१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा दुबई पठाउँदा विमानस्थल सेटिङका बिषयलाई लिएर दुबईमा हङ्गामा

३ मंसिर २०७३, शुक्रबार १४:०७

मङ्सिर ३, युएई | गैरआवारीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषद युएईले आयोजना गरेको एक कार्यक्रमा आज अध्यागमन विभागका अधिकारीले विमानस्थल सेटिङबारे अनविज्ञता जाहेर गरेपछी त्यसको बिषयमा हङ्गामा मच्चिएको छ ।

कार्यक्रममा दुबईकै बिभिन्न संघ-संस्था तथा बैदेशिक रोजगारसँग सम्बद्ध निकाहरुका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्ने अवसर पाएका अध्यागमन विभागका निर्देशक बासुदेव घिमिरेले मानव तस्कर र अध्यागमन कर्मचारीबीच हुने सेटिङबारे आफूलाई थाहा नभएको बताएपछी सहभागीहरु एकाएक उनिप्रति आक्रोशमा उत्रिएका थिए । मानव तस्करसँगको मिलेमतोमा भिजिट भिषामा दुबई जाने नेपालीहरुसँग पैसा असुलेर अध्यागमन कर्मचारीहरुले गैरकानुनी रुपमा मान्छे पठाउँदै आएको विषय उठेपछि उक्त कुरालाई निर्देशकले ढाकछोप गर्न खोजेपछि कार्यक्रममा सहभागी भएकाहरुले आक्रोसित हुँदै हुटिङ गरे थिए ।

निर्देशक घिमिरेले विमानस्थल अध्यागमनमा हुने सेटिङबारे आफुलाई थाहा नभएको र सेटिङको बिषय  एक वर्षअघि मात्र सुनेको उनले आफ्नो मन्तब्यमा राख्दाराख्दै सहभागीहरुले अध्यागमनका जिम्मेवार अधिकारीले यस्तो अभिव्यक्ति दिने ? भन्दै हल्ला गर्न सुरु गरे । सहभागी मध्ये अधिकांश आफुबसेको स्थानबाट उठेर निर्देशक घिमिरेलाई प्रश्न गर्न लागे तब स्थित अनियन्त्रित जस्तै बन्न पुगेको थियो । 

सहभागीहरुले निर्देशक घिमिरेलाई विमानस्थलका सबै कर्मचारी खुलेआम दलाली गर्ने गरेको ढाक-छोप नगर्न भन्दै औला तेर्स्याएका थिए । उनीहरुले सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी भएको आरोप लगाए । उनीहरुले निर्देशक घिमिरेकै अगाडी राजिनामा दिन भन्दै आक्रोश पोखे । त्यसपछि निर्देशक घिमिरेको मुख सुक्यो । उनले कुनै प्रतिक्रिया जनाउन सकेनन । 

बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरु युएईमा भिजिट भिषामा आएर अलपत्र पर्ने गरेको बिषयलाई उठान गर्दै एनआरएन युएईले यस विषयमा अन्तर्किया कार्यक्रम राखेको थियो । 

- तल्लो तश्विरमा: अध्यागमन विभागका निर्देशक बासुदेव घिमिरे | माथिल्लोमा: आक्रोशित सहभागीहरु |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो