"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्"/>

2026-09-08 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुबा गुमाएपछि निरन्तर तनावमा रहेका एक नेपालीको मलेसियामा मृत्यु

बिशाल बस्नेत । 

“धेरै छ पिडा, त्यै पनि हाँस्छु म”

“एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।”

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्मबिस्वास धेरै समयसम्म टिक्न पाएन । 

आफ्ना श्रीमती, ३ बर्षिय छोरा र आमाबुबाका लागी सुखको सपना बोकेर मलेसियामा कडा सङ्घर्ष गरिरहेका कुमार खड्काको हिजो मृत्यु भएपछी उनको परिवारको सुख अपाङग भएको छ ।

आफ्नो भबिष्य र परिवारको सुखको लागी मलेसियामा सङ्घर्ष गर्दै-गर्दा कुमारले एक महिना अगाडी यता नेपालमा आफ्ना बुबा दल बहादुर खड्कालाइ गुमाउनु पर्‍यो । नेपालमा बुबाको दु:खद निधनपछी उनले बुबाको मुख देख्न समेत नपाएको पिडालाइ फेसबुक स्टाटसबाटै आफ्नो बह पोखेका थिए ।

पिडादायी आफ्नो स्टाटसमा आफ्नै परिवारका सद्स्यहरुले समेत धैर्यधारण गर्न सुझाएपछी उनले आफ्नो मनलाइ आफैले मनाएका थिए । तरपनि बेला-बखतमा आफु भित्रका पिडा पोखिरहन्थे । केहि समय अगाडी उनले लेखेका थिए : “संधैभरी अरुलाई रुनु हुँदैन भन्थे तर आज आफैले थाहा पाएँ । पीडा नपरी कोही पनि रुँदो रहेनछ । अरुलाई पीडा हुँदा घाउमा मलम लगाउथे तर आज त्यही घाउ मलाइ लागेको छ । जति पिर परेपनि के गर्न सकिदो रहेनछ ।”

कुमारले केहि गर्न नसकिएको भाव ब्यक्त गरिरहेको बेला उनको अपुरो सपना मृत्युसँग जोडिएको छ । मलेसियाको मजोर कन्सेप्ट सड बन नामक कम्पनीमा काम गर्दै आएका कुमार संधैझैं सबै साथिहरुसँग काम गरेर आफ्ना कोठामा आएका थिए । पहिलाको भन्दा उनको पीडा बिस्तारै शान्त बन्दै गएको थियो । मलेसियाबाट कुमारका जेठान तेज बहादुर पाण्डेले भने । पाण्डे भन्छन – “म पनि उहाँको कम्पनीबाट अलि टाढानै छु । उहाँका नजिकका साथिहरुका अनुसार बिहान काममा जाने बेलासम्म पनी नउठेपछी यसो हेर्दा त बितिसक्नु भएको रहेछ ।”

यता नेपालमा भने बुबाको सोकको घाउ नओबाउँदै कुमार खड्काको मृत्युको खबर मलेसियाबाट आएपछी परिवार झन सोकमा डुबेको छ । उन्की २७ वर्षिय श्रीमती सबिता खड्का बेहोस अबस्थामा छिन । 

कुमारकी बहिनी सम्झना खड्का भन्छिन् – “हामी सबै यतिबेला सोकमा डुबेका छौं । एक महिना अगाडी मात्र बुबाको सोकमा डुबेका हामी आज दाइको यस्तो खबर आएपछी झन असहय भएको छ । आमा, भाउजु सबै बेहोस जस्तै हुनुहुन्छ । दाइको छोरा ३ बर्षिय भाइ छ । भगवानले पनी हामीलाइ मात्र चोट दिन्छ क्यार ।” 

आफ्नो २९ बर्षिय जवान छोरा र श्रीमानलाइ एक महिनाभित्र गुमाउँदाको पिडाले उनकि आमा मर्माहत भएकी छन् भने उनकि श्रीमती बेहोस अबस्थामा छिन । उनका ३ दाजुभाई मध्य जेठो दाई साउदी अरेबियामा छन् भने उनका कान्छा भाई बेतालीमै जन जागृत उच्च माध्यामिक बिध्यालयमा अध्ययन गरिरहेका छन् । 

उता मलेसियामा बिना कारण कुमार खड्काको अचानक मृत्यु भएपछी आइपोक पेराकमा बस्दै आएका उनका साथिहरुले समेत अचम्म लागेको बताए ।  खड्का आफ्ना बुबा बितेदेखी तिब्र मानसिक तनाबमा रहेको मलेसियामा रहेका उनका साथिहरुले बताएका छन् । त्यसैले कम्पनीको कामको तनाब र भारी मानसिक तनाबका कारण उनको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।  

आवश्यक प्रक्रिया पुरा गरेपछी खड्काको सब छिट्टै नेपाल पठाउने कम्पनीले बताएको छ । अहिले उनको सबलाई मलेसिया स्थित उनि काम गर्ने कम्पनी मजोर सड बनको नजिकै हस्पिटलमा पोष्टमार्टमका लागी लगीएको उनका जेठान तेज बहादुर पाण्डेले बताए ।

उनले अन्तिम पल्ट आफ्नो फेसबुकमा लेखेको कबिता यस्तो थियो ।

जिबनबाट आफै हारेको मान्छे म त 

बाहीरी हाँसो भित्री चोट बोकेको मान्छे म त 

आफ्नो दु:ख-सुख सबै लुकाइ बाँचेको आज 

अरुकै दु:खमा साथ दिन हिडेको मान्छे म त 

भावीको लेखान्त हो या भाग्यको खेल

समयको परिबर्तनसँगै प्रदेशिएको मान्छे म त 

न त यहाँ कसैको साथ, न त कसैको मायाँ 

बाटोको कसिङ्गर जस्तै बढारेर फालेको मान्छे म त 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो