विजय थापा/मङ्सिर १९, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. गोविन्द केसीको प्राण रक्षा र उन्का जायज मागहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/मङ्सिर १९, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. गोविन्द केसीको प्राण रक्षा र उन्का जायज मागहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरि"/>
2026-10-26 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीमा डा. गोविन्द केसीको समर्थनमा नेपाली समुदायको बुलन्द आवाज

विजय थापा/मङ्सिर १९, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. गोविन्द केसीको प्राण रक्षा र उन्का जायज मागहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहरमा एकत्रित भै बुलन्द आवाज निकालेका छन् l 

स्व स्फ्रुत रुपमा डा केसीलाई समर्थन जनाउन भेला भएका नेपाली समुदायले सरकार ,राजनैतिक दल तथा सबैलाई ध्यानाकर्षण गराउदै छिटो समस्याको अविलम्ब समाधान गर्न आग्रह गरेको छ l 

चिकित्सक केसीको शान्तिपुर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै वक्ताहरुले सरकारको रवैया ,चिकित्सा तथा शिक्षा क्षेत्रमा भएको माफिया तन्त्र  बिषयमा कडा शब्द र बिरोधका चर्का नारा लगाउदै खबरदारी समेत गरेका छन् l

डा केसी जस्तालाई देशले गुमाउनु न परोस भनि विचार राख्नुका साथै केसी जस्ता व्यक्ति हजार पटक जन्मनु पर्छ अनि मात्र स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा भएको माफियाको उन्मुलन हुने अभिव्यक्ति दिएका थिए l 

कार्यक्रममा नेपाल बाट अमेरिकाको भ्रमणमा आएका एक प्राध्यापकले नेपालमा शिक्षा क्षेत्रमा चाकडी नगरे आफु अगाडी नबढ्ने ,त्रिबि ध्वस्त हुने स्थितिमा रहेको, बेतिथी तथा दर्दनाक स्थिति बाट गुज्रिएको यिनै माफिया तन्त्रले गर्दा भएकोले त्रिभुवन विश्व बिद्यालयलाई सबैले बचाउनु पर्ने आग्रह गरे l 

मन्तब्य कै क्रममा सरकार अहिले कानमा तेल हालेर बसेको ,राजनैतिक दल मौन रहेको ,नागरिक समाज तथा मानव अधिकारबादी समेत चुप लागेको भन्दै आक्रोश व्यक्त गरेका थिए l 

कार्यक्रममा डा केसीको समर्थनमा डा केसीलाई बचाऔ ,भ्रस्ट माफिया मुर्दाबाद ,डा केसी जिन्दाबाद , म डा केसीको साथमा छु जस्ता लेखिएका सामग्रीहरु लिएर सहभागीहरु उपस्थित भएका थिए l 

कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थाको पहलमा भएको थियो l कार्यक्रममा दधिराम ढुंगाना ,मुक्तिनाथ पन्त ,परशुराम भण्डारी ,मेदनी अधिकारी ,कृष्ण भण्डारी, पदम राज रेग्मी तथा अन्यले डा केसीको समर्थनमा बोलेका थिए l यस भेकका बुद्धिजीवी ,लब्ध प्रतिष्ठित व्यक्तिहरुमा प्राध्यापक डा गोपी उप्रेती लगायतको सहभागिता रहेको थियो l 

डा. गोबिन्द के.सी को अमुल्य जिबनको रक्षा तथा तीन करोड नेपालीहरुको सु-स्वास्थ र स्वास्थ शिक्षामा सबैको सहज पहुँचका लागि गरिएको जायज मागहरुलाई पुर्ण समर्थन गर्न डिसीमहानगर क्षेत्रका नेपाली समुदाय भेला भएका थिए l 

यो लडाइँ डा. केसीको मात्रको एक्लो होइन। यो ऐक्यबद्धता देश परदेशमा छरिएका सारा नेपालीहरुको पनि हो भन्दै भेला भएका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने