यमुताईमा रहेको कम्युनिटि हलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यमुताईमा रहेको कम्युनिटि हलमा "/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङमा नेपाली कलाकारसँगै नाचे प्रवासी नेपाली

कृष्ण कँडेल | मंसिर ३०, काठमाण्डौ | हङकङ नेपाल हिन्दु एसोसियसनको आयोजनामा हङकङको यमुताई शहरमा विशेष सांगितिक कार्यक्रम भएको छ । 

यमुताईमा रहेको कम्युनिटि हलमा गजल तथा भजन सहित विविध सांस्कृतिक कार्यक्रम भएको हङकङ नेपाल हिन्दु एसोसियसनकी अध्यक्ष गोमादेवि शर्माले जानकारी दिनुभयो ।  हङकङमा रहेका नेपालीलाई मनोरञ्जन दिँदै नेपाली धर्मसंस्कृति तथा गितसंगीत जिवन्त राख्न कार्यक्रम आयोजना गरिएको शर्माको भनाई छ । 

कार्यक्रममा गायक आनन्द कार्कीले नयाँ तथा पुराना गितसंगित मार्फत उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको थियो । 

कार्यक्रममा उपस्थित प्रवासी नेपालीे लामो समयको अन्तरालपछि  चर्चित कालाकार कार्कीसँगै नाचगान सहित रमाईलो गर्न पाउँदा निकै उत्साहित थिए । सो अवसरमा कालाकार निर्मल सिलवालले नेपाली तथा हिन्दी गजलबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । 

हाँस्य कलाकार शिरोमणी दवाडीले पनि आफ्नो प्रश्तुती मार्फत नेपालीलाई निकै हँसाउनुभएको थियो । नेपाली धर्मसंस्कृति र गितसंगीतप्रती आस्था राख्ने दर्शकले कार्यक्रमबाट भरपुर मनोरञ्जन लिएका आयोजकले जनाएको छ । 

नेपाल र नेपालीको गित संगीत र धर्मसंस्कृतिलाई प्रवासमा रहेका नेपाली विच पुराएर संरक्षण साथै मनोरञ्जन प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष गोमा देवि शर्माले आम जानकारी दिनुभयो । 

त्यस्तै हङकङ नेपाल हिन्दु एसोसियसनले स्थापना तथा संरक्षण गरेको यमुताईको हिन्दुमन्दिरमा आगमी शनिवार र आईतवार २४ घण्टे अखण्ड भजन किर्तन आयोजना गरिएको उहाँको भनाई छ । कार्यक्रममा नेपालबाट त्यहाँ पुगेका कलाकारहरु आनन्द कार्की, निर्मल शिलवाल र शिरोमणी दवाडीको प्रश्तुती रहने छ । स्थानिय कलाकार हरि श्रेष्ठ, र नगेन्द्र श्रेष्ठले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो