४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

४ माघ २०७९, बुधबार १०:४४

माघ ४, जनकपुर | मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। मत विभाजन एवं हस्ताक्षर प्रक्रियामार्फत् उनको पक्षमा सबै दलले विश्वासको मतदान गरेका हुन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा आज १०२ जना प्रदेशसभा सदस्य उपस्थित थिए।


प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ८ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। यस्तै ४ जना स्वतन्त्र सांसद छन्। ६ जना स्वतन्त्र जितेकामध्ये एक जना एमाले र एक जना माओवादी प्रवेश गरिसकेका छन्। 

सबै दल तथा सांसदहरूले विश्वासको मत दिएकोमा मुख्यमन्त्री राउतले धन्यवाद व्यक्त गरे। उनले संघीयता बलियो बनाउन एकमत भएर काम गर्ने समेत प्रतिबद्धता जनाए। संघका कर्मचारीले मधेस प्रदेशमा भ्रष्टाचार गरिरहेको भन्दै उनीहरूलाई त्यसो नगर्न चेतावनी दिए। भ्रष्टाचार न्यूनीकरणका लागि आफूले ठोस कदम चाल्ने समेत उनले बताए। संघीय सरकारले प्रहरी समायोजन नगर्दा काम गर्न कठिनाइ भएको भन्दै उनले त्यसका लागि सर्वदलीय टोली बनाएर काठमाडौं जानुपर्ने आवश्यकता हुनसक्ने उल्लेख गरे।

‘जनलोकपाल आयोग गठन भयो तर भ्रष्टाचारी समात्ने प्रहरी प्रशासन छैन समात्ने कसरी? अघिल्लो कार्यकालमा सदनमा शान्ति सुरक्षाको सवाल धेरै उठ्थे। माननीयज्युहरूले रूलिङ गर्न भन्नुहुन्थ्यो,’ उनले भने, ‘केन्द्रका कर्मचारी पैसा खुवाएर यहाँ आएछ। दिनदहाडै भ्रष्टाचार गर्छन्। यहाँबाट भन्न चाहन्छु सुध्रिनुस् नभए भोलि नराम्रो हुनसक्छ। म भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिँदिनँ भन्ने विश्वास दिलाउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ