विजय थापा/असोज १३, वाशिंगटन डीसी l नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/असोज १३, वाशिंगटन डीसी l नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्र"/>

2026-09-08 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीसीमा परराष्ट्रमन्त्री प्रकाश शरण महतसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न


विजय थापा/असोज १२, वाशिंगटन डीसी l नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )संग नेपालको समसामयिक बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो l 

परराष्ट्र मन्त्रि प्रकाश शरण महतले न्युयोर्कमा भएको राष्ट्र संघ ७१ औ महासभामा भाग लिन आएको चर्चा गर्दै आफु संग भेटघाट ,स्वागत तथा अन्तरक्रिया गर्ने अवसर दिनु भएकोमा नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखालाई धन्यवाद दिएका थिए l 

अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्ने क्रममा महतले नया संबिधानमा सबैलाई चित्त नबुझेको हुन् सक्छ भन्दै निर्वाचन प्रणालीको बिषयमा मलाई पनि चित्त बुझेको छैन l तर उनले अगाडी भने लोकतन्त्रलाई संस्थागत गर्न र यो संबिधान बनाउन धेरै बलिदान गरेको बताए l  

लोकतन्त्रलाई मान्दै नमान्ने दललाई पनि यस्को बिकल्प छैन भन्ने कुरामा लागि परेको समेत कुरा राखे l

मन्तब्य कै क्रममा जनसम्पर्क समितिमा पनि केहि समस्या देखा परेको चर्चा गरे l लोकतान्त्रिक तरिकाबाट यसलाई तपाईहरुले नै समाधान गर्नु पर्छ भनि सुझाब दिए l उन्ले भने नेपाल आमाले गर्दा यहाहरु आउनु भएको छ, अब तपाईहरुको पनि केहि जिम्मेबार छ भन्दै देशलाई सहयोग गर्नु पर्ने बताए l 

उक्त अन्तरक्रिया कार्यक्रममा भारत भ्रमण ,टिकापूर तथा अन्य नेपालका समसामयिक बिषयका कुराहरु वक्ता तथा सहभागीहरुले जिज्ञाशा राखेका थिए l महतले उक्त जिज्ञाशाको उत्तर दिदै तपाईहरु पढे लेखेका हुनु हुन्छ तर सामाजिक संजालमा हामी भारतको भ्रमणको कुरालाई नकारात्मक रुपमा पनि प्रस्तुत गरियो l हामीले भारतमा आफ्ना कुराहरु प्रष्ट राखेको र नेपालको हित बिपरित हुने कुनै त्यस्तो नगरेको बताए l 

सामाजिक संजालले कहिलेकाही तिललाई पहाड बनाई दिन्छन भन्दै त्यो प्रवृति गलत हो भन्दै कसैले कान लग्यो भन्दैमा कागको पछाडी नलाग्न आग्रह गरे l 

ठिक तरिकाले ठिक ठाउँमा आफ्ना कुराहरु राख्न सक्नु पर्छ भन्दै बिदेशमा खुट्टा तान्ने प्रवृति छोड्नु पर्छ सुझाब दिए l 

उक्त कार्यक्रममा माननिय साँसद मोहन बहादुर बस्नेतको पनि उपस्थिति रहेको थियो l सांसद मोहन बहादुर बस्नेत सँग अब मुलुकले बिस्तारै काचुली फेर्छ भन्ने लागेको बताए l उनले संबिधान सबैलाई चित्त बुझाउन नसकिएता पनि संसोधन मार्फत केहि गर्न सकिने बताए l मुलुकले निकास पाएन भने देशको दुर्दशा पाउने छ भने मन्त्यब्य राखे l अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को पनि उपस्थिति रहेको थियो l 

अन्त्यमा परराष्ट्र मन्त्रि महतले हाम्रो मूल लक्ष्य लोकतंत्र लाई संस्थागत गर्नु रहेको स्मरण गराए l कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मी तथा एएनका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्तब्य को साथै टिकापुर ,भारतीय सम्झौता तथा अन्य सम्बन्धि कुरा उठान गरेका थिए l कार्यक्रमको सभापतित्व शाखाका सभापति राम शरण हुमागाइले गर्दै उनले सबैलाई धन्यबाद दिएका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित