४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

३ जेष्ठ २०८०, बुधबार १२:१३

जेठ ३, धनकुटा | धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ ।

आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ ।  उपविजेता बनेको वीरगञ्ज युनाइटेडले रु दुई लाख ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।

प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक÷एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अविनाश थापामगर घोषित भए । उनले नगद रु चार हजार हात पारे । 

त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले रु सात÷सात हजार नगद र ट्रफी हात पारे । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भएका छन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरेका छन् । 

खेलाडीलाई पुरस्कार आयोजक संस्था सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, श्रेष्ठका पुत्रद्वय मनोहरनारायण श्रेष्ठ र रामनारायण श्रेष्ठ, एन्फाका उपाध्यक्ष दावा लामा, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

वैशाख २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्गा फुटबल क्लब सिलिगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपीएफ काठमाडाँै र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको थियो । 

विसं २०५५ मा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले यो प्रतियोगिताको सुरुआत गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उहाँलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ