असोज ३०, अस्ट्रेलिया | अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३०, अस्ट्रेलिया | अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्"/>

2026-10-26 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैं टीका

असोज ३०, अस्ट्रेलिया | अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब “पाको पर्ब” मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा तेश्रो पटक जिलोङ नेप्लिज एसोशियशनले सांसद क्रिस्चिन कोजेन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ दसैं कार्यक्रम मनाएको छ ।

कार्यक्रममा सांसद कोजेन्सले आफूले पनि दसैंको टीका ग्रहण गरिन भने बिभिन्न ब्यक्तिहरुलाई टीका लगाइदिइन पनि । कार्यक्रममा उपस्थित बिभिन्न देशका सहभागीहरुले पनि दसैंको टीका ग्रहण गरे । 

कार्यक्रमका प्रमुख अतिथि सांसद कोजेन्सले आफू संधै नेपाली समुदायसंग नजिक रहेर काम गर्न इच्छुक रहेको बताउँदै दसैंको शुभ-कामना दिइन ।  शुभ-कामना मन्तब्य ब्यक्त गर्नेहरुमा एनआरएन भिक्टोरियाका संयोजक एबं एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष केशब कंडेल, साउथ अस्ट्रेलियन कम्युनिटी लिंक ग्रुपका महासचिब डा सोनिया सिंह, अजी एक्सन अब्रोडका प्रबन्ध निर्देशक ग्राहेम केण्ट, बेटर कम्युनिटी कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, मिस श्रीलंकाका आयोजक समितिका सदस्य एबं मिस्टर एबं मिस नेपाल अस्ट्रेलिया २०१६ का एक जज साभ पेरेरा, फ्रेण्डस अफ टिम ज्याकका स्टेभ रिचार्ड, बारवोन हेड्स कम्युनिटीका बर्नाड नेप्थाइन र सन्तोष पराजुली थिए । 

कार्यक्रममा ग्रेटर जिलोङ काउन्सिलका सामुदायिक बिकास अधिकृत भिमा मुनियापाह, प्रबासी नेपाली मन्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने, जनसंपर्क समिती भिक्टोरिया भिक्टोरियाका अध्यक्ष गौतम लामिछाने, मिस नेपाल अस्ट्रेलिया २०१२ दिपाश्री शाह, मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपमध्वज किरण आदिको उपस्थिति थियो । 

कार्यक्रममा रेखा श्रेष्ठ, बिना भण्डारी कुँवर, मोहन चैसिंह चैसिर, मोक्षदा सापकोटा, रुबी न्यौपाने, परिभाषा श्रेष्ठ र श्रेस्टी श्रेष्ठले नाच प्रस्तुत गर्नु भएको थियो भने सम्भब भट्टराईले गीत गाउनु भएको थियो । 

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागीहरु, स्वयं सेवक, तीज कार्यक्रम मूल आयोजक समितिका सदस्यहरु, तीज कार्यक्रमका स्पोन्सर ग्रेस इण्टरनेशनल र गत भूकम्प पीडितको लागि सहयोग गर्नेहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने