"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्"/>

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुबा गुमाएपछि निरन्तर तनावमा रहेका एक नेपालीको मलेसियामा मृत्यु

२८ कार्तिक २०७३, आईतवार १४:५२

बिशाल बस्नेत । 

"धेरै छ पिडा, त्यै पनि हाँस्छु म"

"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्मबिस्वास धेरै समयसम्म टिक्न पाएन । 

आफ्ना श्रीमती, ३ बर्षिय छोरा र आमाबुबाका लागी सुखको सपना बोकेर मलेसियामा कडा सङ्घर्ष गरिरहेका कुमार खड्काको हिजो मृत्यु भएपछी उनको परिवारको सुख अपाङग भएको छ ।

आफ्नो भबिष्य र परिवारको सुखको लागी मलेसियामा सङ्घर्ष गर्दै-गर्दा कुमारले एक महिना अगाडी यता नेपालमा आफ्ना बुबा दल बहादुर खड्कालाइ गुमाउनु पर्‍यो । नेपालमा बुबाको दु:खद निधनपछी उनले बुबाको मुख देख्न समेत नपाएको पिडालाइ फेसबुक स्टाटसबाटै आफ्नो बह पोखेका थिए ।

पिडादायी आफ्नो स्टाटसमा आफ्नै परिवारका सद्स्यहरुले समेत धैर्यधारण गर्न सुझाएपछी उनले आफ्नो मनलाइ आफैले मनाएका थिए । तरपनि बेला-बखतमा आफु भित्रका पिडा पोखिरहन्थे । केहि समय अगाडी उनले लेखेका थिए : "संधैभरी अरुलाई रुनु हुँदैन भन्थे तर आज आफैले थाहा पाएँ । पीडा नपरी कोही पनि रुँदो रहेनछ । अरुलाई पीडा हुँदा घाउमा मलम लगाउथे तर आज त्यही घाउ मलाइ लागेको छ । जति पिर परेपनि के गर्न सकिदो रहेनछ ।"

कुमारले केहि गर्न नसकिएको भाव ब्यक्त गरिरहेको बेला उनको अपुरो सपना मृत्युसँग जोडिएको छ । मलेसियाको मजोर कन्सेप्ट सड बन नामक कम्पनीमा काम गर्दै आएका कुमार संधैझैं सबै साथिहरुसँग काम गरेर आफ्ना कोठामा आएका थिए । पहिलाको भन्दा उनको पीडा बिस्तारै शान्त बन्दै गएको थियो । मलेसियाबाट कुमारका जेठान तेज बहादुर पाण्डेले भने । पाण्डे भन्छन – "म पनि उहाँको कम्पनीबाट अलि टाढानै छु । उहाँका नजिकका साथिहरुका अनुसार बिहान काममा जाने बेलासम्म पनी नउठेपछी यसो हेर्दा त बितिसक्नु भएको रहेछ ।"

यता नेपालमा भने बुबाको सोकको घाउ नओबाउँदै कुमार खड्काको मृत्युको खबर मलेसियाबाट आएपछी परिवार झन सोकमा डुबेको छ । उन्की २७ वर्षिय श्रीमती सबिता खड्का बेहोस अबस्थामा छिन । 

कुमारकी बहिनी सम्झना खड्का भन्छिन् – "हामी सबै यतिबेला सोकमा डुबेका छौं । एक महिना अगाडी मात्र बुबाको सोकमा डुबेका हामी आज दाइको यस्तो खबर आएपछी झन असहय भएको छ । आमा, भाउजु सबै बेहोस जस्तै हुनुहुन्छ । दाइको छोरा ३ बर्षिय भाइ छ । भगवानले पनी हामीलाइ मात्र चोट दिन्छ क्यार ।" 

आफ्नो २९ बर्षिय जवान छोरा र श्रीमानलाइ एक महिनाभित्र गुमाउँदाको पिडाले उनकि आमा मर्माहत भएकी छन् भने उनकि श्रीमती बेहोस अबस्थामा छिन । उनका ३ दाजुभाई मध्य जेठो दाई साउदी अरेबियामा छन् भने उनका कान्छा भाई बेतालीमै जन जागृत उच्च माध्यामिक बिध्यालयमा अध्ययन गरिरहेका छन् । 

उता मलेसियामा बिना कारण कुमार खड्काको अचानक मृत्यु भएपछी आइपोक पेराकमा बस्दै आएका उनका साथिहरुले समेत अचम्म लागेको बताए ।  खड्का आफ्ना बुबा बितेदेखी तिब्र मानसिक तनाबमा रहेको मलेसियामा रहेका उनका साथिहरुले बताएका छन् । त्यसैले कम्पनीको कामको तनाब र भारी मानसिक तनाबका कारण उनको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।  

आवश्यक प्रक्रिया पुरा गरेपछी खड्काको सब छिट्टै नेपाल पठाउने कम्पनीले बताएको छ । अहिले उनको सबलाई मलेसिया स्थित उनि काम गर्ने कम्पनी मजोर सड बनको नजिकै हस्पिटलमा पोष्टमार्टमका लागी लगीएको उनका जेठान तेज बहादुर पाण्डेले बताए ।

उनले अन्तिम पल्ट आफ्नो फेसबुकमा लेखेको कबिता यस्तो थियो ।

जिबनबाट आफै हारेको मान्छे म त 

बाहीरी हाँसो भित्री चोट बोकेको मान्छे म त 

आफ्नो दु:ख-सुख सबै लुकाइ बाँचेको आज 

अरुकै दु:खमा साथ दिन हिडेको मान्छे म त 

भावीको लेखान्त हो या भाग्यको खेल

समयको परिबर्तनसँगै प्रदेशिएको मान्छे म त 

न त यहाँ कसैको साथ, न त कसैको मायाँ 

बाटोको कसिङ्गर जस्तै बढारेर फालेको मान्छे म त 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा