्ला प्रहरी कार्यालय पठाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ