बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भय"/>

2026-07-10 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महिला बिश्व संजाल क्यालिफोर्निया शाखाको नयाँ कार्यकारी समिति गठन


बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भयो। महिला एकसाथ अगाडी बढ़ौ भन्ने संदेशका साथ संपन्न सम्मलेन मार्फ़त सुस्मिता सिजापतिको अध्यक्षतामा नया समिति गठन भएको छ l

संस्थाकी सभापति  गीता श्रेष्ठको अध्यक्षता एवम गैर आवासीय संघ अमेरिकाकी महिला संयोजक राधा पौडेल मुख्य आतिथ्यमा एनडब्लूजीएन क्यालिफोर्निया शाखाको तेश्रो सम्मलेन संपन्न भएको हो l\


२०१६ – २०१८ को नयाँ कार्यसमितिको अध्यक्षमा सुस्मिता सिजापती ,वरिष्ठ उपाध्यक्ष गीता डंगोल, उपाध्यक्ष बिष्णु सुबेदी, महासचिब सुनीता थापा, सचिब अनिता सिंगदेल तथा कोषाध्यक्षमा लक्ष्मि खरेललाई चयन गरेको छ 

त्यस्तै सदस्यहरुमा बिंदु सापकोटा, शीला थापा, प्रिश्किला दाहाल, तारा चालीसे, सुनीता सापकोटा, सहाना श्रेष्ठ, मीना कार्की, सुष्मा राउत, संगीता पोखरेल, प्रमिला थापा र सबिता भट्टाराई, सल्हाकारमा कमला प्याकुरेल, रीता देवी प्रधान, लक्ष्मि चौधरी र हेमा पनेरु चयन भएका छन । संस्थाको संरक्षकको रुपमा संस्थापक बिष्णु गुरुङ्ग "एकता" र निबर्तमान अध्यक्ष गीता श्रेष्ठ रहेका छन ।

नयाँ नेतृत्व चयनको उपलक्ष्यमा उक्त सम्मेलनमा पहिलो चरणको कार्यक्रम अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा महिला वक्तृत्वकला प्रतियोगिता भएको थियो भने उक्त प्रतियोगितामा प्रथम स्थान प्रमिला थापा, दोस्रो स्थान संध्या धिताल र तेस्रो स्थान सुस्मिता सिजापतीले प्राप्त गरेका थिए l


त्यस्तै, नयाँ कार्यसमितिको पदस्थापना, हस्तान्तरण तथा सम्मान पदक उत्सब रहेको थियो । संस्थाले २०१६ नारी दिवसको उद्देश्य अनुसार नेपालको किशोरी छात्राबृतिको लागि १ हजार ५ सय डलर पठाएको तथा नेपालको भूकंप पीड़ितहरुलाई $ २ हजार ५ सय सहयोग गरेको आर्थिक बिबरण संस्थाकी कोषाध्यक्ष लक्ष्मि खरेलले प्रस्तुत गरेकी थिईन। 

उक्त कार्यक्रममा बिभीन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त सम्मलेनको दोस्रो चरणको कार्यक्रम नव नियुक्त अध्यक्ष सुस्मिता सिजापतिको अध्यक्षतामा प्रतिभा प्रदर्शन, बधाई ज्ञापन र अन्तमा मन्तब्य ब्यक्त पछि कार्यक्रम समाप्त भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो