विजय थापा (वाशिंगटन डिसी) | नेवा: समुदायको स्थापित गैर मुनाफा सामाजिक संस्था नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)द्वारा मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा (वाशिंगटन डिसी) | नेवा: समुदायको स्थापित गैर मुनाफा सामाजिक संस्था नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)द्वारा मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बि"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा मह जोडीले यसरि गरे ‘म्ह पूजा’

२०७३, २० कार्तिक शनिबार ११:४१

विजय थापा (वाशिंगटन डिसी) | नेवा: समुदायको स्थापित गैर मुनाफा सामाजिक संस्था नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)द्वारा मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बिद्यालयमा आयोजित  म्ह पूजा कार्यक्रममा मह जोडीले आफ्ना परिवार साथ म्ह पूजा गरेका छन् l

गत नोवेम्बर ४ तारिखमा सम्पन्न उक्त म्ह पूजामा डिसी महानगर क्षेत्रका नेवा समुदाय को साथै अन्य थर तथा जातीका नेपाली समुदायले समेत म्ह पूजा गरेका छन् l

एनपीपीए को रजत जयन्तको अवसरमा अमेरिका आएका मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य) ले आज नोवेम्बर ५ तारिख बिशेष प्रस्तुति गर्ने छन् l

मदन कृष्ण श्रेष्ठले यस अगाडी पनि अमेरिकामा म्ह पूजा मनाई सकेको भन्दै यसको महत्व बारे जानकारी दिए l  यसै गरि हरि बंश आचार्यले अमेरिकामा पहिलो पटक म्ह पूजा गरेको भन्दै आफुले बिगतमा पनि नेपालमा म्ह पूजा गरेको बताए l आचार्य आफ्नी पत्नी रमिला आचार्य संग आएका छन् भने मदन कृष्ण श्रेष्ठ कि छोरि अमेरिकामा रहेकीले उनि पनि आफ्ना पितालाई साथ दिएकी थिइन् l 


कार्यक्रममा संस्थाकी अध्यक्ष सरोज प्रजापतिले सबैलाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको लागि अमेरिकाका बिभिन्न राज्यहरु बाट यहि कार्यक्रमको लागि आएका थिए l 

म्ह पूजा पछि सांस्कृतिक साँझको पनि आयोजना गरिएको थियो l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र ( एनईसीसी) को देउसी टोलिले सांस्कृतिक कार्यक्रममा देउसी भैलो खेलेको थियो भने यसको नेतृत्व खिलेन्द्र न्यौपानेले गरेका थिए l

एनईसीसीको देउसी भैलोको समन्वय संचार कर्मी परशु तिमिल्सिनाले गरेका छन् भने नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रले खेलेको देउसी भैलोमा मह जोडीले समेत सहभागिता जनाई देउसी अमेरिकामा पहिलो पटक खेलेका छन् l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश