बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भय"/>

2026-10-26 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महिला बिश्व संजाल क्यालिफोर्निया शाखाको नयाँ कार्यकारी समिति गठन


बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भयो। महिला एकसाथ अगाडी बढ़ौ भन्ने संदेशका साथ संपन्न सम्मलेन मार्फ़त सुस्मिता सिजापतिको अध्यक्षतामा नया समिति गठन भएको छ l

संस्थाकी सभापति  गीता श्रेष्ठको अध्यक्षता एवम गैर आवासीय संघ अमेरिकाकी महिला संयोजक राधा पौडेल मुख्य आतिथ्यमा एनडब्लूजीएन क्यालिफोर्निया शाखाको तेश्रो सम्मलेन संपन्न भएको हो l\

२०१६ – २०१८ को नयाँ कार्यसमितिको अध्यक्षमा सुस्मिता सिजापती ,वरिष्ठ उपाध्यक्ष गीता डंगोल, उपाध्यक्ष बिष्णु सुबेदी, महासचिब सुनीता थापा, सचिब अनिता सिंगदेल तथा कोषाध्यक्षमा लक्ष्मि खरेललाई चयन गरेको छ 

त्यस्तै सदस्यहरुमा बिंदु सापकोटा, शीला थापा, प्रिश्किला दाहाल, तारा चालीसे, सुनीता सापकोटा, सहाना श्रेष्ठ, मीना कार्की, सुष्मा राउत, संगीता पोखरेल, प्रमिला थापा र सबिता भट्टाराई, सल्हाकारमा कमला प्याकुरेल, रीता देवी प्रधान, लक्ष्मि चौधरी र हेमा पनेरु चयन भएका छन । संस्थाको संरक्षकको रुपमा संस्थापक बिष्णु गुरुङ्ग “एकता” र निबर्तमान अध्यक्ष गीता श्रेष्ठ रहेका छन ।

नयाँ नेतृत्व चयनको उपलक्ष्यमा उक्त सम्मेलनमा पहिलो चरणको कार्यक्रम अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा महिला वक्तृत्वकला प्रतियोगिता भएको थियो भने उक्त प्रतियोगितामा प्रथम स्थान प्रमिला थापा, दोस्रो स्थान संध्या धिताल र तेस्रो स्थान सुस्मिता सिजापतीले प्राप्त गरेका थिए l

त्यस्तै, नयाँ कार्यसमितिको पदस्थापना, हस्तान्तरण तथा सम्मान पदक उत्सब रहेको थियो । संस्थाले २०१६ नारी दिवसको उद्देश्य अनुसार नेपालको किशोरी छात्राबृतिको लागि १ हजार ५ सय डलर पठाएको तथा नेपालको भूकंप पीड़ितहरुलाई $ २ हजार ५ सय सहयोग गरेको आर्थिक बिबरण संस्थाकी कोषाध्यक्ष लक्ष्मि खरेलले प्रस्तुत गरेकी थिईन। 

उक्त कार्यक्रममा बिभीन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त सम्मलेनको दोस्रो चरणको कार्यक्रम नव नियुक्त अध्यक्ष सुस्मिता सिजापतिको अध्यक्षतामा प्रतिभा प्रदर्शन, बधाई ज्ञापन र अन्तमा मन्तब्य ब्यक्त पछि कार्यक्रम समाप्त भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने