2026-09-08 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाका कराते खेलाडी ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा

बिजय थापा, मंसिर २८, वाशिंगटन डीसी । डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा जुटेका छन । 

नेपाल र नेपालीको नाम उच्च राख्ने हेतुले नेपाली समुदायको शुभेक्षा ,हौशला ,समर्थन तथा आशिर्बाद लिने उद्धेस्यले गत दिसम्बर ११ तारीख बाल्टीमोरमा एक पत्रकार भेटघाट कार्यक्रम संपन्न गरेका छन । 

उनको यो तैयारी तथा अन्य बिषयमा समेत जानकारी दिने हेतुले बाल्टीमोरका नेपाली समुदायको पहलमा अमेरिका गट ट्यालेन्ट सम्बन्धी एक अंतरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो । 

उन्ले कसरी आफुले अमेरिका गट ट्यालेन्टमा गिनीज पुस्तकको लागि भिडियो (श्रब्य दृश्य ) पठाएको र पत्राचार  गरेको बारेमा उन्ले जानकरी गराएका थिए । उनले  पत्र नै सार्बजनिक गरि सामाजिक संजालमाँ राखेका छन । 

ठकुरी आगामी जनवरी १४ तारीखमा अमेरिकाको फिलाडेल्फियामाँ १२ औ सत्रको लागि आमंत्रित भएका छन। र  समय ६ बजेर ३० मिनट मा पुग्नु पर्ने भनी पत्रमा तोकेको छ।  उनको त्यों प्रस्तुति क़्यू एक्ट पद्धति माँ राखिएको बताएको छ । 

ठकुरीले त्यहा राम्रो प्रदर्शन गरे भने उनीले अमेरिका गट ट्यालेन्टमा प्रत्यक्ष प्रसारण मा भाग लीन पाउने छन ।  अमेरिका गट ट्यालेन्टमा संभवत ठकुरी अहिले सम्मको जानकारी अनुसार नेपाली मूलका पहिला ब्यक्ति पनि हुने छन । 

अमेरिका गट ट्यालेन्टमा सहभागी हुन जाने बिषयलाई लिएर खेलाड़ी ठकुरीलाई हौशला र ब्यापक प्रचार प्रसार  जुटाउन पनि संचार कर्मीलाई जमघट गराएको कार्यक्रमलाई संयोजन गर्ने महेश भट्टराईले बताए । 

बाल्टीमोरमा संपन्न पत्रकार भेटघाट कार्यक्रममा डीसी महानगर क्षेत्रका पत्रकारहरुको उपस्थिति रहेको थियो भने बिभिन्न जिज्ञाशाको उत्तर खेलाड़ी ठकुरीले दिएका थिए । 

ठकुरीका उमेरका खेलाडीहरु अवकास लिने अवस्थामा हुन्छन् भने उमेरले कहिले आफू भित्र रहेको प्रतिभा न मर्ने भएकोले केवल नेपाल र नेपालीको नाम उच्च पार्दै नेपाली झंडा लाई विश्वमा चिनाउने प्रतिबद्धता जाहेर गरेका छन । 

यसको साथै उज्जवल ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजिक पनि रहेका छन । त्येसका  लागि उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतीक्षामा रहेको बताएका थिए । 

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् ।  ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्दै नेपाली झन्डा फहराउने नेपाली मुलका खेलाडी भएका छन् । कार्यक्रम सञ्चालन संचारकर्मी सरोज केसीले गरेका थिए । 

ठकुरीले आफुले अमेरिकामा पाएका सबै पदक प्रदर्शनको लागि ल्याएका थिए भने पदकको बारेमा पनि ब्याख्या गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो