2026-07-06 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको कुनैपनि कुनाबाट नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा भएको एप

वाशिडटन डिसी | अमेरिकाको भर्जिनियामा बसोबास गर्ने दुई नेपाली विद्यार्थीहरु राजीव श्रेष्ठ र गोपाल सापकोटाले एक नयाँ एपको प्रयोग गरेर  मोबाइलमा सोझै रिचार्ज पैसा हालि दिन सक्ने बनाएका छन् l

श्रेष्ठ तथा सापकोटा हाल डिसी महानगर क्षेत्रमा अवस्थित अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययनरत छन् ​l​

हालै सार्बजनिक गरेको उक्त एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबै बाट प्रयोग गर्न सकिने छ । कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोर बाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यस्को प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने छन् l

यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयास पछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयां संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स (स्नेयी) को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हुन । 

एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले दिए ।

यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ । नेपालमा रहेका आफन्तहरुको मोबाइल नम्बरमात्र भए फोनको रिचार्ज गर्न सकिने छ भने पेपाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ । डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ । बिदेशमा रहेका धेरै नेपालीसँग अनलाइन भिषा, मास्टर कार्ड  र पे-पाल एकाउन्ट हुने हुँदा यो सुबिधाबाट धेरै नेपाली लाभावान्वित हुनेछन् ।

यी युवाको जोडीले नेपालसंग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै