बिजय थापा/पूस ७, वाशिंगटन डीसी l अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय थापा/पूस ७, वाशिंगटन डीसी l अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो क"/>
2026-10-26 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापनपत्र बुझायो

बिजय थापा/पूस ७, वाशिंगटन डीसी l अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी )अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा दिसम्बर २१ तारीख नेपाली राजदुताबासलाई लक्ष्मी परियारको हत्या सम्बन्धमा  ज्ञापन–पत्र बुझाएको छ l

नेपालमा जातीय विभेदको आडमा भइरहेको श्रृंखलाबद्ध घटनाहरु यथाशिघ्र रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदै लक्ष्मी परियार हत्या प्रकरण सम्बन्धमा ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की(बिद्या वारिधि ) लाई बुझाईएको छ l

सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नासो कम्यूनिटी अमेरिका स्तब्ध भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरेको छ l

नासो कम्यूनिटी अमेरिकाले यस घटनालाई जातीय विभेदको आडमा भएको मानवता विरुद्धको घोर अपराधको रुपमा लिएको जनाएको छ l

उक्त ज्ञापन पत्रमा एउटी दलित महिला माथि यति अमानवीय, क्रुर र बर्बर घटना हुनु अत्यन्त निन्दनीय छ । यसले राष्ट्रिय र अन्तराष्ट्रिय कानुनको खिल्ली उडाएको छ भनी राजदूत मार्फ़त प्रधानमन्त्री पुष्पकमल दाहाल लाई संबोधन गर्दै ज्ञापन पत्र राजदूतलाई बुझाइएको हो । 

दलित तथा उत्पीडित समुदाय माथि श्रृंखलाबद्ध विभेद र हत्याले राज्यको उदाशिनताको वोध गर्दछ । जनताको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनबाटै घटनाको ढाकछोप गरीनुले विधिको शाशन माथि प्रश्न उठेको भन्दै यस्ता घटनामा नेपाल सरकार गम्भीर होस भनी ध्यानाकर्षण गराएको छ l

घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि नबढाउनु राज्यको चरम लाचारीपना हो । र  घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको हामी जोडदार माग गर्दछौं भनी ज्ञापन पत्रमा उल्लेख गरेको छ । 

साथै, पिडित वस्तीमा डर, त्राश र प्रमाण मेटाउन अन्य अर्को अपराधिक घटना हुने प्रवल साम्भावना रहेको हुनाले, उक्त वस्तीमा शान्ति सुरक्षा कडा बनाईयोस् भनी नेपाल सरकारसंग जोडदार माग गर्दछौं भनी उल्लेख गरेको छ l

पिडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकको बाल बच्चाको संरक्षण ,बालबच्चाहरुको निशुल्क शिक्षा र सम्पुर्ण लालनपालनको ग्यारेन्टी हामी नेपाल सरकारसंग माग गर्दछौं भनेको छ l 

यसको साथै संयुक्त राजनीतिक दलित संङघर्ष समिति र दलित नागरिक समाज लगायत विभिन्न अधिकारिकर्मी संघ संस्थाहरुले गरेको आन्दोलन र मागहरु प्रति नासो कम्यूनिटी अमेरिका ऐक्यबद्धता जनाउंदै उक्त मागहरु पुरा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदछौं भनी ज्ञापन पत्रमा जनाएको छ l 

लक्ष्मी परियारमाथि भएको क्रुर, बर्बर र अमानवीय व्यवहारलाई ढापछोप गरी उल्टै झुठामुद्दामा ६ हजार रुपैयां पीडक पक्षलाई तिर्नुपर्ने भन्दै कागज गराउने प्रहरी अधिकारीलाई तत्काल कारवाही गरियोस् । राजनीतिक तथा आर्थिक प्रलोभन र प्रभावमा पारी यस घटनामा दोषि छुट्ने र निर्दोषलाई फसाउने नियत देखिएकोले हिरासतमा रहेका आरोपितहरुलाई निस्पक्ष सुनुवाइको व्यवस्था गर्न हामी माग गर्दछौं भनी ज्ञापन पत्र नेपाल सरकारलाई राजदूत मार्फ़त हस्तांतरण गरेको छ 

यस घटना लगायत जातीय विभेद र मानव अधिकार उल्लंघनका घटनाहरुमा नेपाल सरकार गम्भीर नभए नासो कम्यूनिटी अमेरिका लगायत प्रवासमा रहेका संघ संस्थाहरु विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा दबाब र आन्दोलन गर्न बाध्य हुनेछौं भनी ध्यानाकर्षण समेत गराएको छ l

राजदुताबासमा  ज्ञापन पत्र बुझाउन ऐक्यबद्धता देखाउने संघ तथा संस्थाहरुमा नासो कम्यूनिटी अमेरिका, केन्द्रीय समिति अध्यक्ष,गोपाल विश्कर्मा,नासो कम्यूनिटी अमेरिका, न्युयोर्क च्याप्टर रायन लाम्गादे ,दलित अधिकारका लागि अन्तराष्ट्रिय आयोगका डि.बि. सागर विश्वकर्मा ,बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका का अध्यक्ष कुलमणि आचार्य ,गैरआवसीय नेपाली संघ, मेरिल्याण्ड ,अन्तराष्ट्रिय नेपाली साहित्य समाज,  मेरिल्याण्ड  ,कास्की समाज, अमेरिका ,म्याग्दी समाज, अमेरिका मोदीकाली समाज, अमेरिका तमु समाज, मेरिल्याण्ड रहेका थिए 

यसै गरि नासो कम्यूनिटी अमेरिकाका पूर्व अध्यक्ष धरम बिश्वकर्मा ,डीसी महानगर क्षेत्र अन्य ब्यक्तिहरुमा धनु नेपाली ,पूर्ण सिंह बराईली ,दिलीप नेपाली तथा बिष्णु बिश्वकर्मा समेत ज्ञापन पत्र बुझाउन गएका थिए 

ज्ञापन पत्र बुझाए पछि राजदूत कार्कीले नेपाल सरकारलाई यो कुराको जानकारी गराउने बताएका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने